Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
आव २०८१/८२ मा श्रम मन्त्रालय,१२ मुलुकसँग श्रम सम्झौताको प्रस्ताव नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन ४, २०८२

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत आर्थिक वर्ष २०८१/८२ मा युरोपका १२ वटा मुलुकसँग श्रम सम्झौताका लागि प्रस्ताव गरेको जनाएको छ । गत आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्रालयले अल्बानिया, अस्ट्रिया, टर्की, माल्टा, बोस्निया र हर्जगोभिना, क्रोएसिया र बेल्जियमसँग श्रम सम्झौताको प्रस्ताव गरेको जनाएको हो ।

मन्त्रालयका अनुसार कुवेत, कतार, दक्षिण कोरिया, मलेसिया र मौरिससको श्रम सम्झौता नवीकरणको प्रयास भइरहेको छ । त्यस्तै नेपाल र साउदी अरेबियाबीचको द्विपक्षीय श्रम सम्झौताको अन्तिम मस्यौदा तयार भई परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट राय प्राप्त गरी अन्तिम मस्यौदा तयार भइसकेकाले चाँडै समझदारीपत्रमा हस्ताक्षर हुने मन्त्रालयको भनाइ छ ।

गत आवमा विभिन्न मुलुकमा घरेलु कामदारको हकहितलाई संरक्षण गरी संस्थागत र व्यवस्थित तवरले श्रमिक पठाउने कार्यका लागि गृहकार्य गरिएको विवरणमा उल्लेख छ । संयुक्त अरब इमिरेट्स (युएई)मा नमूना परियोजना सञ्चालन गर्न संसदीय समितिको राय माग गरिएको मन्त्रालयको भनाइ छ ।श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयसँगको संयुक्त पहलमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको पूर्णविवरण लिनेलगायत अप्ठ्यारोमा रहेको अवस्थामा उद्धार गर्नसमेत सहज हुनेगरी ‘श्रम संसार’ एप्लिकेसनको विकास गरेर महŒवपूर्ण काम गरेको जनाएको छ ।

उक्त अवधिमा मन्त्रालयले प्रविधिमा आधारित सेवा प्रवाह विस्तार गरेको, वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीको स्तरोन्नतिका लागि प्राविधिक अध्ययन गरिएको, वैदेशिक रोजगारका क्रममा सबै प्रकारका अभिमुखीकरणलाई डिजिटल प्रविधिमा लग्नका लागि आवश्यक अध्ययन सकिएको र यसका लागि बजेटको प्रबन्ध मिलाइएको जनाएको छ ।

Hardik health

मन्त्रालयले वैदेशिक रोजगारीमा जानुअघि गरिने स्वास्थ्य परीक्षणलाई थप प्रभावकारी बनाउन अनुगमन प्रणालीमा सुधार गरिएको उल्लेख गरेको छ । स्वास्थ्य परीक्षणको विवरणलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा आबद्ध गर्न डिजिटल प्रणालीको निर्माण थालिएको मन्त्रालयको भनाइ छ ।गत आवमा मन्त्रालयले वैदेशिक रोजगारीसँग सम्बन्धित विभिन्न नीतिगत, संरचनागत तथा कानुनी सुधार गरेको जनाएको छ ।

मन्त्रालयकाअनुसार वैधानिकीकरण श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार सेवा प्रवाह कार्यविधि (दोसो संशोधन) स्वीकृत गरिएको छ । मन्त्रालयले सेप्टेम्बर २०२४ लाई ‘कटअफ पोइण्ट’ मानी कानुनी आधारमा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई वैधानिकीकरण गर्ने प्रक्रिया अघि बढाएको उल्लेख गरेको छ ।

त्यस्तै, वैदेशिक रोजगारीमा १०० भन्दा न्यून श्रमिक पठाउने म्यानपावरको नवीकरण नहुने प्रावधानलाई केही नेपाल ऐन संशोधनमार्फत हटाइएको, मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखालाई वैदेशिक रोजगार व्यवस्थापन महाशाखाको रुपमा परिवर्तन गरिएको र वैदेशिक रोजगार बोर्ड, सामाजिक सुरक्षा कोषको सेवा तथा सुविधाहरुलाई प्रभावकारी तवरले कार्यान्वयन गर्न सुधारको काम थालिएको मन्त्रालयको भनाइ छ ।

गत आवमा विभागले वैदेशिक रोजगारीसँग सम्बन्धित व्यक्तिगत र संस्थागत विवाद समाधान गरी सात अर्ब २० करोड रुपैयाँ क्षतिपूर्ति उपलव्ध गराएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ । उक्त आवको महŒवपूर्ण काममा वैदेशिक रोजगारका क्रममा मृत्यु भएका व्यक्तिहरुलाई क्षतिपूर्तिबापत १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय, युएईमा काम गर्न जाने श्रमिकहरुको न्यूनतम तलबलाई ८०० दिरामबाट एक हजार बनाइएको, व्यक्ति स्वयं उपस्थित नभई अभिमुखीकरण प्रमाणपत्र जारी हुने अभ्यासलाई नियन्त्रण गर्न आइरिस प्रणाली जडान गर्ने लगायत काम भएको विवरणमा उल्लेख छ ।

यसैगरी इजरायल, कोरिया, बेलायतमा जाने कूल आठ हजार ६२२ जनालाई निःशुल्क अभिमुखीकरण तालिम प्रदान गरिएको छ । मन्त्रालयकाअनुसार वैदेशिक रोजगारमा जाने श्रमिकहरुको अभिमुखीकरण प्रक्रियालाई सरलीकृत गर्दै प्रि–डिसिजन, प्रि–डिपार्चर र पोस्ट डिपार्चरको प्रावधानमा छलफल गरेर अभिमुखीकरणलाई सहज गर्न लागिएको छ । 

 


प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १०:२०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार आइतबार, चैत २२, २०८२
आठ महिनामा भित्रियो साढे १४ खर्ब 
आठ महिनामा भित्रियो साढे १४ खर्ब  शुक्रबार, चैत २०, २०८२
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी बिहीबार, चैत १९, २०८२
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार बुधबार, चैत १८, २०८२
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP