Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कार्यविधिमा अलमल नगर
कार्यविधिमा अलमल नगर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक २३, २०७९
Hardik health
सरकारले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुलाई स्वदेशमै रोजगारी दिने उद्देश्यले पुनःएकीकरण कार्यक्रम ल्याएको थियो । चालु आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम तथा बजेटमा समावेश यो कार्यक्रम कार्यान्वयनमा भने आइसकेको छैन । वैदेशिक रोजगार बोर्ड सचिवालयका अनुसार चालु आर्थिक वर्षको बजेटमा यो कार्यक्रमका लागि १५ करोड रुपैयाँ छुट्याइएको छ । आर्थिक वर्षको पहिलो चौमासिक सकिन लाग्दा बल्ल कार्यविधि बनाउन थालिएको छ ।बोर्डले तयार गरिरहेको उक्त कार्यविधि बन्न अझै केही समय लाग्ने देखिन्छ । त्यसकारण कार्यक्रम कार्यान्वयन अझ पछि धकेलिनेछ । वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका युवाहरुको अनुभव, श्रम, सीप र पुँजीको प्रयोग गर्ने नीतिअनुरुप बोर्ड सचिवालयले पुनःएकीकरण कार्यक्रम सञ्चालन गर्न लागिएको बोर्डको भनाइ छ । यसको कार्यान्वयन तथा कार्यक्रम सञ्चालनसम्बन्धी आवश्यक निर्देशिका भने बनिसकेको बताइएको छ । निर्देशिकामा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुको सीप, पुँजी र प्रविधिलाई राष्ट्र हितका लागि उपयोग गर्न तथा नागरिकको पुनःएकीकरण गर्ने निर्दिष्ट उद्देश्य लिएको उल्लेख गरिएको छ । धेरै कुरा निर्देशिकामा नै समेटिएको भन्दै यसैलाई आधार माने कार्यविधि बन्न लागेको बोर्ड सचिवालयले जनाएको छ । पुनःएकीकरण कार्यक्रममार्फत वैदेशिक रोजगारीमाथिको निर्भरतालाई क्रमिकरुपमा न्यूनीकरण गर्दै लैजाने नीति अख्तियार गर्दै युवाहरुलाई स्वदेशमै आर्थिक सवलीकरणमा संलग्न गराउने भनिए पनि कार्यविधि कस्तो हुन्छ भन्ने खुलाइएको छैन । पुनःएकीकरण कार्यक्रमले विदेशबाट फर्किएका नेपालीहरुलाई स्वदेशमै स्वरोजगारीतर्फ आकर्षित गर्न र आत्मनिर्भर बनाउनेतर्फ अग्रसर गराउने अपेक्षा गरिएको छ । वार्षिकरुपमा पारित भएका नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्नु बोर्ड सचिवालयको दायित्व हो । त्यसैले कार्यविधि छिटो टुंग्याएर कार्यक्रम कार्यान्वयनमा ल्याउन जरुरी छ । कोरोना महामारीका कारण वैदेशिक रोजागारीबाट विस्थापित भएका र रोजगार अवधि सकिएर स्वदेश फर्किने नेपालीहरुको संख्या ठूलो रहेको बोर्डले जनाएको छ । गत आर्थिक वर्षमा चार लाखभन्दा बढी नेपालीहरु स्वदेश फर्किएको बोर्डले उल्लेख गरेको छ । यसरी विदेशबाट फर्किएका युवाहरूलाई सीप तथा तालिम प्रदान गर्ने र उत्पादनशील कार्यमा सहभागी गराउने उद्देश्यका साथ स्थानीय तहले कार्यक्रमको माग गरेमा कार्यविधि निर्माणपश्चात् तत्काल कार्यान्वयनमा जाने बोर्डको योजना रहेको छ । विदेशबाट फर्किएका सबै नेपालीको अवस्था समान नहुने भएकाले उनीहरुलाई फरक–फरक किसिमको कार्यक्रम र परामर्श आवश्यकता रहेको भन्दै छुट्टा–छुट्टै किसिमको कार्यक्रम सञ्चालन गर्न कार्यविधिको आवश्यकता रहेको बोर्डले औंल्याएको छ । पुनःएकीकरण कार्यक्रम सामाजिकरुपमा आर्थिक सशक्तीकरण, तालिम र रोजगारीलाई आधार बनाएर सञ्चालन गरिने भए पनि व्यक्तिको अवस्था हेरी मनोपरामर्श सेवा, सचेतना, औषधोपचार, महिला श्रमिकका समस्यालाई समेत सम्बोधन गर्ने बोर्ड सचिवालयले जनाएको छ । सरकारले जतिसुकै राम्रो कार्यक्रम ल्याए पनि कार्यान्वयन पक्ष सधैं फितलो रहँदै आएको छ । पुनःएकीकरण कार्यक्रमलाई त्यस्तो बनाउनु हुँदैन । वैदेशिक रोजगारीबाट फर्कनेहरुको हितमा देखिने यो कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा तत्काल ध्यान जाओस् । किनकि, यसले वैदेशिक रोजगारीको बाध्यत्मक अवस्था न्यूनीकरणमा समेत सहयोग पुग्ने देखिन्छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १७:५४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP