Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • द्वन्द्वकालीन मुद्दाको ‘फास्ट ट्र्याक’मा निरुपण
द्वन्द्वकालीन मुद्दाको ‘फास्ट ट्र्याक’मा निरुपण
मंगलबार, फागुन २३, २०७९
editorial
Hardik health
द्वन्द्वकालीन मुद्दाहरूको न्यायिक निरुपणको विषयले न्यायालयमा प्रवेश पाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले १ माघ २०७६ मा जनयुद्धमा मारिएका १७ हजारमध्ये पाँच हजार जनाको जिम्मा लिने भन्दै दिएको अभिव्यक्तिमा टेकेर अधिवक्ता ज्ञानेन्द्र आरणले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता हुने भएपछि द्वन्द्वकालीन मुद्दाले न्यायालयमा प्रवेश पाएको हो । तर, द्वन्द्वकालीन घटनासँग जोडिएको मुद्दाको न्यायालयमा प्रवेशले राजनीतिक वृत्तमा हलचल पैदा भएको छ । माओवादी धारामा रहेका पार्टी र समूहहरूले द्वन्द्वकालीन मुद्दाको न्यायालयमा भएको प्रवेशलाई लिएर गम्भीर आपत्ति जनाएका छन् । शान्ति सम्झौता भंग गर्ने र फेरि देशलाई दीर्घकालीन द्वन्द्वमा धकेल्ने प्रतिगामी कदमको रूपमा टिप्पणी गरेका छन् । हुन पनि द्वन्द्वकालीन मुद्दाहरूको न्यायिक निरुपण सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट हुनुपर्ने हो । यो शान्ति सम्झौताको मूल मर्मसम्मत पनि छ । तर, ठीक उल्टो द्वन्द्वकालीन घटनासँग जोडिएका मुद्दाले न्यायालयमा अनपेक्षितरूपमा प्रवेश पाएको हो । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलको संयुक्त इजलासले यही १९ फागुनमा द्वन्द्वकालीन मुद्दालाई अनन्तकालसम्म यथास्थितिमै राख्न नमिल्ने आशयको तर्क अघि सार्दै न्यायालय प्रवेशको मार्गप्रशस्त गरेको हो । सर्वोच्चको यो कदमले दुवै आयोगको क्षेत्राधिकार मिचिएको प्रस्ट देखिन्छ । यस्तो अवस्थामा आयोगहरूबाट द्वन्द्वकालीन घटनाहरूमा सत्यको निरुपण र बेपत्ता व्यक्तिको छानबिन गर्ने कार्य प्रभावित हुन जाने निश्चित छ । यससँगै १० वर्षे जनयुद्धको नेतृत्व गरेको माओवादी र माओवादीका सर्वोच्च कमाण्डरसमेत रहेका हालका प्रधानमन्त्रीदेखि सबै माओवादी धाराका नेताहरूको जेल यात्रा हुनसक्ने अड्कलवाजी हुन थालेको छ । साँच्चै यसो भए मुलुक फेरि अर्को द्वन्द्वमा धकेलिने सम्भावना देखिन्छ । माओवादी नेताहरूले यही आशयको चेतावनी पनि दिन थालेका छन् । यसले गर्दा शान्ति प्रक्रिया नखल्बल्याउन न्यायालयभन्दा पनि सत्य निरुपण र बेपत्ता छानबिन आयोगबाटै ‘फास्ट ट्र्याक’मा द्वन्द्वकालीन मुद्दाहरूको न्यायिक निरुपण गर्नुपर्छ । र, सरकारले दुवै आयोगहरूलाई कार्यादेशअुनसारको काम सक्न समयसीमा तोक्नुपर्छ । किनभने, अनन्तकालसम्म द्वन्द्वकालीन मुद्दालाई राख्नु हुँदैन । पीडित परिवारलाई न्याय दिलाउन विलम्ब गर्नु हुँदैन । यसो गरिएको अवस्थामा विधिको शासनको पालना भएको पनि देखिन्छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १०:२६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP