Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • रोजगारीको अवसर गुम्नुमा दोषी को ?
रोजगारीको अवसर गुम्नुमा दोषी को ?
आइतबार, माघ २२, २०७९
Editorial_Prabhab
Hardik health
बेलायतमा नेपालीहरुले मौसमी कामदारको रुपमा जाने राम्रो अवसर पाउँदै आएका थिए । छ महिनाको छोटो अवधि भए पनि आकर्षक कमाइ हुने भएकोले मौसमी कामदारको रुपमा रोजगारीमा जान चाहनेहरुका लागि रोजाइमा पर्दै आएको थियो । तर, बेलायतमा यस वर्ष मौसमी कामदारको रुपमा नेपालीहरु जान नपाउने भएका छन् । बेलायतको अध्यागमन विभागले दक्षिण एसियाली आप्रवासी कामदारहरू चरम शोषणमा परेको चेतावनी दिएपछि बेलायती कृषि फार्महरूले नेपालबाट कामदार नलिने जनाएका हुन् । यो नेपालीहरुका लागि दुःखद् समाचार हो । विगत केही वर्षदेखि धेरैले मौसमी कामदारका रुपमा गएर राम्रो आम्दानी गर्दै आएकामा अब त्यो बाटो बन्द भएको छ । यस्तो अवस्थामा आउनुमा नेपालीहरु स्वयं दोषी देखिन्छ । यस्तो भिषा कामदार आफैंले व्यक्तिगतरुपमा आवेदन दिएर जाने गरेका थिए । कामदारले मौसमी कामदारको रुपमा जान कुनै पनि शुल्क तिर्नु पर्दैन । तर, नेपालीहरु त्यहाँसम्म पुग्दा धेरै दलालीको फन्दामा पर्ने गरेका छन् । नेपालदेखि बेलायतसम्मै दलालहरुले ठूलो रकम लिएर आर्थिक शोषण गर्दै आएको विषय लुकेको छैन । बेलायतले यसमा सचेत गराउँदै आए पनि नरोकिएपछि यसपटक नेपालबाट कामदार लैजान नै बन्द गरेको बुझिन्छ । आप्रवासी मौसमी कामदार भित्र्याउन अनुमति पाएका पाँचवटा कम्पनीले नेपालबाट कामदार नलिने घोषणा गरिसकेका छन् । ती कम्पनीहरुले बेलायतको अध्यागमन विभागलाई उद्धृ्रत गर्दै नेपाली मौसमी कामदार स्वदेशमै शोषणमा पर्ने गरेको भन्दै नेपालबाट कामदार नल्याउन चेतावनी दिएका कारण यस वर्ष रोकिएको बेलायतको प्रतिष्ठित सञ्चारमाध्यम फाइनान्सियल टाइम्सले जनाएको छ । यसअघि पनि श्रमिकको क्षेत्रमा काम गर्ने विभिन्न गैरसरकारी संस्था तथा अधिकारकर्मीहरूले नेपालबाट विदेश जाने श्रमिकको शोषणबारे रिपोर्ट सार्वजनिक गरेका थिए । बेलायत जाने मौसमी कामदारहरूबाट नेपालकै एजेन्टहरूले चर्को शुल्क लिने गरेको अधिकारकर्मीहरुले आवाज उठाउँदै आएका छन् । त्यसको अनुसन्धानका क्रममा बेलायतको अध्यागमन विभाग तथा अन्य गैरसरकारी संस्थाहरूले कामदार नेपालबाटै ठगिएर आउने तथ्य फेला पारेको रिपोर्ट सार्वजनिक गरेका थिए । उक्त रिपोर्टका आधारमा कतिपय सञ्चारमाध्यमहरूले ‘कामदारको शोषण’ गरिएको भन्दै समाचारहरू प्रकाशित गरेपछि बेलायती कम्पनीहरूले तत्कालका लागि नेपालबाट मौसमी कामदार नल्याउने घोषणा गरेका उक्त सञ्चारमाध्यमले जनाएको छ । ब्रेक्जिट र युक्रेन युद्धले स्थानीय कामदारको अभाव भएपछि बेलायतले विभिन्न मुलुकबाट कृषि क्षेत्रमा काम गर्न छोटो समयका लागि कामदारहरू आयात गर्ने नीति लिएको थियो । सोही नीतिअनुरुप नेपालबाट पनि मौसमी कामदार लिने गरेका र समग्र मौसमी कामदारमध्ये करिब १० प्रतिशत हिस्सा नेपाली ओगटेको उल्लेख गरिएको छ । समाचारमा जनाइएअनुसार गत वर्ष मात्र दुई हजार ४७२ नेपाली मौसमी कामका लागि बेलायत पुगेका थिए । अर्कोतर्फ मौसमी कामदारको रुपमा बेलायत पुगेका अधिकांश नेपालीहरु नेपाल नफर्कने गरेको पाइएको छ । त्यसरी गएकामध्ये केही बेलायतमै शरणार्थीको रुपमा बस्ने र केही पोर्चुगललगायत युरोपेली मुलुकहरुमा भाग्ने गरेका कारण पनि नेपाली कामदार लैजान नचाहेको बुझिन्छ । यता सरकारले मौसमी कामदार पठाउने कार्यलाई व्यवस्थित नगर्दा पनि यो समस्या आएको देखिन्छ । हालै मौसमी कामदार व्यवस्थापनका लागि कार्यविधि ल्याए पनि त्यसमा कुन–कुन देशलाई समेट्ने भन्ने प्रस्ट छैन । र, उक्त कार्यविधि कार्यान्वयनमा आइसकेको छैन । छोटो अवधिको रोजगारीका लागि उत्कृष्ट गन्तव्यमा रोजगार बन्द हुनुलाई गम्भीररुपमा लिनुपर्छ । स्वदेशमा रोजगारीको अवसर नहुँदा यस्तो अवसरलाई सदुपयोग गर्नुपर्नेमा उल्टै दुरुपयोग गर्नुको परिणाम हो यो । यसको दोषी सरकार वा त्यहाँ जाने कामदार ? प्रश्न अनुत्तरित छ ।
प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १४:३०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP