Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • १२ भाइका, १३ कुरा
१२ भाइका, १३ कुरा
मंगलबार, माघ २४, २०७९
matangra
Hardik health
वैकुण्ठ भण्डारी- कुरो १२ भाइको हो । ‘कालेकाले मिलेर खाउँ भाले’ भनेजस्तै भो । उग्रवामपन्थीहरुको भीडमा उग्र पश्चिमान्थी देखिएपछि यस्तै हो । आफूलाई राम्रो हुञ्जेल सबै राम्रो आफूलाई राम्रो हुन छाडेपछि सबै बिरानो । हिजोसम्म खिसीटिउरी गर्दै अरुलाई सत्तोसराप गर्दा मज्जाले हाँस्न जति मजा आएको थियो, आफूलाई पर्दा १२ भाइले साथ नदिएपछि १३ कुरा त ठोक्नै प¥यो । कस्ता–कस्ता आए गुलेली खेलाए मट्याङ्ग्राको सत्यानाश ! म हुँ भन्ने अहमताले आफ्ना वरपर भएकालाई पनि बिगार्छ । मट्याङ्ग्राहरु खुसीले दंग पर्दछन् हुन पनि हो । हिजोसम्म ‘तैँ चुप मै चुप’ आफूलाई चोट परेपछि १३ कुरा गर्न छुट ! यही हो नि प्रजातन्त्र भनेको ? कम्तीमा मनका वह पोख्न त पाका छन् । गललल हाँस्न त भ्याका छन् । सर्पका खुट्टा सर्पलाई मात्र थाहा हुन्छ भनेजस्तो अब खोलौं न रमेर पोलापोल । मुलुक कसले चलायो ? नेताले ? होइन । मन्त्री प्रधानमन्त्री कसले छान्यो जनताले होइन ? जनताले त नेता छाने अरु सबै उत्तर–दक्षिण वारी समुद्रपारीसम्मले छाने । उसैले छान्यो, उसले हान्यो ! १२ भाइका कुरा पनि ठीकै हो । अन्नदाताहरुलाई नै असर पर्नेगरी काम गर्न त कहाँ पाइन्छ त ? देश चलाउन खोज्ने १२ भाइका मालिकहरु कहाँ–कहाँबाट चलेका छन् ? कुन इसारामा चलिरहेका छन् भन्ने कुरा फिरंगीहरुलाई मात्र थाहा छ । किनकि, सबै फिरंगीहरुले नै चलाएका छन् । एउटा फिरंगीले चाल पाएको जस्तो गरेर कहाँ हुन्छ र ? ऊ बेला मट्याङग्राले सार्वजनिक गरेकै हो क्यार ! नेपालाँ शक्तिशाली भनेकै नादरमुनिहरु हुन् । ती नारदमुनिहरु परिचालित हुन् आफूलाई राम्रो भए ठीक नभए बेठीक भन्छन् । ख्वामित्हरुले जे–जे भन्छन् त्यही नै गाउने हुन् । अहिले १२ भाइको टाउका गनेर के काम । सूर्य पश्चिमबाट अस्ताउने हो, कहिलेकाहीँ पूर्वबाट पनि अस्ताउँछ त्यसमा धन्दा मान्नु पर्दैन भन्नेको संगताँ परेपछि गाई र गोरु छुट्याउन सक्नुपर्छ । नेपालाँ चलेका र चलाइएका नारदमुनिहरुका कारखाना चल्नका लागि कच्चा पदार्थ कसरी आइरहेको छ । कच्चा पदार्थको स्रोत के हो भन्ने कुरो त पदाँ बस्दा नै खोजविन गर्ने हो, अनि नारायण नारायण भन्ने हो । सूर्य अस्ताइसके पनि पनि बादलले छेक्यो भनेर ढाँट्ने त ढुण्डुकारी पो हो त ! आफूले जसरी ढाँटेको हो त्यसैगरी ढाँटिएका छन् । कोदो रोपेर तोरी उम्रँदैन । तोरी उमार्न त तोरीकै बीउ राख्नु परो नि, कि कसो नारदजी ? नारदजीले भनेको कुरा सबै ठीक हुन्छ भन्ने पनि त छैन । सबै बेठीक नै हो भन्न पनि भएन । छान्ने काम त मट्याङ्ग्रा बबुराहरुको हो नि ? छान्न जान्नुप¥यो । अब १२ भाइ र तिनका ख्वामित कसरी बाँचेका थिए भन्ने कुरा एक छिन् भटभट्याएर हुने हो ? रिसाँ झोकाँ ठोक्दिए भनेर पनि भएन । आफू भलो त जगतै भलो गर्नु प¥यो नि ? के–के न खान पाइन्छ भनेर उफ्रँदै ‘बा’हरुको शरणमा परेपछि ‘बा’हरुले जसरी नचाउँछन् त्यसैगरी नाच्नुप¥यो । ‘नो नट अगेन’ भन्दै ‘ऐट अगेन’ भन्दै हिँडेपछि स्यालहुँइया गरेर हुन्छ ? नारदमुनिका ख्वामितहरुले हिजो के गरे, आज के गरिरहेका छन् र भोलि के गर्छन् भन्ने कुरा त उही ख्वामितहरुका पनि मालिकहरुलाई थाहा होला ? विचरा, यी मट्याङ्ग्राले घाँटीको नसा चुँडिनेगरी कराएर हुने भैदिएको भए पहिले नै भइसक्थ्यो । आफू मालिक बन्दा के भाको थियो अरु मालिक बन्दा के हुने रैछ ? १२ भाइका १३ कुरासँग आफैं १३ भाइ हो भन्ने कुरा पनि त नारदमुनिहरुलाई जानकारी होला ! भिड्न नै मट्याङ्ग्राहरु तयार हो भने आऊ, मिलेर भिडौं । के साँच्चै देश बनाउने खोजेको हो त ? त्यसो भए तिम्रा सम्पत्ति शुद्धीकरण गरौं अनि तिम्रा १२ भाइ, १२ भाइका ख्वामितहरुको पनि हरहिसाब केलाऊ । जबसम्म नारदमुनिका कारखानामा ख्वामितहरुको रजगज भइरहन्छ तबसम्म मट्याङ्ग्राहरुको केही लाग्दैन । २०४६ सालदेखि हेर्ने हो भने नारदमुनिका कारखानाहरु कसरी चलिरहेका छन् ? २०६२/६३ पछि कसरी कारखानाहरुको बाढी आइरहेको छ ? १२ भाइका ख्वामितहरु हिजो मुसा थिए अहिले कसरी हात्ती भएका छन् । कसले खोज्ने ? रिसाँ झोँक देखाएर मात्र त हुन्न बरी लै । शक्तिमा भएका बेला गर्ने हो, शक्तिबाट लोपारेपछि के अर्थ छ र ? विचरा, बबुरा १२ भाइ त ख्वामितहरुका दास हुन् । जसो–जसो अह्राएको छ उसै गर्ने हो । १३ भाइका रुपमा आफैं ख्वामित बनेको होइन र बरी लै ! ख्वामित बन्नु र नारदका १२ भाइछोराको कुरा गर्नु पनि हात्ती र हात्तीछाप भनेजस्तै भएन र ? माटोलाई माया गरेकै हो भने त किन मट्याङ्ग्राहरुलाई झुक्याउनुपर्ने थियो । एमसिसी कसले पास गर्न लगाए बरी लै ? एमसिसीका विरुद्ध किन मौन बस्यो बरी लै ? घोक्रो त अरुले भने फुटाउन खोजेकै थिए त ? तर, सकेनन् घोक्रोको सट्टा टाउको फुटाए, एमसिसी ल्याए । बात कर्ता है ! ‘डु यु अण्डरस्ट्याण्ड’ मट्याङ्ग्रा ? सत्य सत्य नै हो नारदका कारखानाहरु स्वचालित होइनन् परिचालित नै हो । विभिन्न मुहारबाट परिचालित नारदमुनिका कारखानाका कारणले नै तीन कोटी मट्याङ्ग्राहरुले दुःख पाइरहेका छन् । खुसीको अनुहार कहिल्यै देखाउन पाएका छैनन् । ती कारखानाहरु परिचालित भइरहँदासम्म त्यही कारखानामा बसेर नारदमुनिहरु ख्वामितहरुको इशारामा मट्याङग्राहरुलाई सिध्याउने र राज गर्नेमा नै तल्लीन थिए, छन् र हुने छन् । कुन भाइले कसको कुरा काट्यो ? कुन भाइ कुन फिरंगीसँग बस्यो ? कुन भाइले कुनचाहिँको ठेक्का पायो भन्ने कुरा त १३ भाइलाई त अवगत नै थियो । यत्तिका वर्षसम्म १३ भाइ गुपचुप किन ? मट्याङ्ग्राले थाहा पाउनुपरो नि ? १२ भाइ त परिचालित थिए, छन् । १३ भाइ पनि त परिचालित हो त्यसको छिनोफानो १३ भाइबाटै सुरु गर्दा कसो होला । ‘१२ छोरा १३ नाती, बूढाको धोक्रो काँधै माथि’ त नहोला नि ?
प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP