Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • नयाँ राष्ट्रपतिप्रतिको जनअपेक्षा
नयाँ राष्ट्रपतिप्रतिको जनअपेक्षा
मंगलबार, फागुन ३०, २०७९
editorial
Hardik health
मुलुकले तेस्रो राष्ट्रपति बनेका रामचन्द्र पौडेलले आफ्नो कार्यभार सम्हालेका छन् । सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि उनले कार्यभार सम्हालेका हुन् । गत बिहीबार उनी राष्ट्रपतिमा निर्वाचित भएका थिए । विगत छ दशकयता सक्रिय राजनीति गरेका पौडेल समकालीन पाका नेतामध्येमा पर्छन् । पञ्चायतविरोधी गतिविधिमा संलग्न हुँदै २०४८ सालदेखि उनी संसदीय राजनीतिमा क्रियाशील रहँदै आएका छन् । पार्टी र देशको प्रमुख कार्यकारी नेतृत्वमा पुग्न निरन्तर संघर्ष गरेका उनी त्यसमा असफल रहे । तर, राजनीतिक जीवनको उत्तराद्र्धमा मुलुकको राष्ट्रपतिजस्तो गरिमामय पद हासिल गर्न सफल भए । यसलाई उनको राजनीतिक जीवनको सुखद अन्त्य मान्न सकिन्छ । पौडेल संसदीय व्यवस्था, संविधान र लोकतन्त्रको पक्षमा निरन्तर उभिँदै आएका नेता हुन् । उनको त्यही अडानले गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बन्ने बाटो खोलेको हो । पटक–पटक मन्त्रीदेखि सभामुखसम्मको जिम्मेवारी सम्हालिसकेका उनी अनुभवी र पाका नेता हुन् । समकालीन नेताहरुको तुलनामा उनी कम विवादित नेता पनि हुन् । उनमा अहिलेसम्म कुनै पनि प्रकारको गम्भीर दाग लागेको छैन । त्यसैले पनि उनी आठदलीय गठबन्धनको साझा उम्मेदवार बन्न सफल भएका हुन् । राष्ट्रपतिको उम्मेदवार बन्दै गर्दा र राष्ट्रपति निर्वाचित भएपछि पनि उनले राष्ट्रपति पदको गरिमा जोगाउने प्रतिबद्धता जनाएका छन् । उनले भनेका छन्, ‘गणतन्त्र नेपालको राष्ट्राध्यक्ष कस्तो हुनुपर्छ भन्ने म देखाउँछु ।’ पौडेलको यो भनाइको संकेत वर्तमान तथा पूर्वराष्ट्रपतिको विवादित भूमिकातर्फ हो । राष्ट्रपति पदमा रहेका व्यक्ति कुनै पार्टीप्रति झुकाव राख्न मिल्दैन, निष्पक्ष रहनुपर्छ । तर, त्यस्तो निष्पक्ष भूमिका वर्तमान र पूर्वराष्ट्रपतिबाट नपाएकै हो । त्यसैलाई उदाहरणको रुपमा लिएर पौडेलले म निष्पक्ष भूमिका खेल्छु भन्न खोजेको बुझ्न सकिन्छ । तर, उनको यो भनाइ व्यवहारमा साँच्चिकै देखिने हो कि होइन, त्यो भविष्यमा देखिने नै छ । नेपालको संविधानले राष्ट्रपतिलाई कार्यकारी भूमिका दिएको छैन । राष्ट्रपतिको प्रमुख भूमिका संविधानको रक्षा गर्नु हो । संविधानविपरीत सरकार अगाडि बढ्न खोजे रोक्ने काम राष्ट्रपतिको हुन्छ । तर, विगतमा आफू अनुकूल दलको सरकारले ल्याएका जुनसुकै विधेयकहरु आँखा चिम्लेर प्रमाणीकरण गरिदिँदा राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठ्ने अवस्था आएको थियो । त्यसले राष्ट्रपति पदप्रतिको सम्मान र उक्त पदको ओझ नै घटाएको थियो । त्यसैले नवनिर्वाचित राष्ट्रपति पौडेलले त्यसलाई सच्याउँदै पुनः यो पदको गरिमा जोगाउन प्रमुख भूमिका खेल्नुपर्छ । मुलुक र जनतालाई अभिभावकीय भूमिकाको अनुभूति दिलाउन सक्नुपर्छ । यतिखेर जनताले मुलुकको सच्चा अभिभावक खोजिरहेको छ । त्यो अभाव पूर्ति गर्न केन्द्रित हुने आशा र शुभेक्षा छ नवनिर्वाचित राष्ट्रपतिसँग । साथै, जनतालाई निराश बनाउने काम नहुने अपेक्षा पनि ।
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १०:२२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP