Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • युरोपको मागपत्र प्रमाणीकरण बन्द हुँदा बिचौलियाको राज, व्यक्तिगत ठगी बढ्यो
युरोपको मागपत्र प्रमाणीकरण बन्द हुँदा बिचौलियाको राज, व्यक्तिगत ठगी बढ्यो
ममता थापा
ममता थापा आइतबार, कात्तिक ३०, २०८२

पर्याप्त माग आए पनि प्रमाणीकरण नगरेर सरकारले बिचौलियालाई प्रोत्साहन गरेको देखिन्छ । मागपत्र प्रमाणीकरण गर्ने धेरै वैज्ञानिक तरिकाहरु आए होलान्, समयअनुसार परिवर्तन हुनुपर्ने पनि होला । तर राज्यले चासो देखाएको छैन ।
महेशकुमार बस्नेत
महासचिव, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं– केही दिनअघि वैदेशिक रोजगार विभागको मुद्दा तथा अनुसन्धान शाखामा मुद्दा दर्ताका लागि कागजात हातमा बोकेर उभिइरहेकी थिइन्, प्रतीक्षा (परिवर्तित नाम) । रोजगारीका लागि बेलायत पठाइदिने भनेपछि काठमाडौंको चाबहिल चुच्चेपाटीमा रहेको एक कन्सल्टेन्सीमा २८ लाख रुपैयाँ बुझाइन् ।

तर, कन्सल्टेन्सीले पैसा लिएपछि न युरोप पठायो न पैसा फिर्ता गर्यो । यसरी ठगिएपछि उनी विभागमा कन्सल्टेन्सीविरुद्ध उजुरी लिएर पुगेकी हुन् । यद्यपि, उक्त कन्सल्टेन्सी सञ्चालनमै रहेकाले मुद्दा हालेको थाहा पाए भाग्ने भन्दै उनले थप विवरण दिन मानिनन् । प्रतीक्षाकै साथीसँग पनि उक्त संस्थाले डिपेण्डेण्टमा रोजगारीसमेत लगाइदिने भनी प्रलोभन देखाएर ५९ लाख रुपैयाँ लिएको उनले बताइन् ।

युरोप रोजगारीका नाममा भइरहेको ठगीको यो उदाहरणमात्र हो । विभागमा यस्ता ठगीका उजुरी दिनेहरुको दिनहुँ भीड लाग्छ । चालु आर्थिक वर्षको तीन महिनामा एक हजार ३८० वटा व्यक्तिगत ठगीका घटना विभागमा दर्ता भएका छन् । अघिल्लो वर्षको अन्त्यबाट ह्वात्तै बढ्न थालेको व्यक्तिगत ठगी, नियन्त्रणमा आउन सकेको छैन । आकर्षक तलब सुविधाको प्रलोभनमा युवाहरु ठगिने क्रम जारी छ । सरकारले बेलाबेलामा सूचना निकालेर प्रलोभनमा नपर्न भन्दै आए पनि त्यो निष्प्रभावी देखिएको छ ।

Hardik health

ठगीमा परेकाहरुबाट जानकारी लिँदा कन्सल्टेन्सी, ट्राभल एजेन्सी, विभिन्न मुलुकमा रहेका एजेन्ट तथा चिनजानकै व्यक्ति संलग्न रहेको पाइन्छ । विशेषरी सामाजिक सञ्जालमा गरिने विज्ञापनबाट उनीहरु फस्ने गरेका पाइएको छ ।युरोपेली मुलुकहरु रोजगारीको आकर्षक गन्तव्य भए पनि त्यहाँको रोजगारीको माग आधिकारिक संस्थालाई नआउँदा बिचौलिया हाबी भएको जानकारहरु बताउँछन् । विभागको तथ्यांक हेर्दा व्यक्तिगत श्रम स्वीकृति लिएर युरोप जानेहरु बढी छन् । करिब २६–२७ महिनायता युरोपको मागपत्र प्रमाणीकरण बन्द हुँदा यस्ता समस्या बढेको वैदेशिक रोजगार व्यवसायीहरुको भनाइ छ ।

युवाहरु युरोप जाने मनस्थितिमा रहेको अवस्थामा सरकारले आधिकारिक प्रक्रिया नखुलाउँदा यस्तो समस्या निम्तिएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव महेशकुमार बस्नेतले बताए । मागपत्र प्रमाणीकरण नगरिदिएर राज्यले बिचौलियालाई प्रोत्साहन गरेको उनको आरोप छ ।‘पर्याप्त मागहरु आए पनि प्रमाणीकरण नगरेर सरकारले बिचौलियालाई प्रोत्साहन गरेको देखिन्छ,’ बस्नेतले भने, ‘मागपत्र प्रमाणीकरण गर्ने धेरै वैज्ञानिक तरिकाहरु आए होलान्, समयअनुसार परिवर्तन हुनुपर्ने पनि होला । तर राज्यले चासो देखाएको छैन ।’

दूतावासमा स्रोत साधन अभाव भए त्यसको व्यवस्थापन गर्नुपर्ने उनको तर्क छ । ‘लाखौं लाख नेपाली युवाहरु त्यहाँ गएको अवस्थामा जनशक्ति नभए पठाउनुपर्यो नि ! राज्यले यदि युरोप खोल्न चाहन्छ भने धेरै विकल्प निकाल्न सकिन्छ,’ उनले भने, ‘बन्द गर्न चाहेको भए बन्द गरे भयो । बिचौलियालाई चलखेल गर्ने बाटो किन बनाउनुपर्यो ?’ 

यो दूतावास, श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र व्यवसायीहरुको समन्वयबाट समाधान गरिने विषय हो । परराष्ट्र अथवा कुनै संस्थाले गरेर ढिला भएको या बन्द भएको होइन । यसलाई नेपालीहरु नठगिनेगरी सहज तरिकाबाट कसरी गर्न सकिन्छ भन्नेबारेमा समन्वय र गृहकार्य चलिरहेको छ ।
लोकबहादुर पौडेल क्षेत्री
प्रवक्ता, परराष्ट्र मन्त्रालय

संघले सदस्य देवीप्रसाद गिरीलाई संयोजक तोकेर समस्याको थप अध्ययन थालेको महासचिव बस्नेतले जानकारी दिए । युरोपका विकासोन्मुख मुलुकमा कामदारको माग बढी रहेको बताइन्छ । मागपत्र प्रमाणीकरण भएको अवस्थामा विशेषगरी बुल्गेरिया, ग्रीस, क्रोएसिया, सर्बिया, रोमानियालगायतका मुलुकबाट श्रमिकको माग धेरै आउने व्यवसायीहरुको भनाइ छ ।

यी मुलुकका नागरिकहरु विकसित मुलुकमा जाने भएकाले त्यहाँ श्रमिकको अभाव हुने गरेको बताइन्छ । कृषि, हस्पिटालिटी, निर्माण, टेक्स्टाइल्स, ट्रान्सपोर्ट आदिमा राम्रो माग रहेको उनीहरुको दाबी छ ।तत्कालीन परराष्ट्रमन्त्रीको पालामा मौखिकरुपमा बन्द भएको विषयले हालसम्म व्यवसायीले दुःख पाएको भन्दै व्यवसायीहरु चिन्तित देखिएका छन् । 

समन्वय जारी छः परराष्ट्र
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयले आफूहरुले यस विषयलाई गम्भीरताका साथ लिएको र समन्वयमै रहेको जनाएका छन् । यसका लागि विभिन्न पक्षसँग छलफल आवश्यक रहेको र कुनै एउटा पक्षका कारणले ढिला नभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए । 

 

‘यो दूतावास, श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र व्यवसायीहरुको समन्वयबाट समाधान गरिने विषय हो । परराष्ट्र अथवा कुनै संस्थाले गरेर ढिला भएको या बन्द भएको होइन,’ पौडेलले भने, ‘यसलाई नेपालीहरु नठगिनेगरी सहज तरिकाबाट कसरी गर्न सकिन्छ भन्नेबारेमा समन्वय र गृहकार्य चलिरहेको छ ।’

त्यस्तै, श्रम आप्रवासनलाई युरोपतिर केन्द्रित गर्ने भनेर अगाडि बढिरहेको अवस्थामा मागपत्र प्रमाणीकरणलगायतका विषयमा पहल गर्न सम्बन्धित पक्षलाई भनिरहेको श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले बताए ।‘मागपत्रहरु किन प्रमाणीकरण भएनन्, त्यहाँका दूतावास र नियोगहरुमा पहल गर्नुपर्यो भनेर परराष्ट्रलाई भनेका छौं,’ घिमिरेले भने, ‘बढ्दो ठगी नियन्त्रण गर्न मागपत्र प्रमाणीकरण गर्ने, सम्झौता पनि गर्ने, संस्थागतरुपमा पठाउने भन्ने पहल भइरहेको छ । रिजल्ट चाँडै आउला ।’
 


प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  १०:५०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो सोमबार, पुस २८, २०८२
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने आइतबार, पुस २७, २०८२
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला शुक्रबार, पुस २५, २०८२
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, पुस २५, २०८२
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन शुक्रबार, पुस २५, २०८२
श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेका पक्षमा निर्णय
श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेका पक्षमा निर्णय बिहीबार, पुस २४, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP