Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मधेश प्रदेशमा सरकार बनाउन गठबन्धनलाई जनमत र स्वतन्त्रको भर
मधेश प्रदेशमा सरकार बनाउन गठबन्धनलाई जनमत र स्वतन्त्रको भर
सोमबार, मंसिर १२, २०७९
Hardik health
जनकपुरधाम– प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ ६३ क्षेत्रको अन्तिम नतिजा आउँदा कुनै राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न सकेनन् । संघमा बनेको गठबन्धनअुनसार मधेश प्रदेशमा पनि नेपाली कांग्रेस नेतृत्वको वाम लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) कोे गठबन्धन थियो । तर यहाँ सरकार बनाउन सक्ने गरी दुवै गठबन्धनको स्पष्ट बहुमत आउन नसकेपछि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारको भर पर्नुपर्ने निश्चित देखिएको छ । प्रदेशसभामा प्रत्यक्षतर्फका ६३ क्षेत्रको नतिजा आउँदा वाम लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलले २८ र एमाले नेतृत्वको गठबन्धनले २२ सिट जितेको छ । अन्तिम नतिजा आउन बाँकी धनुषा ४९२० मा एमाले उम्मेदवार अगाडि छन् । वाम लोकतान्त्रिक गठबन्धनका दलमध्ये कांग्रेसले १३, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सात, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले प्रदेशसभामा चार÷चार सिट जितेका छन् । यो गठबन्धनमा कांग्रेसले सप्तरी–३९१०, धनुषा– ३९१०, धनुषा–४९१०, सर्लाही–२९१०, सर्लाही–२ ९२०, सर्लाही–४९१०, रौटहट–१९१०, रौटहट–१९२०, रौतहट–३९२०, पर्सा–२९१०, पर्सा–३९२०, पर्सा–४९१० र धनुषा १९१० मा जितेको छ । त्यसैगरी लोसपाले पर्सा–२९२०, महोत्तरी–२९१०, महोत्तरी–३९१०, महोत्तरी–३९२०, सर्लाही–१९१०, सिरहा–४९२० र बारा–४९२० मा जितेको छ । माओवादी केन्द्रले सर्लाही–४९२०, महोत्तरी–१९२०, रौतहट–४९१० र पर्सा–१९१० मा जितेको छ भने एकीकृत समाजवादीले रौतहट–२९२०, सर्लाही–१९२०, सिरहा–३९२० र सप्तरी–४९१० मा जितेको हो । एमाले–जसपा गठबन्धनमा एमालेले १४ र जसपाले नौ स्थानमा जितेको छ । एमालेले सप्तरी–१९१०, सिरहा–१९१०, सिरहा–२९२०, सिरहा ३९१०, धनुषा–१९१०, धनुषा–२९१०, धनुषा–३९२०, रौतहट–२९१०, बारा–१९१०, बारा ३९१०, बारा–४९१०, बारा–३९२०, महोत्तरी १९१० र महोत्तरी ४९१० मा जितेको छ । जसपाले धनुषा–२९२०, पर्सा–१९२०, पर्सा–४९२०, बारा–१९२०, रौतहट–४९२०, सर्लाही–३९२०, सिरहा–१९२०, बारा–२९२० र महोत्तरी ४९२० मा जितेको हो । यी दुई गठबन्धनबाहेक जनमत पार्टीले छ र स्वतन्त्र उम्मेदवारले छ क्षेत्रमा जितेका छन् । जनमत पार्टीले सप्तरी–१९२०, सप्तरी–२९१०, सप्तरी–२९२०, सप्तरी–३९२०, सिरहा–४९१० र सिरहा–२९१० मा जितेको छ भने स्वतन्त्र उम्मेदवारले पर्सा–३९१०, बारा–२९१०, महोत्तरी–२९२०, रौतहट–३९१०, सर्लाही–३९१० र सप्तरी–४९२० मा जितेका हुन् । समानुपातिकतर्फको अहिलेसम्मको मतअनुसार तीन लाख १७ हजार एक सय १४ मतसहित कांग्रेस पहिलो र दुई लाख ८१ हजार नौ सय दुई मतसहित एमाले दोस्रो स्थानमा छ । त्यसैगरी जसपाले दुई लाख २७ हजार चार सय ७०, जनमत पार्टीले दुई लाख २१ हजार आठ सय ६७, माओवादीले एक लाख ४० हजार आठ सय २८, एकीकृत समाजवादीले ९३ हजार चार सय ६२ र लोसपाले ८० हजार पाँच सय ८० मत प्राप्त गरेको छ । अघिल्लो निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ सङ्घीय समाजवादी फोरम (हालको जसपा) ले १९ र राष्ट्रिय जनता पार्टी (हालको लोसपा) ले १५ गरी ३४ सिट जितेका थिए । एक सय सात सदस्यीय मधेश प्रदेशसभामा समानुपातिकसहित जसपाको २९ र लोसपाको २५ सहित स्पष्ट बहुमत थियो । त्यो बेला एमालेको २१, कांग्रेसको १९, माओवादी केन्द्रको ११ र सङ्घीय समाजवादी नेपाल पार्टी नेपालको एक सिट जोड्दा पनि सरकार बन्ने अवस्था थिएन । अहिले भने यी दुवै गठबन्धनले स्पष्ट बहुमत नल्याएपछि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारको भर पर्नुपर्ने देखिएको हो ।
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १०:३१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP