Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सत्ता टिकाउन धौधौ
सत्ता टिकाउन धौधौ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ २७, २०७९
Hardik health
काठमाडौं - राजनीतिक दलहरूले निर्वाचनअघि स्थिर सरकारका लागि बहुमत दिन मतदाताहरूसँग आग्रह गरेका थिए । अघिल्लोपटक तत्कालीन नेकपालाई दुई तिहाइनजिकको बहुमत दिँदा पनि सरकार अस्थिर भएको देखेका मतदाताहरूले ४ मंसिरको निर्वाचनमा कुनै दललाई बहुमत दिएनन् । बरू, मिलिजुली सरकार गठनको मतादेश दिए । सोहीअनुसार संघदेखि प्रदेशसम्मका सरकारहरू मिलिजुली बने । तर, प्रदेश सरकारहरू ढल्न सुरू भएको छ । सुदूरपश्चिम प्रदेशबाट यसको सुरुआत भएको छ । बिहीबार संसद्को विश्वास गुमाउँदा नेकपा एमालेका सांसद राजेन्द्रसिंह रावलले नेतृत्व गरेको सुदूरपश्चिम सरकार ढल्यो । ढल्नुको कारण नागरिक उन्मुक्ति पार्टीका सात जना सांसदले विश्वासको मत नदिनु हो ।

हार्नेहरूले हो आत्मसमर्पण गर्ने । योद्धाहरू त सहिद भएर मर्छन् तर परिचय मर्न दिँदैनन् । रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष, नागरिक उन्मुक्ति पार्टी

जेलमा रहेका पूर्वसांसद रेशमलाल चौधरी र हालै जेल परेका अर्का सांसद अरुण चौधरीसहितलाई रिहा गर्न विश्वस्त आधार तयार नभएको भन्दै उन्मुक्तिले विश्वासको मत नदिएको हो । उक्त पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले विश्वासको मत दिने समयभन्दा अघि कसैसँग ‘आत्मसमर्पण’ नगर्ने बताइन् । ‘हार्नेहरूले हो आत्मसमर्पण गर्ने । योद्धाहरू त सहिद भएर मर्छन् तर परिचय मर्न दिँदैनन्,’ उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि सामाजिक सञ्जालमा लेखिन् । दाहालनिकट स्रोतका अनुसार प्रधानमन्त्री दाहाल र ओलीले मुख्यमन्त्री रावललाई विश्वासको मत दिन अध्यक्ष श्रेष्ठलाई दबाब दिएका थिए । श्रेष्ठले भने पहिले माग सम्बोधनको सुनिश्चितता खोजेकी थिइन् । उनै अध्यक्ष श्रेष्ठले टीकापुर घटनाप्रति सरकार अनुदार रहेको पनि गुनासो गरेकी छन् । सोही कारण असन्तुष्ट श्रेष्ठ नेतृत्वको उन्मुक्तिले विश्वासको मत नदिँदा सुदूरपश्चिम सरकार ३० दिनमै ढलेको हो । पाँच वर्षे संसद्मा एकै महिना पनि सरकार नटिक्नुलाई कतिपयले भने अस्थिर सरकार भनेका छन् । सुदूरपश्चिम मात्रै होइन, अस्थिर सरकार लुम्बिनीमा पनि हुने देखिएको छ । त्यहाँका मुख्यमन्त्री लीला गिरीले मन्त्रिपरिषद् नै विस्तार गर्न सकेका छैनन् । विश्वासको मत लिएको भने पाँच माघमै हो । मुख्यमन्त्रीमा नियुक्त भएको २७ पुसमै कृष्ण केसी र चेतनारायण आचार्यसहितको तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । दुवै मन्त्रीले हालसम्म मन्त्रालयको जिम्मेवारीसमेत पाएका छैनन् । दलीय भागबण्डा नमिल्दा लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार नभएको हो । त्यहाँ सत्ता गठबन्धनभित्र खटपट छ । खटपटलाई लिएर सरकार नै ढल्न सक्ने चर्चा हुन थालेको छ । प्रदेश १ सरकार पनि धरमरमा छ । एमालेका हिक्मत कार्की मुख्यमन्त्री भएको निकै दिनपछि मात्रै माओवादी सरकारमा सहभागी भयो । त्यहाँ अढाइ वर्षपछि मुख्यमन्त्री पाउने सुनिश्चितता माओवादीले खोजेको छ । मधेस सरकार पनि विवादमुक्त छैन । लामो समय मन्त्रालय बाँडफाँटलाई लिएर सत्ता गठबन्धनकै दलहरूबीच मतभेद भयो । यही मंगलबार मात्रै सरकारमा माओवादी सहभागी भएको हो । अन्य प्रदेशहरूमा पनि गठबन्धन दलहरूबीच मन्त्रालय भागबण्डालाई लिएर असन्तुष्टि छ । संघीय सरकार पनि धरमरमा यता संघीय सरकारमा पनि उस्तै छ । उन्मुक्तिले यसअघि नै सरकारलाई समर्थन फिर्ता लिने चेतावनी दिइसकेको छ । अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २२ माघमा सरकारदेखि बाहिरिएको छ । दलका अध्यक्ष रवि लामिछानेले गृहमन्त्री नपाएको झोंकमा संसदीय दल र केन्द्रीय समिति बैठकबाट निर्णय गर्दै सरकारदेखि बाहिरिने निर्णय गरेका हुन् । समर्थन भने उक्त दलको कायमै छ । गठबन्धनको एउटा घटक राष्ट्रिय प्रजातन्त्र पार्टी राजनीतिक मुद्दालाई लिएर असन्तुष्ट छ । प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्मै रहेर संविधानबाट संस्थागत भएका राजनीतिक उपलब्धिहरू संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिक प्रणालीमाथ प्रश्न नगर्न चेतावनी दिइसकेका छन् । राप्रपाबाटै मन्त्री भएकाहरूले भने यी राजनीतिक उपलब्धिहरू उल्ट्याउँदै देशमा राजतन्त्र फर्काउने र हिन्दूराष्ट्र कायम गराउने जवाफ प्रधानमन्त्रीलाई दिएका छन् । अर्कोतिर, प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन हुनुपर्ने बताएपछि गठबन्धनको मुख्य दल एमालेका अध्यक्ष ओली असन्तुष्ट छन् । उनले १० पुसमा राष्ट्रपति एमालेबाट हुने भन्ने समझदारी इमानदारीपूर्वक कार्यान्वयन हुनुपर्ने भन्दै प्रधानमन्त्री दाहाललाई बिहीबार बिहान पनि दबाब दिए । प्रधानमन्त्री दाहाल भने राज्यशक्तिको एउटा महŒवपूर्ण पद राष्ट्रपति नेपाली कांग्रेसबाट बनाउन चाहन्छन् । बिहीबार दिउँसो उनै दाहाल र कांग्रेस महामन्त्री गगन थापाबीच भेटवार्ता पनि भयो । दाहालको कांग्रेससँगको हिमचिमलाई लिएर ओली सशंकित छन् । उनी आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा दाहालको दल माओवादीको इमान्दारिताको अपेक्षामा छन् । यदि, सत्ता गठबन्धनको तर्फबाट एमालेको उम्मेदवार बन्दा पनि कांग्रेसका उम्मेदवारलाई दाहाल नेतृत्वको पार्टीले सहयोग गरे सरकार ढल्नेछ ।  
प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  ०९:३८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP