Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • खैंचडी भजनमा जम्दै वृद्धवृद्धा
खैंचडी भजनमा जम्दै वृद्धवृद्धा
शुक्रबार, फागुन १२, २०७९
Padam Shrestha
Hardik health
शिवरात्रीको दिन थियो । कडा बार ‘शनिबार’ भएकोले अघिपछिको भन्दा विशेष चामधामका साथ देशभर शिवरात्री भव्यताका साथ मनाइरहेका थिए । स–साना नानीहरु दोबाटो, चौबाटो छेक्दै जगात उठाइरहेका थिए भने उमेर पुगिसकेका युवा जमात शिवालय वा समूह–समूह मिलेर आगो बाल्ने, चन्दा उठाएर ल्याइएका नगद वा द्रव्य संकलनबाट खिर मिलाई हलुवा, पुरी बनाउने र प्रसाद बाँडिरहेका भेटिन्थे । पहिले–पहिले भए काठमाडौं उपत्यकामा महाद्योयात चिकुल, गणेद्योयात ईकुल सिं छका हजि अर्थात् महादेवलाई जाडो भो गणेश भगवानलाई रिंगटा लाग्यो एक कल्ली दाउरा देऊ भन्दै जगात मागेर आगो बाल्ने र जगातको पैसाले प्रसाद बनाएर खाने÷खुवाउने गरिन्थ्यो । तर, यो साल विश्वव्यापी प्रतिकूल बातावरणीय प्रभावका कारण जाडो त्यति धेरै नभए पनि ठाउँ–ठाउँमा भक्तजनहरुले आगो बाल्ने र प्रसाद बनाएर खाने, बाँड्ने गरेका भेटिन्थे । जाडोको बिदाइ र लामो दिनको सुरुआत हुने दिनका रुपमा लिइने शिवरात्रीका दिन तारकेश्वर नगरपालिका–५ स्थित श्वेतभैरव मन्दिरमा ६० वर्षदेखि ९० वर्षसम्मका वयोवृद्ध शिवभक्तहरुको समूहको खैंचडी नृत्य भव्य भइरहेको थियो । उमेरले वृद्धभत्ता खाइसकेकाहरु भएर पनि शिवरात्रीका दिन उफ्री–उफ्री खैंचडी नृत्य गरिरहेका वृद्धवृद्धाहरुलाई देख्दा लाग्थ्यो– भर्खर वैशालु जीवनमा पदार्पण गरिरहेका किशोरकिशोरीको जमात हो यो । श्वेतभैरव खैंचडी भजन मण्डली समूहको नाउँमा स्थानीय तोयनाथ खनाल र अर्जुन भट्टराईलगायत पाँच–सात जना संगठित पाका उमेरका वयोवृद्धहरुले २०७८ चैतदेखि थालिएको खैंचडी भजन समूहमा अहिले ६५ जनाभन्दा बढी वृद्धवृद्धा जोडिइसकेका छन् । वयोवृद्ध नेत्रप्रसाद देवकोटा भन्छन्– हामीले खैंचडी भजनलाई कृष्ण कँडेलको इन्द्रेणीमा सांगीतिक प्रस्तुतिपछि वृद्धवृद्धामा प्रोत्साहित गराएको थियो । भजन मण्डलीले प्रस्तुत गर्ने खैंचडीसहितको मादल, मजिरा, कडताल, झ्याली बाजालाई पञ्चताल भन्ने गरेको छ । खैंचडी भजनभित्र शिव, भगवती, घरगृहस्थी आदिका लयात्मक शब्द भए पनि गाना बजाना प्रस्तुत गरिँदा भानुभक्तीय रामायणका लय पस्कने गरेको पाइन्छ । देवस्थलहरुमा भेला भई प्रस्तुत गरिने भजन दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म प्रक्रियागतरुपमा सहभागिता जनाउँछन् भने निम्तो भएमा देवघाट नारायणगढ, पशुपति, गोरखा, भिमफेदी, मलेखुलगायतका ठाउँमा पनि खैंचडी भजन जाने गरेको छ । तारकेश्वर नगरपालिकाभित्र पालैपाले जरङखु ओमकारेश्वर, गुम्बा, लोकतान्त्रिक चोक, लोलाङ हाइट, पूरानो गुह्वेश्वरी, धर्मस्थलीलगायत स्थानमा पनि खैंचडी भजन प्रस्तुत गर्ने गरिएको छ । यसबाट पाका उमेरका वयोवृद्धहरुबीच भावना आदानप्रदान, दुःख सुख साटासाट हुनुका साथै शारीरिक, मानसिक व्यायाम भई थुप्रै रोगबाट मुक्ति मिलेको अनुभव सहभागी वृद्धवृद्धाहरुको छ । आजभोलि त ज्येष्ठ नागरिकलाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोगका हात बढाउन युवा जमात पनि सहभागी हुन थालेका छन् । खैंचडी भजनलाई निरन्तरता दिन लाहुरे हुन विदेश गई सफल भएका युवा, पेन्सन पकाएर भत्ता लिएर आएकाहरु वा कुनै विवाह ब्रतबन्ध रुद्री आदि शुभ कर्ममा सहभागिता जनाएबापत आर्थिक वा भौतिक सहयोग हुने गरेको बताइन्छ । श्वेतभैरवस्थानमै किन थालियो खैंचडी भजन एक कथनअनुसार आदिकालमा पूरानो गुह्वेश्वरी, बालाजु हुँदै गोलढुंगा जाने मार्गलाई नेपाल भाषामा लोह लाङ अर्थात् गोलो ढुंगा जाने बाटो भनियो । बाटोको बीचमा मानिसको कुनै बस्ती थिएन भने जताततै खेतैखेत मात्र । गोलढुंगा जानेबाटोको बीचमा श्वेत अर्थात् सेता भैरवको ढुंगे मूर्तिचाहिँ थियो रे ! सुरुमा त्यो ढुंगा देवता हो भन्ने खेती गर्ने किसानलाई थाहै भएनछ र धान चुत्ने क्रममा त्यो ढुंगाको मूर्तिको घाँटी तासिएछ, जसकारण देवताप्रति क्षमायाचना गर्दै प्रत्येक वर्ष चैत महिनामा देवतालाई पञ्चबलि– बोका, हाँस, कुखुरा, राँगा, भेडा, परेवा आदि बलि दिएर क्षमा पूजा गरिएछ । त्यस दिनदेखि आज पनि क्षमा पूजा गर्दै आइरहेको पाइन्छ । श्वेतभैरवलाई क्षमा पूजा गरी भाकल गरेमा जे मागे पनि इच्छाएको भाकल पूरा हुन्छ भन्ने मान्यता पाइन्छ । तर, खैंचडी भजन समूहचाहिँ बसाइँसराइ गरी तारकेश्वर नगरपालिकालाई बसोवासस्थल बनाइएका खस–ब्राह्मण समुदायले थालेको सांगीतिक समूह मानिन्छ । मूलतः क्षेत्री ब्राह्मण समुदायको मौलिक पहिचानको रुपमा रहेको खैंचडी भजनलाई व्यापक बनाउँदै लैजान सके देशव्यापीरुपमा संगठन विस्तार र संस्कृति प्रवद्र्धनमा टेवा पुग्ने देखिन्छ । साथै, वृद्ध उमेरकालाई आयु लम्ब्याउनसमेत योगदान पुग्ने थियो । सहभागी वृद्धवृद्धाहरुको आग्रह छ– उपत्यकामा प्रचलित दाफा भजन, ज्ञानमाला भजन खलःलाई जस्तै वडा, नगरपालिकास्तरीय प्रवद्र्धन गर्दै लैजान योगदान पुगोस् ।
प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १३:३९
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP