Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • राष्ट्रपति बन्न घरदैलो गर्दै कागजी बाजे
राष्ट्रपति बन्न घरदैलो गर्दै कागजी बाजे
मंगलबार, फागुन २३, २०७९
matangra
Hardik health
निकै कठिन थियो त्यो बेला कागती बाजेलाई । मट्याङ्ग्रो तीन छक्क परेर कुरा गर्दथ्यो । छाड्देऊ बाजे छाड्देऊ । दिन आएपछि भगवान्ले पनि राम्रैसँग दिन्छन् चिन्ता नगर । मट्याङ्ग्रो सम्झाउने प्रयास गर्दथे । तर बाजे भक्कानिादै मट्याङ्ग्रा भन्थे, ‘खै मट्याङ्ग्रा के होला र, मैले मेरो लागि भनेर त गरेको थिएन सवैको खुसीका लागि गरेको थिए, अहिले बोल्नसमेत बोल्दैनन् ।’ ‘बोलुन् पनि किन त बाजे’ मट्याङ्ग्रो भन्थ्यो । कैदीसँग बोलेर आफू पनि कैदी भई्एला भन्ने गाउँलेलाई निकै नै डर थियो । त्यही डरले पनि कैदीबाजेसँग दोहोरो संवाद गर्ने कमै हुन्थे । आफ्नै भन्नेहरु पनि कैदी छुटेर आएपछि बोल्नै छाडेका थिए । छड्के–छड्के पर्दै हिँड्थे । उसैको स्वर बसेका बाजेका कुरो कसैले बुझ्न पनि सकस थियो । ठूलो स्वर आउँदैनथ्यो शासकहरुले छाडेका सुराकीहरुले निगरानी गरिरहेका थिए । त्यही भएर होला बाजेसँग बोल्न गाउँलेले आँट गरेका थिएनन् । जेलबाट कैदीका रुपमा गाउँ फर्केका बाजेलाई आफ्नै जन्मभूमि पनि बिरानोजस्तै भएको थियो । खान बस्न पनि समस्या पर्न थाल्यो । खेती भएर पो के गर्नु उब्जनी हुन कठिन भएपछि । मेलापात वा पर्ममा आउने छिमेकी नभएपछि गरिखान पनि त गाह्रै हुँदो रहेछ । बाजेलाई पर्नुसम्म पीर प¥यो । सहयोगी हातहरु नभएपछि बाँच्नका लागि त केही न केही गर्नुप¥यो । कैदी विचरालाई कसले भन्ने कसले सहयोग गर्ने ? कसले आँट गर्ने सहयोग गर्ने ? मर्नु भन्दा बौलाउनु निको भन्छन् त्यस्तै भयो बाजेलाई । बाजे एक्लो भए । तै पनि हार मानेनन् । आफ्नो बाँझो खेतलाई उर्वर बनाउँछ यहीबाट कमाउँछु भन्ने सोचे र बाँझो बारीमा कागजी खेती गरे । छिमेकी, आफन्त र गाउँलेको सहयोग नपाएपनि कागजीका बोट रोप्दै बसे कैदी बाजे । बाँझो बारीमा लगाएका कागजीका बोटहरु सुनजस्तै गरी बारीका डिलमा पहेंलै देखिन थालेपछि बाजेको भाग्य त त्यहीबेला नै चम्किन थालिगो नि । कैदी बाजे डोकोमा पहेलै कागजी बेकेर हरेक दिन दमौली सहर झर्न थाले । बाजेको मिहेनतले गाउँलेहरुले जिब्रो टोक्न थाले । ओहो ! हेर त कैदी बाहुनले त गर्नु गरे बाबै । बाँझो बारीमा कागजीका बोट रोपेर कति राम्रा बनाएका हुन् । हरेक दिन बाजे आफ्ना बारीमा फलेका कागती बिक्री गर्न थाले । बाजेको रुप फेरिन थाल्यो । कैदी बाजेबाट परिवर्तन हुँदै तनहुँमा कागती बाजेका रुपमा परिचित हुन थाले । यिनै बाजेले प्रजातन्त्रको लडाइँका लागि संघर्ष गरे तर यिनका खासै उपलब्धिमूलक दिन आएन । हुन त प्रजातन्त्र प्राप्ति पछि २०४८ सालमा भएको निर्वाचनमा निकै नै मत ल्याए विजयी भएका । ५२ सालमा उनका सभापति गिर्जाले बहुमत प्राप्त गरेको दलको नेतृत्व गरेर प्रधानमन्त्री भए पनि मध्यावधि गर्न भ्याए । त्यसमा पनि बाजेले जिते । ५६ सालमा पनि बाजेले निर्वाचनमा जिते । तर, जितेअनुसार काम किन गरेनन् ? तीन–तीन पटक जितेका कागजी बाजेले बाँझो खेतमा कागजी फलाएको बिर्सिएछन् क्यार । झेलमा भोगेको र जनताको दुःख पनि बिर्सेनन् क्यार देश र जनताका लागि फिटिक्कै केही गर्न सकेनन् । बरु गोल्छे सार्कीको थप्पड खाए । परिवारवादमा रमाउन थालेका कागजी बाजेलाई मट्याङ्ग्राहरुले जति नै गुन लगाए पनि रुमल्लिए । प्रधानमन्त्री बन्ने सपना बोकेर घोक्रो सुकाएर हिँडेका तिनै कागजी बाजेलाई उनकै सभापति शेरबहादुरले १७ पटक लडाइदिए । तर, प्रधानमन्त्री बन्न सफल भएनन् । १७ पटक प्रधानमन्त्रीको उम्मेदवार हुँदा पनि हार नमानेका कागजी बाजेलाई कुनै पनि हालतमा पद चाहिएको थियो थियो त्यो पनि सम्मानित पद । प्रधानमन्त्रीमा १७ पटकसम्म आफ्नै पार्टीका नेता शेरबहादुरबाट लोप्पा खाएका कागजी बाजेलाई यतिखेर भने भगवान्ले पनि साथ थिएको जस्तो देखिन्छ । बाजे यतिखेर राष्ट्रपति बन्नका लागि पार्टीका नाइकेहरुको घरदैलो गर्न थालेका छन् । अब बाजेका भाग्यले साथ दिएजस्तो पनि देखिएको छ । बाजेको भाग्यमा प्रचण्ड र लिङ्देनहरुले साथ दिँदै छन् । एउटा पूरै राजतन्त्र चाहिन्छ भन्ने अर्को पूरै गणतन्त्र चाहिन्छ भन्नेका भीडमा बसेर बाजेको पुपुरोमा राष्ट्रपति बन्न लेख्ने तयारी भईरहेको छ । बाजे अहिले त्यही पुपुरो बाल्नका लागि घरदैलो पो गर्न थालेका छन् । १७ पटकसम्म धोका खाएका बाजेलाई अव त धोका खान्न भन्नेमा ढुक्क छ । तर मट्याङ्ग्रालाई अझै पनि डर छ । निष्ठा, आस्था, विचार र सिद्धान्दलाई पद र पैसामा बिक्री गर्नेहरुको भीडमा बाजे कतै एक्लै पर्ने त होइनन् । हुन त दिन आईसकेको छ । एक घण्टामा नै सत्ता परिवर्तन गर्न बाहिर खेलाडीहरुका वीचमा बाजेलाई चौविस गते राती नै पो ८ रेक्टरको भुकम्पको झट्का लगाईदिने हुन् कि भन्ने पनि शंका छ । किनकी बाजेलाई राष्ट्रपति बनाउने अभियानमा शेरबहादुर प्रचण्डसँगै छन् । दुवै सत्ता र शक्तिका लागि जे पनि गर्न तयार हुन्छन् । राष्ट्र र जनतालाई धोका दिनु प¥यो भने एक घण्टामा धोका दिन सक्ने अजीव किसिमको राजनीतिक प्राणीमा पर्दछन् देउवा र दाहाल । विश्वासघाती खोज्नु परे यी दुवैलाई सँगै लिएर हिँड्दा पनि हुन्छ । यी दुवै प्राणी राष्ट्रका लागि सधैँ घातकका रुपमा नै परिचित गराउँदै छ । सायद कागती बाजेलाई यी दुई प्राणीले धोका दिने छैनन । कागजी बाजेले अव पक्कै पनि राष्ट्रपति भएभने तनहुँका जनता वा सम्धी खोज्दै नजालान् । आशा गरौं । कैदी बाजेबाट कागजी बाजेमा रुपान्तरण भएका पौडेल बाजेलाई दुई छट्टुहरुले सहजरुपमा नै भाग्यको रेखा कोरिदिने छन् । अन्तिम अवस्थामा धोका दिने छैनन् । १७ पटकको हारलाई सार्थक बनाउँदै राष्ट्रप्रमुख बन्ने छन् । कागजी बाजेलाई मट्याङ्ग्राका शुभकामना ।
प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १०:४२
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP