Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • रविको अभिव्यक्ति खेदजनक
रविको अभिव्यक्ति खेदजनक
सोमबार, माघ २३, २०७९
Editorial_Prabhab
Hardik health
काठमाडौं– पूर्वसञ्चारकर्मीसमेत रहेका रवि लामिछानेले आफ्नो दल रास्वपा सरकारबाट अलग भएको घोषणा गर्ने क्रममा सबैभन्दा बढी गालीको वर्षा मिडियामाथि गरे । विभिन्न सञ्चारमाध्यम र तिनका सञ्चालक तथा सम्पादक लामिछानेको निशानामा परे । उनले ती मिडियाका सञ्चालक र सम्पादकलाई तुच्छ ढंगले चर्को आलोचना गरेका थिए । जसको आधारमा उनको दलले सरकारबाट बाहिरिनुको कारण फेरि गृह मन्त्रालय नपाएर होइन, पत्रकारहरूले खेदो खनेर हो । यतिसम्म कि आफ्नो आलोचना गर्ने मिडिया र सम्पादकहरूलाई चितवन–२ मा उपनिर्वाचन लड्न आउन चुनौती दिए । सोही क्रममा लामिछानले भन्न भ्याए– ‘हिजो पत्रकारितामा रहँदा पनि खेदो गर्नुभयो । र, राजनीतिमा गए उपप्रधानमन्त्री भएँ । अझै खेदो गर्दै हुनुहुन्छ, अब प्रधानमन्त्री बन्नेगरि चुनाव जितेर आउँछु ।’ उनले नेपाली पत्रकारिता साह्रै बिग्रेको टिप्पणी गरे । लामिछानेको यो अभिव्यक्ति खेदजनक छ । यो स्वतन्त्र पत्रकारितामाथिकै ठाडो चुनौती हो । आफूअनुकूल समाचार नलेखेकै आधारमा उनले सञ्चार क्षेत्रमाथि आधारहीन लाञ्छाना लगाउनु कदापि स्वीकार्य हुँदैन । विगतमा सञ्चारकर्ममा हुँदा राजनीतिक नेतृत्वमाथि गाली बर्साउने उनी अहिले राजनीतिमा होमिएपछि मिडियामाथि गाली बर्साउन लागेका छन् । यो कति पनि शोभनीय र स्वीकार्य हुँदैन । सञ्चारमाध्यमले उनी गृहमन्त्री हुँदा स्वार्थ बाझिने मन्त्रालयको जिम्मेवारी लिएको उल्लेख गरी समाचार प्रकाशन गरेका थिए । उनले अमेरिकी नागरिकता त्यागेर पुनः नेपाली नागरिकता प्राप्त गर्ने प्रक्रिया पूरा नगरेको आरोपमाथि गृह प्रशासनबाटै छानबिन चलिरहेको अवस्थामा सोही मन्त्रालयको नेतृत्वमा जानु सरासर गलत थियो । जुन कुरा सर्वोच्च अदालतको फैसलाबाट पुष्टि भइसकेको छ । सञ्चारमाध्यमले तथ्यमाथि टेकेर लेखेको समाचारअनुसार नै अदालतको फैसला आएको छ । तथ्यमै आधारित रहेर समाचार प्रकाशन/प्रसारण गर्दा मिडियामाथि खनिनुले उनमा आलोचनालाई स्वीकार गर्ने सामथ्र्य नभएको प्रस्ट देखाउँछ । हिजो अरुलाई चर्को स्वरमा आलोचना गरेर मिडियामा स्थापित भएका उनी आफैं आलोचना सुन्न तयार नहुनुले उनको घमण्डीपन थप छर्लंग भएको छ । त्यसो त उनी सञ्चारकर्मी हुँदा पनि उत्तिकै विवादित बनेका पात्र हुन् । अनुमगनकारी संस्थासँगसमेत उनको टकराव परेको थियो । उनको आफूभन्दा कसैलाई नगन्ने प्रवृत्ति हिजो सञ्चारकर्ममा हुँदा थियो र राजनीतिमा आएपछि पनि त्यसैलाई निरन्तरता दिए । पुनः नागरिकता नलिएको प्रकरणमा सर्वोच्चबाट दोषी ठहर भई उपप्रधान तथा गृहमन्त्री, पार्टी सभापतिलगायत पद एकसाथ गुमाएका उनले सर्वोच्चको फैसलापछि पुनः नागरिकता लिने प्रक्रिया पूरा गरेका थिए । रविले नागरिकता लिने प्रक्रिया पूरा नगरेको विषय सबैजसो सञ्चारमाध्यमले प्राथमिकताका साथ उठाएका थिए । त्यस कारण पनि उनले सञ्चारमाध्यममाथि आक्रोश पोखेका हुन् । सञ्चारमाध्यममा प्रकाशित समाचारमा चित्त नबुझे खण्डन गर्न सकिन्छ । तर, उनी खण्डनभन्दा पनि प्रतिशोध साँध्नतिर लागे, जुन गलत छ । परम्परागत दल र तिनका नेताबाट परिवर्तन सम्भव नभएको भन्दै राजनीतिमा होमिएका उनको यो व्यवहार र हर्कत उनी स्वयंका लागि घातक हुने निश्चित छ ।
प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १३:४८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP