Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • युरोपको मागपत्र प्रमाणीकरण बन्द हुँदा बिचौलियाको राज, व्यक्तिगत ठगी बढ्यो
युरोपको मागपत्र प्रमाणीकरण बन्द हुँदा बिचौलियाको राज, व्यक्तिगत ठगी बढ्यो
ममता थापा
ममता थापा आइतबार, कात्तिक ३०, २०८२

पर्याप्त माग आए पनि प्रमाणीकरण नगरेर सरकारले बिचौलियालाई प्रोत्साहन गरेको देखिन्छ । मागपत्र प्रमाणीकरण गर्ने धेरै वैज्ञानिक तरिकाहरु आए होलान्, समयअनुसार परिवर्तन हुनुपर्ने पनि होला । तर राज्यले चासो देखाएको छैन ।
महेशकुमार बस्नेत
महासचिव, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं– केही दिनअघि वैदेशिक रोजगार विभागको मुद्दा तथा अनुसन्धान शाखामा मुद्दा दर्ताका लागि कागजात हातमा बोकेर उभिइरहेकी थिइन्, प्रतीक्षा (परिवर्तित नाम) । रोजगारीका लागि बेलायत पठाइदिने भनेपछि काठमाडौंको चाबहिल चुच्चेपाटीमा रहेको एक कन्सल्टेन्सीमा २८ लाख रुपैयाँ बुझाइन् ।

तर, कन्सल्टेन्सीले पैसा लिएपछि न युरोप पठायो न पैसा फिर्ता गर्यो । यसरी ठगिएपछि उनी विभागमा कन्सल्टेन्सीविरुद्ध उजुरी लिएर पुगेकी हुन् । यद्यपि, उक्त कन्सल्टेन्सी सञ्चालनमै रहेकाले मुद्दा हालेको थाहा पाए भाग्ने भन्दै उनले थप विवरण दिन मानिनन् । प्रतीक्षाकै साथीसँग पनि उक्त संस्थाले डिपेण्डेण्टमा रोजगारीसमेत लगाइदिने भनी प्रलोभन देखाएर ५९ लाख रुपैयाँ लिएको उनले बताइन् ।

युरोप रोजगारीका नाममा भइरहेको ठगीको यो उदाहरणमात्र हो । विभागमा यस्ता ठगीका उजुरी दिनेहरुको दिनहुँ भीड लाग्छ । चालु आर्थिक वर्षको तीन महिनामा एक हजार ३८० वटा व्यक्तिगत ठगीका घटना विभागमा दर्ता भएका छन् । अघिल्लो वर्षको अन्त्यबाट ह्वात्तै बढ्न थालेको व्यक्तिगत ठगी, नियन्त्रणमा आउन सकेको छैन । आकर्षक तलब सुविधाको प्रलोभनमा युवाहरु ठगिने क्रम जारी छ । सरकारले बेलाबेलामा सूचना निकालेर प्रलोभनमा नपर्न भन्दै आए पनि त्यो निष्प्रभावी देखिएको छ ।

Ncell
Hardik health

ठगीमा परेकाहरुबाट जानकारी लिँदा कन्सल्टेन्सी, ट्राभल एजेन्सी, विभिन्न मुलुकमा रहेका एजेन्ट तथा चिनजानकै व्यक्ति संलग्न रहेको पाइन्छ । विशेषरी सामाजिक सञ्जालमा गरिने विज्ञापनबाट उनीहरु फस्ने गरेका पाइएको छ ।युरोपेली मुलुकहरु रोजगारीको आकर्षक गन्तव्य भए पनि त्यहाँको रोजगारीको माग आधिकारिक संस्थालाई नआउँदा बिचौलिया हाबी भएको जानकारहरु बताउँछन् । विभागको तथ्यांक हेर्दा व्यक्तिगत श्रम स्वीकृति लिएर युरोप जानेहरु बढी छन् । करिब २६–२७ महिनायता युरोपको मागपत्र प्रमाणीकरण बन्द हुँदा यस्ता समस्या बढेको वैदेशिक रोजगार व्यवसायीहरुको भनाइ छ ।

युवाहरु युरोप जाने मनस्थितिमा रहेको अवस्थामा सरकारले आधिकारिक प्रक्रिया नखुलाउँदा यस्तो समस्या निम्तिएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव महेशकुमार बस्नेतले बताए । मागपत्र प्रमाणीकरण नगरिदिएर राज्यले बिचौलियालाई प्रोत्साहन गरेको उनको आरोप छ ।‘पर्याप्त मागहरु आए पनि प्रमाणीकरण नगरेर सरकारले बिचौलियालाई प्रोत्साहन गरेको देखिन्छ,’ बस्नेतले भने, ‘मागपत्र प्रमाणीकरण गर्ने धेरै वैज्ञानिक तरिकाहरु आए होलान्, समयअनुसार परिवर्तन हुनुपर्ने पनि होला । तर राज्यले चासो देखाएको छैन ।’

दूतावासमा स्रोत साधन अभाव भए त्यसको व्यवस्थापन गर्नुपर्ने उनको तर्क छ । ‘लाखौं लाख नेपाली युवाहरु त्यहाँ गएको अवस्थामा जनशक्ति नभए पठाउनुपर्यो नि ! राज्यले यदि युरोप खोल्न चाहन्छ भने धेरै विकल्प निकाल्न सकिन्छ,’ उनले भने, ‘बन्द गर्न चाहेको भए बन्द गरे भयो । बिचौलियालाई चलखेल गर्ने बाटो किन बनाउनुपर्यो ?’ 

यो दूतावास, श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र व्यवसायीहरुको समन्वयबाट समाधान गरिने विषय हो । परराष्ट्र अथवा कुनै संस्थाले गरेर ढिला भएको या बन्द भएको होइन । यसलाई नेपालीहरु नठगिनेगरी सहज तरिकाबाट कसरी गर्न सकिन्छ भन्नेबारेमा समन्वय र गृहकार्य चलिरहेको छ ।
लोकबहादुर पौडेल क्षेत्री
प्रवक्ता, परराष्ट्र मन्त्रालय

संघले सदस्य देवीप्रसाद गिरीलाई संयोजक तोकेर समस्याको थप अध्ययन थालेको महासचिव बस्नेतले जानकारी दिए । युरोपका विकासोन्मुख मुलुकमा कामदारको माग बढी रहेको बताइन्छ । मागपत्र प्रमाणीकरण भएको अवस्थामा विशेषगरी बुल्गेरिया, ग्रीस, क्रोएसिया, सर्बिया, रोमानियालगायतका मुलुकबाट श्रमिकको माग धेरै आउने व्यवसायीहरुको भनाइ छ ।

यी मुलुकका नागरिकहरु विकसित मुलुकमा जाने भएकाले त्यहाँ श्रमिकको अभाव हुने गरेको बताइन्छ । कृषि, हस्पिटालिटी, निर्माण, टेक्स्टाइल्स, ट्रान्सपोर्ट आदिमा राम्रो माग रहेको उनीहरुको दाबी छ ।तत्कालीन परराष्ट्रमन्त्रीको पालामा मौखिकरुपमा बन्द भएको विषयले हालसम्म व्यवसायीले दुःख पाएको भन्दै व्यवसायीहरु चिन्तित देखिएका छन् । 

समन्वय जारी छः परराष्ट्र
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयले आफूहरुले यस विषयलाई गम्भीरताका साथ लिएको र समन्वयमै रहेको जनाएका छन् । यसका लागि विभिन्न पक्षसँग छलफल आवश्यक रहेको र कुनै एउटा पक्षका कारणले ढिला नभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए । 

 

‘यो दूतावास, श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र व्यवसायीहरुको समन्वयबाट समाधान गरिने विषय हो । परराष्ट्र अथवा कुनै संस्थाले गरेर ढिला भएको या बन्द भएको होइन,’ पौडेलले भने, ‘यसलाई नेपालीहरु नठगिनेगरी सहज तरिकाबाट कसरी गर्न सकिन्छ भन्नेबारेमा समन्वय र गृहकार्य चलिरहेको छ ।’

त्यस्तै, श्रम आप्रवासनलाई युरोपतिर केन्द्रित गर्ने भनेर अगाडि बढिरहेको अवस्थामा मागपत्र प्रमाणीकरणलगायतका विषयमा पहल गर्न सम्बन्धित पक्षलाई भनिरहेको श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले बताए ।‘मागपत्रहरु किन प्रमाणीकरण भएनन्, त्यहाँका दूतावास र नियोगहरुमा पहल गर्नुपर्यो भनेर परराष्ट्रलाई भनेका छौं,’ घिमिरेले भने, ‘बढ्दो ठगी नियन्त्रण गर्न मागपत्र प्रमाणीकरण गर्ने, सम्झौता पनि गर्ने, संस्थागतरुपमा पठाउने भन्ने पहल भइरहेको छ । रिजल्ट चाँडै आउला ।’
 


प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  १०:५०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसियाको रोजगारीमा एकाधिकार लागू गर्न २५ व्यवसायीको चलखेल रोकिएन
मलेसियाको रोजगारीमा एकाधिकार लागू गर्न २५ व्यवसायीको चलखेल रोकिएन शुक्रबार, भदौ २६, २०८३
कतारको कम्पास कम्पनीद्वारा रसुवा बाढीपीडितलाई ३० लाख राहत प्रदान 
कतारको कम्पास कम्पनीद्वारा रसुवा बाढीपीडितलाई ३० लाख राहत प्रदान  बिहीबार, भदौ २५, २०८३
सहायक संस्थाको रुपमा २३० म्यानपावर थपिएपछि संघभित्रै हलचल
सहायक संस्थाको रुपमा २३० म्यानपावर थपिएपछि संघभित्रै हलचल बिहीबार, भदौ २५, २०८३
इजरायलमा खुल्यो १४ सयभन्दा बढीलाई अवसर
इजरायलमा खुल्यो १४ सयभन्दा बढीलाई अवसर बुधबार, भदौ २४, २०८३
विभागका नयाँ महानिर्देशकलाई संघको ध्यानाकर्षण
विभागका नयाँ महानिर्देशकलाई संघको ध्यानाकर्षण मंगलबार, भदौ २३, २०८३
साउदीमा श्रम अनुमतिको म्याद थप भएसँगै श्रमिकलाई राहत
साउदीमा श्रम अनुमतिको म्याद थप भएसँगै श्रमिकलाई राहत सोमबार, भदौ २२, २०८३
साउदीका हरित ऊर्जा परियोजनामा शोषणमा परेका नेपालीले पाएनन् क्षतिपूर्ति
साउदीका हरित ऊर्जा परियोजनामा शोषणमा परेका नेपालीले पाएनन् क्षतिपूर्ति आइतबार, भदौ २१, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP