Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • शीतलहरको सामना गर्न तयार होऔँ
शीतलहरको सामना गर्न तयार होऔँ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर १२, २०७६
Dinanath Bhndari
Hardik health
  बर्खायाम सकिएपछि तराईमा बाढीबाट त्राण पाइन्छ । तर, चिसो र शीतलहर बढ्न थालेपछि शीतलहरलाई झेल्न सकिन्छ कि सकिन्न भन्ने भय हुन थाल्छ । चिसोले गरिबलाई बढी सताउँछ । कमजोर स्वास्थ्य र पाको उमेरकालाई बढी असर गर्छ । विगत तीन चार दशकदेखि नेपालमा शीतलहर एक चुनौती बन्दै गएको छ । उच्च हिमाली र पृथ्वीको ध्रुवीय क्षेत्रमा जाडो याममा अत्यधिक चिसोका कारण चल्ने बर्फिलो चिसो हावालाई शितलहरी वा शीतलहर भनिन्छ । त्यहाँ एक्कासि तापक्रम निकै कम हुने, अत्याधिक हिउँ पर्ने, चिसो हावा र हिमआँधी आउने, जमिनमा भएको पानी बर्फ बन्ने अवस्थाहरू हुन्छन् । तराईमा जाडोमा हुस्सु लाग्ने, घाम नलाग्ने, सिरसिर चिसो हावा चल्ने, बढी शीत पर्ने र नसुकेर ओसिलो भइराख्ने मौसमी अवस्था हुन्छ, यसलाई पनि शीतलहर भनिन्छ । भारत, बंगलादेश, नेपालका मैदानी भू–भागमा हुने शीतलहर वायु प्रदूषणका कारण हो भन्ने मत पाइन्छ । हिउँदमा गरिने सिंचाइको प्रभाव हो पनि भनिन्छ । तराईमा शीतलहर कुनै वर्ष कम, कुनै वर्ष बेस्सरी हुन्छ । सामान्यतया शीतलहर १ देखि २ हप्तासम्म रहेको पाइन्छ । ०५९ मा भने करिब ३ महिनासम्म चलेको थियो । नेपालमा शीतलहरको जोखिमबारे विस्तृत अध्ययन भएका छैनन् । न त घटनाका विस्तृत तथ्यांकहरू नै उपलब्ध छन् । सम्वत ४० को दशक यता सरकारी तवरबाटै चासो राख्न थालिएको पाइन्छ । दैवी प्रकोप उद्धार ऐन (२०३९) ले शीतलहरलाई प्रकोपका रूपमा खुट्टयाएपछि यसबारे चासो बढेको हुन सक्छ । केही अध्ययनहरूले तराईमा यो सन् १९८० को दशकदेखि सुरु भएको र सन् १९९७ देखि यो तारन्तार, सघन र लामो अवधिसम्म चल्ने गरेको देखाएका छन् । शीतलहरको कहर शीतलहरले मानिसहरूको दैनिकी, स्वास्थ्य, खेती र पशुपालनमा प्रतिकूल असर गर्छ । बढी चिसोका कारण शरीर कठ्यांग्रिने वा उचित खानाको अभावमा जाडो थाम्न नसकेर शिथिल हुने, निमोनियाजस्ता रोगहरूले च्यापेर थलिने, रुघाखोकी लाग्ने आदि हुन् । बन्दना प्रधानको नेतृत्वमा सन् २०१८ मा गरिएको एउटा अध्ययनले नेपालको १६.९ प्रतिशत जनसंख्या शीतलहरप्रति ज्यादा संवेदनशील छन् भनेको छ । यसमा १०.३ प्रतिशत ५ वर्ष मुनिका बालबालिका, २.६ प्रतिशत गर्भिणी महिला र ४ प्रतिशत पाको उमेरका मानिसहरूको हिस्सा रहेको छ । आर्थिक, शारीरिक क्षमता पनि कारक हुन्छन् । नेपालमा तराई र भित्री मधेसका २० जिल्लाहरू शीतलहरको जोखिममा रहेका छन् । यो क्षेत्रमा करिब ५१ प्रतिशतभन्दा धेरै जनसंख्याको बसोबास छ । पूरै तराई र भित्री मधेस शीतलहर सम्मुख भए पनि रौतहट, सिराहा, सप्तरी, नवलपरासी जिल्लाले बढी मानवीय क्षति भोगेको पाइन्छ । शीतलहरका कारण ०६२ सालमा ३३ भन्दा बढी मानिसको कठ्याग्रिएर मृत्यु भएको थियो । त्यस्तै ०७४ सालमा पनि २० भन्दा बढी मानिस मारिएका थिए, त्यस वर्ष सप्तरीमा धेरै मानिसहरूको ज्यान गयो । समग्रमा बढी मानिसहरू मध्य र पूर्वी तराईका १५ जिल्लामा मारिएका पाइन्छन् । खेतीपाती र पशुपंक्षीमा भने सबै जिल्लामा नोक्सान पुग्ने गर्छ । शीतलहरले असर त सबैलाई गर्छ । तर, कमजोर प्रतिरोधी क्षमताका कारण गरिबहरू बढी मारमा पर्छन् । दिनभरि, नभए दिनहुँ अबेरसम्म बाक्लो हुस्सु लाग्ने र छुसछुस् शीत परिरहने हुनाले बाहिरफेर हिँडडुल गर्न, काम गर्न असजिलो हुन्छ । दैनिक कामको ज्यालाबाट गुजारा गर्नुपर्ने, काम गर्न नसक्दा खानलाई बचत गर्न नसक्ने कम आय भएका परिवारहरू बढी जोखिममा हुन्छन् । बाक्लो कुहिरोका कारण सडक दुर्घटनाहरू बढी हुन सक्छन् । बालीनाली र पशुपंक्षीलाई शीतलहरको बढी असर हुन्छ । विभित्र जातका खेतीबालीमा हुने असरका बारेमा केही अध्ययन भएका छन् । तर, परम्परागत खेतीको बचावटका खासै उपाय छैनन् । बोटविरुवाहरूमा खप्न सक्नेभन्दा बढी चिसोले रोग प्रतिरोधी शक्ति क्षय हुन्छ । रोग किराहरूले बढी असर गर्छन् । जाडोमा लगाइने बालीहरू तोरी, आलु, तरकारीहरू सखापै भएका पाइन्छन् । विभित्र घटनामा के कस्तो आर्थिक नोक्सानी भयो भन्ने यकिन नभए तापनि, समग्र जनजीवनमा परेको व्यापक असर प्रत्यक्ष अनुभव गरिएको छ । मुख्य चुनौती यसको पूर्वानुमान गर्न नसकिने र प्राकृतिक वातावरणमा आश्रित हिउँदे वालीमा पर्ने प्रत्यक्ष अप्रत्यक्ष क्षति घटाउन सकिने विकल्पहरू कम हुनु हो । जोखिम कम गर्ने अभ्यासहरू हिमालमा मानिसले पुस्तौंदेखि शीतलहर सामना गर्ने उपायहरू अपनाउँदै आएका छन् । हिउँदमा अत्याधिक जाडो छल्न तल्लो भेग तिर झर्छन् । वसन्तमा शीतलहर हटेपछि फर्कन्छन् । खेतीपाती, खर्क पाटन, चाडवाड सबैमा शीतलहरबाट जोगिने गरी याङ्सा र गुन्सा परम्पराहरू तय गरिएका हुन्छन्, विपत्ती हुनबाट जोगाउँछन् । हिमाली क्षेत्रको शीतलहरको बारेमा खासै चर्चा हुँदैन । जोखिम व्यवस्थापनको पहिलो जिम्मेवारी सम्बन्धित व्यक्ति, परिवार र समुदायको हो । हिमालका प्रचलनहरू उदाहरण हुन् । तर, मधेसमा हिमालमा जस्तो व्यक्ति वा समुदायले जोखिम छल्न सक्ने अवस्था छैनन्, सामना गर्नुको विकल्प छैन । मधेसका आममानिसका ऋतुअनुसार बसाइँ सरेर जाने जग्गा छैनन् । गरिबहरू जसले फुसको घरमा जीवन निर्वाह गरिरहेका छन्, तिनले जानु कहाँ । अन्यत्र घरबास हुनेहरूले सिजन अनुसार बसाइँ सराई गर्न सक्छन् । स्वास्थ्यसम्बन्धी उपाय छन्– शरीरको तापक्रम सामान्य बनाइराख्न, न्यानो कपडा लगाउने, पर्याप्त मात्रामा तातो पानी पिउने, छिट्टै पच्ने खानेकुरा खाने र राम्ररी हावा खेल्ने झ्याल भएका कोठामा बस्ने । क्षमता नभएका कारण गरिबहरू यस्ता उपायका लागि श्रोत जुटाउन र अनुशरण गर्न गाह्रो हुन्छ । घरपालुवा पशुपंक्षीहरूका लागि न्यानो र स्वस्थ वातावरण उपलब्ध गराउने चुनौती छन् । रोग, किराबाट खेती बचाउन अत्यधिक बिषादि प्रयोग गरेका पाइन्छन् जुन अन्ततोगत्वा झन् हानिकारक हुन्छ । शीत छेक्ने छहारी, हरितगृह प्रविधि उपयुक्त उपाय हुन् तर यी सबै बालीका लागि सबै किसानको पहुँचमा हुँदैनन् । नसक्नेलाई सहयोग चर्को शीतलहरबाट स्वास्थ्य समस्या र मानवीय क्षति कम गर्न सरकारी तथा गैरसरकारी प्रयासहरू हुने गरेका छन् । विभित्र व्यक्ति, संस्था तथा सरकारले सहयोग गर्ने केही असल अभ्यास छन् । दाउरा वितरण गर्ने, चोकचोकमा दाउरा बालिदिने, कम्बललगायत कपडा वितरण गर्ने चलनले केही राहत दिन्छन् । दैनिक जीविका धौधौ पर्ने र जाडोमा ओड्ने व्यवस्था गर्न नसक्ने आर्थिक अवस्थाका परिवारले उपचार खर्च जुटाउन सक्दैनन् । स्वास्थ्यसम्बन्धी समस्याहरू बढी हुने हुनाले पीडितहरूलाई निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था चाहिन्छ । अधियाँ, बटबारा गरेर जीविका गर्ने किसानहरूमा सामना गर्ने क्षमता छैनन्, सरकारी सेवासम्म उनीहरूको पहुँच पुग्दैन । जाडोमा आगो ताप्दा घरगोठमा आगलागीका जोखिम ख्याल गर्नुपर्ने हुन्छ । समुदायमा सचेतना जगाउन यससम्बन्धी अभियान नै जरुरी छ । चेतनाका साथसाथै शीतलहरको सामना गर्न गरिब घर परिवारको समग्र आर्थिक सक्षमता बढाउन आवश्यक छ । शीतलहरको समयमा बस्न उपयुक्त हुने गरी बिपत्र परिवारले लिन र धान्न सक्ने घर बनाउने प्रविधि विकास हुन सके राम्रो हुन्थ्यो । बिगत केही वर्ष यता सरकारले शीत लहरको पूर्वतयारीमा ध्यान दिन थालेको छ, चासो मानवीय क्षति कम गर्नेमा छ । गत वर्ष समयमै विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसी शीतलहरको तयारीका सम्बन्धमा छलफल र महत्वपूर्ण निर्णय भएका थिए । गृह मन्त्रालयको सक्रियतामा शीतलहरको सामना गर्न तयारी भएको थियो । गत वर्ष कडा शीतलहर आएन, राम्रै भयो । संस्थागत जिम्मेवारी संघीय शासन पद्दतिअनुरूप नेपालको संविधानले विपद् व्यवस्थापनको एकल अधिकार स्थानीय तहलाई दिएको छ । प्रदेश र संघीय तहलाई स्थानीयसँगै साझा अधिकार छ । विपद् व्यवस्थापन ऐनमा स्थानीय तह, जिल्ला, प्रदेश र संघमा मुलतः समितिगत व्यवस्था भएको छ । विपद् व्यवस्थापनसम्बन्धी संघ, प्रदेश र स्थानीय तहको कार्यभार र उत्तरदायित्वका सीमा स्पष्ट छैनन् । संघीयता अनुरूपका महŒवपूर्ण संस्थागत संरचनाहरू बत्रे काम पूरा हुन, द्विविधाहरू सुल्झाउन बाँकी छन् । स्थानीय वस्तुस्थिति अनुरूप शीतलहरको सामना गर्न नेतृत्व स्थानीय तहले नै लिनुपर्छ । बढी संवेदनशील मानिसहरूको अग्रिम पहिचान गर्ने, अरुको सहयोग चाहिने जनसंख्या, परिवारहरू, सहयोगको किसिम र मात्रा निधो गर्ने र सहयोगको व्यवस्था गर्ने काम स्थानीय तहबाटै हुनुपर्छ । स्थानीय प्रयासमा सम्हाल्न नसकिने अवस्थामा प्रदेश वा संघमा सहयोग माग्न सकिन्छ । जाडोयाम सुरु भइसक्यो । अब एक महिनामै शीतलहर आउन सक्छ । शीतलहरको विपद् जोखिम कम गर्न यथेष्ट पूर्वतयारीका लागि गृह मन्त्रालयले गत वर्ष जस्तै समयमै राष्ट्रिय पहल गर्न जरुरी छ । साथसाथै, स्थानीय तहलाई जिम्मेवार र कामयावी बनाउनु र सम्बन्धित प्रदेशलाई समन्वय गर्न प्रोत्साहन गर्नु उचित हुनेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६  ०८:२२
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP