Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • स्ववियु निर्वाचन शान्तिपूर्ण बनाऊ
स्ववियु निर्वाचन शान्तिपूर्ण बनाऊ
आइतबार, फागुन २८, २०७९
editorial
Hardik health
विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन यसपटक भने हुने लगभग सुनिश्चित भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्ववियु निर्वाचनका लागि देशभरका क्याम्पसमा शनिबार उम्मेदवारी दर्ता भएको छ । काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसलगायत केही क्याम्पसमा भने उम्मेदवारी दर्ताकै दिन झडप भएको छ । यसले स्ववियु निर्वाचन शान्तिपूर्णरुपमा हुनेमा आशंका जन्माएको छ । शनिबार उम्मेदवारी दर्ता गर्नेक्रममा विद्यार्थीहरु निकै उत्साहित भएको पाइयो । यसरी उत्साहित हुनुको कारण वर्षौंदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुनु नै हो । प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन । २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो । पछिल्लोपटक निर्वाचन हुँदासमेत सबै क्याम्पसमा हुन सकेको थिएन । जसले लामो समयदेखि स्ववियु नेतृत्वविहीन बन्न रहँदै आएको थियो । नयाँ विद्यार्थीले नेतृत्व तहमा पुग्ने अवसर पाइरहेका थिएनन् । त्यसैले निर्वाचनमार्फत स्ववियु हाँक्नका लागि प्रतिस्पर्धा गर्न पाउनु विद्यार्थीहरुका लागि सुखद् अवसर हो । जसकारण उनीहरु उत्साहित हुनुलाई स्वाभाविक मान्नुपर्छ । स्ववियु निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने छन् । निर्वाचनमा २८ वर्षे उमेर हदबन्दी कायम गरिएको छ । प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवार २०५१ फागुन २८ गते जन्म मितिको र सोभन्दा पछि जन्मेका विद्यार्थीले उम्मेदवार बन्न पाउने छन् । स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदै छ । निर्वाचन देशभरि त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ । विद्यार्थीको हक हितका लागि काम गर्ने स्ववियुलाई लामो समय नेतृत्वविहीन बनाइराख्नु कुनै पनि हिसाबले ठीक थिएन । वर्षौंदेखि गिजोलिएको निर्वाचन हुने क्रममा पुग्नु खुसीको कुरा हो । यसलाई सफल बनाउनु सरोकारवाला सबैको दायित्व हो । आसन्न निर्वाचनमा विद्यार्थीहरुलाई शान्तिपूर्ण मतदान गर्न पाउने वातावरण सिर्जना गर्नु जरुरी छ । विद्यार्थीको निर्वाचनमा असम्बन्धित व्यक्तिहरु प्रवेश गरी झडपको अवस्था सिर्जना गर्न दिनु हुँदैन । यस्ता कार्य नियन्त्रणका लागि सबै क्याम्पसहरुमा सुरक्षा व्यवस्था कडा बनाउनुपर्छ । निर्वाचनलाई शान्तिपूर्ण बनाउन विभिन्न राजनीतिक दलनिकट विद्यार्थी संगठनहरु बढी जिम्मेवार बन्नुपर्छ । स्वस्थ प्रतिस्पर्धामार्फत स्ववियुमा सक्षम नेतृत्व चुन्नुपर्छ । यसमा सरोकारवाला सबैको ध्यान पुगोस् ।
प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १०:१७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP