Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कालो युग अन्त्य भएको दिन
कालो युग अन्त्य भएको दिन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख ११, २०७९
cropped-prabhab-logo222.jpg
Hardik health
आज वैशाख ११ । वैशाख ११ भन्नेबित्तिकै धेरै सोच्नै पर्दैन, देशमा लोकतन्त्र स्थापना भएको दिन । १९ दिन लामो कठिन र संघर्षपूर्ण जनआन्दोलनपछि २४० वर्ष लामो राजतन्त्रात्मक व्यवस्था अन्त्य भएको दिन हो, वैशाख ११ । २०६३ साल वैशाख ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘जनताको नासो जनतालाई नै फिर्ता गरेको’त् वक्तव्य जारी गर्दै जनताको शक्तिसामु घुँडा टेकेका थिए । त्यसपछि नेपालमा २४० वर्षसम्म चलेको राजतन्त्रात्मक व्यवस्था ढल्ने आधार बन्यो । देश संविधानसभाको निर्वाचन र गणतन्त्र स्थापनाको दिशातर्फ अघि बढ्यो । त्यसकारण भन्न सकिन्छ, दोस्रो जनआन्दोलन राजतन्त्र अन्त्यको मियो मात्र थिएन, १० वर्ष लामो समय चलेको माओवादी सशस्त्र युद्धको अन्त्य र गणतन्त्र स्थापनाको प्रस्थानबिन्दु पनि थियो । आज देशमा लोकतन्त्र स्थापना भएको १६ वर्ष भयो । लोकतन्त्रको जगमा गणतन्त्र स्थापना भएको १४ वर्ष भयो । यसबीचमा दुईपटक संविधानसभाको निर्वाचन भयो । संविधान जारी भयो । देश संघीयतामा प्रवेश ग¥यो । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भयो । र, देश फेरि दोस्रोपटक स्थानीय तह निर्वाचनको संघारमा छ । नेपालको राजनीतिक परिवर्तनमा जनताले महŒवपूर्ण योगदान गरेका छन् । त्यो २०४६ सालको पहिलो जनआन्दोलनमा होस् या २०६२/६३ को दोस्रो जनआन्दोलन । माओेवादी सशस्त्र युद्ध वा मधेस आन्दोलन नै किन नहोस् । जनताको त्याग, बलिदान र सहभागिताबाट मात्रै यी आन्दोलन सफल भएका हुन् । परिवर्तन सम्भव भएको हो । वास्तवमा जनता नै परिवर्तनका संवाहक हुन्, परिवर्तनका खम्बा हुन् र परिवर्तनका हकदार हुन् भन्ने यसले पनि पुष्टि गर्छ । जनता नहोमि“दा हुन् त राजनीतिक दलको शक्तिले मात्र यस्ता परिवर्तनहरू सम्भव हुने थिएनन् । त्यसकारण आन्दोलनपछिको परिवर्तनको पहिलो हकदार जनता नै हुन् । परिवर्तनका लागि लडेका दलले, लडाइ“का लागि आह्वान गरेका दलले जनतालाई पहिलो प्राथमिकता दिनु उत्तम हो । आजको दिन जनताका लागि महाउत्सवको दिन हो । तर, दुःखका साथ भन्नुपर्ने हुन्छ, विभिन्न परिवर्तनका लागि रगत, पसिना बगाएका जनताहरूले त्यसको खास उपयोग गर्न पाएनन् । अहिले पनि जनआन्दोलनमा लागेकाहरूले घाइते, अपांग जीवन बाँचिरहेका छन् । मृतकका आफन्तले राज्यको आडभरोसा पाउन सकेका छैनन् । उस्तै पीडा छ माओवादी आन्दोलनमा लाग्नेहरूको । हजारौंले आफन्त गुमाए । सयौं बेपत्ता छन् । अझ कहालीलाग्दो कुरा त हिजो माओवादी आन्दोलनमा सहभागी भएर लडेका कैयौं लडाकूहरू अहिले खाडीको तातो घाममा रगत, पसिना बगाइरहेका छन् । उनीहरूले देखेका सपना, देखाइएका सपना फगत मृगतृष्णा बन्न पुगेका छन् । यी परिवर्तनको फाइदा केही सीमित व्यक्तिले लिए । हिजो स्वर्णिम सपना देखाउनेहरूले त्यसलाई भुलेका छन् । जसले गर्दा परिवर्तनका लागि लडेकाहरूमा पीडा छ । वितृष्णा छ । पश्चाताप छ । आज कुनै पनि नेपाली नागरिकले स्वतन्त्रतापूर्वक बोल्न, हिँड्न, लेख्न पाउने वातावरण बन्नुमा ती महान हस्तीहरूको योगदान छ । जसले आफ्नो प्राणको आहूति दिए । जसले अहिले पनि घाइते, अपांग जीवन बाँचिरहेका छन् । यसर्थ, उनीहरूलाई कुनै हालतमा अपमान गरिनु हुन्न । उनीहरूको योगदानको अवमूल्यन गरिनुहुन्न । सलाम छ ती तमाम योद्धाहरूलाई, जसका कारण एउटा कालो युगको अन्त्य भयो, स्वर्णिम युगको सुरूआत भयो । जसले परिवर्तनको विगुल फुके । सम्मान छ ह्दयदेखि नै । सबैलाई शुभकामना छ लोकतन्त्र दिवसको ।
प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १३:०५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP