Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • अनलाइन प्रणाली व्यवस्थित गर
अनलाइन प्रणाली व्यवस्थित गर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख १४, २०७९
Hardik health
कुनै पनि सेवाप्रदायक निकायले आफ्ना सेवाहरू अनलाइन प्रणालीमा रूपान्तरण गर्नु सुखद् पक्ष हो । यसले सेवाग्राहीको समयको बचत मात्र हुँदैन कार्यालयमा हुने भीडभाड र झण्झट पनि कम गर्छ । कतिसम्म भने कार्यालयको सरसफाइमा पनि यसले टेवा पुग्छ । सेवाप्रदायक कार्यालयको काम चुस्त बनाउन प्रविधिको प्रयोग गर्नु निकै वैज्ञानिक हो । हामी विज्ञान र प्रविधिको युगमा बाँचिरहेका छौं भन्दै गर्दा यसको प्रयोगमा छौं कि छैनौं भन्ने कुरा महत्वपूर्ण रहन्छ । यसलाई हामीले जीवनमैत्री बनाउन सक्यौं कि सकेनौं भन्ने कुराको पनि अर्थ रहन्छ ।खासगरी सेवाग्राहीको धेरै चाप हुने कार्यालय, निकाय र संस्थाका सेवाहरू अनलाइन प्रणालीमा रूपान्तरण गर्नु आवश्यक छ । अहिले धेरैले यसतर्फ आफूलाई रूपान्तरण पनि गरेका छन् । सायद यही कुरालाई मध्यनजर गरेर हुनुपर्छ वैदेशिक रोजगार विभागले पनि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने काम पूर्णरुपमा अनलाइन प्रणालीमा लगेको छ । व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति यसअघि नै अनलाइन प्रणालीमा लगेको विभागले संस्थागत श्रम स्वीकृतिलाई पनि केही दिनअघिदेखि अनलाइनमा लगेको छ । तर, यसका बारेमा जानकारी नहुँदा, प्रयोगको विधिबारे जानकारी नहुँदा सेवाग्राहीले दुःख पाउन थालेको गुनासो बढ्न थालेको छ । वास्तवमा कुनै पनि चिजको प्रयोगको सान्दर्भिकता, त्यसको उपयोग विधिबारे त्यसका सेवाग्राही जानकार हुँदैनन् तब त्यो सेवा निष्प्रभावी बन्न सक्छ । कुनै पनि व्यक्ति जन्मिँदै सबै कुरा सिकेर आएको हुँदैन । व्यक्तिले समयक्रमसँगै, आफ्नो हुर्काइसँगै धेरै कुरा सिक्दै जान्छ । एक दशक अघिसम्म मोबाइल प्रयोगबारे समेत मानिसमा जानकारी कमै थियो । तर, अहिले हात हातमा मोबाइल पुगेको छ । मोबाइलमात्रै पुगेको छैन त्यसबाटै गर्न सकिने धेरै सेवा र सुविधा हातैमा पुगेको छ । मानिसहरू मोबाइललाई जीवनको अभिन्न अंग बनाउन थालेका छन् । त्यसकारण वैदेशिक रोजगार विभागले पनि आफ्नो अनलाइन प्रणालीबारे आमजनले जानकारी पाउने गरी बताउनुपर्छ । त्यसको प्रयोग कसरी गर्ने, समस्या आए के गर्नेजस्ता विषयमा सेवाग्राहीलाई जानकारी दिनुपर्छ । अभिमुखीकरण गर्नुपर्छ । व्यवसायीहरुले अनलाइन प्रणालीलाई प्रभावकारी नबनाएका कारण समस्या भोग्नुपरेको गुनासो गरिरहेका छन् । अनलाइन प्रणालीले सुविधाभन्दा समस्या थपिदिएको उनीहरुको भनाइ छ । अनलाइन प्रणालीमार्फत श्रम स्वीकृतिका लागि समय धेरै लाग्ने गरेको व्यवसायीहरू बताउँछन् । भौतिक उपस्थितिभन्दा अनलाइनबाट सेवा प्रदान गर्न छरितो हुने भनेरै विभागले अनलाइन प्रणाली लागू गरेको हो । यो सराहनीय कार्य पक्कै हो । तर, कार्यालयमै उपस्थित भएर सेवा लिँदाको भन्दा अनलाइन प्रणालीबाट बढी समय लाग्ने हो भने त यसको अर्थ रहँदैन । त्यसकारण अनलाइन प्रणालीलाई छरितो र व्यवस्थित बनाउनैपर्छ । अनलाइन प्रणाली व्यवसायीको सहजता र कार्यालयको सेवा छरितो बनाउनका लागि ल्याइएकोमा दुईमत छैन । तर, पहिले दुई दिनमा हुने कामका लागि अहिले एक हप्ता खर्चिनुपर्ने अवस्था आउनु पक्कै सुखद् होइन । यसमा ध्यान दिनैपर्छ । अब विभागले अनलाइन प्रणालीलाई व्यवस्थित गरेर सेवाग्राहीमैत्री बनाउनुपर्छ । त्यसो हुँदा मात्र कार्यालयले तय गरेको उद्देश्य पूर्ति हुनेछ । लक्ष्य भेटिनेछ । यसमा विभागको ध्यान जाओस् ।
प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  १७:२९
#सम्पादकीय
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP