Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #वरिष्ठ बलराम
  • #छठ
  • #‘जेरी अन टप’
  • #नेपाली कांग्रेसका
  • #पूर्णबहादुर खड्का
  • #कार्तिक_नाच
Search Here
साहित्य
  • Home
  • साहित्य
  • पोखरामा ‘आधा शिर...काे' चर्चा
पोखरामा ‘आधा शिर...काे' चर्चा
आइतबार, मंसिर ११, २०७९
Hardik health
पोखरा– कवि ज्योति जङ्गल नवीनम् कविता कृति ‘आधा शिर उचालेर’माथि पोखरामा शनिवार चर्चा गरिएको छ । कविता क्लब नेपालको आयोजनामा भएको कार्यक्रममा कृतिको चर्चा गर्दै नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले ज्योतिले कवितामा जीवन र जगत् लेखेको बताए । नारी जीवनका उतारचढावको कलात्मक चित्रण कृतिमा गरिएको बताउँदै डा. अधिकारीले समाजले नारीप्रति गरेको नकारात्मक व्यवहारप्रति शालीन विद्रोह कवितामा उल्लेख गरेको बताइन् । “सरलता, सघनता र त्यसमा मिसिएर आउने भावनाको तीव्रता, शैली र शिल्पगत मौलिकता र अनुभूतिजन्य गहनता उनका कविताका प्राप्ति हुन्” अधिकारीले भने, “ आधा शिर उचालेर राम्रो कविता सञ्चयन हो ।” अर्का समीक्षक ¥याण्डम रिडर्स सोसाइटीका सदस्य नेपाल प्रकाश अधिकारीले ‘आधा शिर उचालेर’ कृति कविताको सुन्दर घर भएको धारणा राखे । कविताको घरमा भएका अनेकौँ झ्याल, ढोकाहरूबाट फरक फरक दृश्य देख्न सकिने भन्दै अधिकारीले भने, “त्यही घर बनाउनका लागि कुर्बानी गरेका कैयौँ दिदी, बहिनी, भाउजू र आमाहरूको जीवनमा आएका अवरोधप्रति विद्रोहको प्रस्तुति कवितामा आएका छन् ।” “नारीप्रति परिवार र राज्यले गरेको विभेद कविताको मूल विषय हो भने विद्रोह यसको मूल स्वर हो” समीक्षक अधिकारीले भने, “उनका थुप्रै कविता नारी मुक्तिको कामनासहित नारीकै पक्षबाट लेखिएका छन् तर संयमित भएर, उनका कवितामा उग्र नारीवाद भने छैन ।” निजात्मक मौलिकता र भावगत तीक्ष्णता भेटिने यस कृतिले ज्योतिलाई विशिष्ट पहिचान दिने उनको भनाइ रहेको छ । कविता क्लबका संस्थापक अध्यक्ष कवि रमेश श्रेष्ठले कवितालाई कविले जीवनलाई जतिकै माया गर्नु बताए । कविताले जीवन जिउन मात्रै होइन, कलात्मक मृत्यु मर्नसमेत सिकाउने उनको भनार्ए रहेको थियो । समकालीन पुस्ताकी सशक्त कविका रूपमा ज्योतिलाई आफूले चिनेको उनले बताए । कवि ज्योति जङ्गलले कवितालाई समाजसँग जोडेर लेख्ने प्रयास गरेको अनुभव सुनाइन् । उनले कवितालाई सस्तो सामान बन्नबाट जोगाउनका लागि आफू सधैँ प्रयत्नशील रहेको भन्दै समाजमा सबै वर्गका मानिसलाई पूरा शिर उचालेर बाँच्ने परिस्थितिको सिर्जना होस् भन्ने चाहना कवितामा प्रस्तुत गरेको बताइन् । पोखरामा आफ्नो नयाँ कृतिको पहिलो परिचर्चा कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गर्दै उनले प्राप्त सुझावहरूलाई आत्मसात् गरी आगामी दिनमा लेखन यात्रा अघि बढाउने धारणा राखिन् । विराटनगरकी स्थायी वासिन्दा कवि जङ्गलको यसअघि ‘पहाडको मन’ र ‘मुक्त समय’ गरी २ कविता सङ्ग्रह, ‘अक्षरमा तिमी’ गजल सङ्ग्रह तथा ‘छाया’ कथा सङ्ग्रह प्रकाशित छन् । साङ्ग्रिला बुक्सद्वारा प्रकाशित कृतिमा ४३ ओटा कविता सङ्गृहीत छन् । कविता क्लबका संस्थापक अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन साहित्यकार रुपिन्द्र प्रभावीले गरेका थिए ।
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १७:१६
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै सोमबार, कात्तिक ३, २०८२
बाह्रखरी कथा प्रतियोगिता घोषणा
बाह्रखरी कथा प्रतियोगिता घोषणा शुक्रबार, असोज ३१, २०८२
राजेश हमालको पुस्तक लोकार्पण
राजेश हमालको पुस्तक लोकार्पण आइतबार, असोज २६, २०८२
‘तोरकीन’मा उपल्लो मुस्ताङको कथा 
‘तोरकीन’मा उपल्लो मुस्ताङको कथा  मंगलबार, असोज ७, २०८२
‘लालीगुराँसको साटो’ सार्वजनिक
‘लालीगुराँसको साटो’ सार्वजनिक मंगलबार, असोज ७, २०८२
नेपाल भाषाका वरिष्ठ साहित्यकार प्रा शाक्य अभिनन्दित
नेपाल भाषाका वरिष्ठ साहित्यकार प्रा शाक्य अभिनन्दित सोमबार, असोज ६, २०८२
श्रमसम्बन्धी केही महत्त्वपूर्ण फैसलाको सङ्ग्रह (भाग-३)’ विमोचन
श्रमसम्बन्धी केही महत्त्वपूर्ण फैसलाको सङ्ग्रह (भाग-३)’ विमोचन आइतबार, भदौ २२, २०८२
लोकप्रिय
  • Week
  • Month
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
तिहारको तेस्रो दिन :नरक चतुर्दशी, कुकुर तिहार
तिहारको तेस्रो दिन :नरक चतुर्दशी, कुकुर तिहार
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP