Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘कलेज टिफिन’ नामक एप सार्वजनिक
‘कलेज टिफिन’ नामक एप सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ ४, २०७९
app
Hardik health
काठमाडौं- नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआइटि) मा अध्यनरत विद्यार्थीले ‘कलेज टिफिन’ नामक एप सार्वजनिक गरका छन् । मंगलबार क्यम्पस प्राङ्गणमा एक कार्यक्रम गर्दै एप सार्वजनिक गरिएको हो । क्यान्टिन तथा वरिपरिका रेस्टुरेन्टमा खाजा खाने समयमा हुने भीडभाडको समस्यालाई मध्यनजर गर्दै एप तयार पारेको कलेज टिफिनका संस्थापक अर्जुन घिमिरेले जानकारी दिए  । “क्याम्पसमा हुँदा हामीलाई खाजा खान ४० मिनेटको समय छुट्याइएको हुन्छ,” उहाँले भन्नुभयो, “क्यान्टिनमा हुने भीडले गर्दा न आफूले भनेको समयमा खाजा खान पाइन्छ न त समयको बचत नै हुन्छ । त्यो बीचको समयलाई खेर जान नदिन के गर्ने भन्ने सोच्दा ‘कलेज टिफिन’को अवधारणा आएको हो ।” घिमिरेका अनुसार यो एप क्याम्पस नजिकका रेस्टुरेन्ट वा क्यान्टिन तथा विद्यार्थीले प्रयोग गर्नका लागि तयार पारिएको हो । विद्यार्थीले खाजा खाने समयअघि एपबाट नजिकको रेस्टुरेन्ट वा क्यान्टिनमा त्यहाँ उपलब्ध हुने खाजा प्रि-अर्डर गर्न सक्छन् । जुन होटेल, रेस्टुरेन्ट वा क्यान्टिनबाट अर्डर गर्न लागेको हो त्यहाँ नोटिफिकेसन आउँछ । नोटिफिकसेन आइसकेपछि होटेलले खाजा तयार हुन लाग्ने समयको म्यासेज नोटिफिकेसन मार्फत पठाउँछन् । यति गरेपछि होटेलमा खाजा तयार हुन थाल्छ । खाजा तयार भइसक्यो भने उक्त विद्यार्थीलाई पुनः खाजा तयार भएको नोटिफिकेसन जान्छ । त्यसपछि विद्यार्थी उक्त होटेल, रेस्टुरेन्ट वा क्यान्टिनमा गएर खाजा खान सक्छन् । खाजा अर्डर गर्ने व्यक्ति त्यही नै हो भन्ने कुरा त्यहाँ हुने ओटीपी कोडले पुष्टी गर्छ । अर्डर गरेर भुक्तानी गर्दा विद्यार्थीलाई चार डिजिटको ओटीपी कोड आउँछ, त्यही ओटीपी कोडका आधारमा रेस्टुरेन्टले अर्डर गर्ने विद्यार्थी पहिचान गर्न सक्छ । “हामीले पकेट खर्च कटाएर यो एपमा खर्च गरेका छौं,” यसमा लागेको समय र खर्चबारे जानकारी दिँदै सीएमओ तथा एक्जुकेटिभ हेड सुसन चापागाईँले भन्नुभयो- “एक लाखको हाराहारीमा खर्च भएको छ । यसलाई हामी आफ्नो क्षेत्रबाट अगाडि बढाउने प्रयत्न गर्नेछौं ।” अहिले तत्कालका लागि यो एप सबैले प्रयोग गर्न पाउने छैनन् । कलेज टिफिन टिमका अनुसार यो एप विद्यार्थीको लागि मात्र बनाइएको हो । अहिले एनसीआईटी कलेजमा मात्र प्रयोग गरेर सफल भएपछि अन्य कलेजमा पनि लागू गर्ने उनीहरूको योजना छ ।
प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  ०८:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलो पटक स्टिम-सेल थेरापीबाट टाइप १ मधुमेहकाे उपचारमा ऐतिहासिक सफलता
पहिलो पटक स्टिम-सेल थेरापीबाट टाइप १ मधुमेहकाे उपचारमा ऐतिहासिक सफलता मंगलबार, कात्तिक २५, २०८२
अनौठो ‘स्काई केभ’
अनौठो ‘स्काई केभ’ बिहीबार, कात्तिक २०, २०८२
सजिलै पानी र माटाेमा घुल्न सक्ने प्लास्टिककाे आविष्कार
सजिलै पानी र माटाेमा घुल्न सक्ने प्लास्टिककाे आविष्कार बुधबार, कात्तिक १९, २०८२
सेतो कपाल हुनु उमेर मात्र होइन,कारण के?
सेतो कपाल हुनु उमेर मात्र होइन,कारण के? मंगलबार, कात्तिक १८, २०८२
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह सोमबार, कात्तिक १७, २०८२
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे शुक्रबार, असोज ३१, २०८२
सगरमाथामा सफलतापूर्वक पहिलो पटक स्की रेकर्ड
सगरमाथामा सफलतापूर्वक पहिलो पटक स्की रेकर्ड शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP