Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #सुनचाँदी
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #विश्व_सहरीकरण_दिवस
Search Here
विचार
  • Home
  • विचार
  • विज्ञान र प्रविधिको विकास
विज्ञान र प्रविधिको विकास
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ९, २०७८
Milan Aafanta
Hardik health
[caption id="attachment_20858" align="alignleft" width="235"] मिलन आफन्त[/caption] विश्वमा विज्ञान र प्रविधिको विकास तीव्र गतिमा भइरहेको छ । विज्ञान र प्रविधिको विकास र विस्तारका लागि विश्व आज प्रतिस्पर्धात्मक रूपमा अघि बढेको छ । आजको युग नै विज्ञान र प्रविधिको हो । यी क्षेत्रमा भएको निरन्तर खोज र अनुसन्धानले यस क्षेत्रमा नयाँनयाँ आविष्कारहरू भइरहेका छन् । त्यसो त मानिसले परापूर्वकालदेखि विज्ञान तथा प्रविधिको विकास गरेको पाइन्छ । तर पनि केही दशकयता यस क्षेत्रमा भएका विकास, विस्तार र यसको उपयोगिताले मानव जीवन सहज र सरल बन्दै गएको कुरा साँचो हो । विज्ञान तथा प्रविधिलाई विश्वको विकास र समृद्धिको मेरूदण्ड मान्नुपर्छ । विज्ञान र प्रविधिविनाको जीवन अधुरो र अपूरो बन्न पुगेको छ । अहिले विश्व परिवेश हेर्ने हो भने जुन मुलुकले सबैभन्दा बढी विज्ञान र प्रविधिको क्षेत्रमा विकास गर्न सकेको छ, त्यही मुलुक नै अग्रणि बन्दै गइरहेको छ । जसको ज्वलन्त उदाहरणको रूपमा हामी सयुक्त राज्य अमेरिका र जनवादी गणतन्त्र चीनलाई लिन सक्दछौं । भनिन्छ ,विज्ञान एउटा अतृप्त आत्मा हो । मान्छे तृप्त भएको भए आविष्कारहरू हुने थिएनन् । प्रविधि भनेको अतृप्त मनहरूले उब्जाएको आविष्कार हो । प्रविधि व्यावहारिक तथा औद्योगिक कलाहरू र प्रयुक्त विज्ञानसित सम्बन्धित अध्ययन अथवा विज्ञानको समूह हो । अहिले विश्व २१औं शताब्दीमा दौडिरहेको छ । अहिलेको समयलाई सूचना प्रविधिको युगको रूपमा लिने गरिन्छ । सूचनाको संकलन, सम्प्रेषण एवं सञ्चार गर्ने पत्रपत्रिका, कम्युटर, हार्डवेयर, सफ्टवेयर, नेटवर्क, इन्टरनेटलगायतका प्रविधिको समष्टीगत रूपलाई नै सूचना तथा सञ्चार प्रविधि भनिन्छ । अहिलेका पुस्ताको अधिकांश समय मोबाइल, ल्यापटप वा कम्युटरको स्क्रिनमा हेरेर बित्दछ । अहिले सबै काम इन्टरनेटबाट नै हुने गर्दछ । प्रविधिको प्रयोगले एक दिनमा हुने काम एक छिनभरमै हुने गर्दछ । त्यस्तै विज्ञान र प्रविधिले विकास गरेको सामाजिक सञ्जाल हाम्रो दैनिकीसँग जोडिसकेका छन् । पछिल्ला क्रममा आएका विभिन्न सामाजिक सञ्जालहरूलाई विज्ञान प्रविधिको विकासको नमूना मान्न सकिन्छ । सन् १९८० को दशकयता विश्वमा सूचना तथा सञ्चार प्रविधिको युग सुरू भएको मानिन्छ । यसस“गै विकसित देशका अर्थतन्त्र सूचना प्रविधिमा आधारित भएर रूपान्तरण भएका छन् । मानव मस्तिष्कको उच्चतम प्रयोग र अथक परिश्रमको प्रतिफल विज्ञान र प्रविधिको विकास तथा विस्तार अहिलेको अवस्थासम्म आइपुगेको छ । यसरी हेर्ने हो भने विज्ञान र प्रविधिको विकासा साथै सयौँ वैज्ञानिक, अन्वेषक, इन्जिनियर, सफ्टवेयर डेभलपर्स आदिका निरन्तर खोज, अध्ययन र अनुसन्धानका कारण विश्वले प्रथम औद्योगिक क्रान्तिदेखि सूचना तथा सञ्चार प्रविधिको युगसम्मको यात्रा तय गर्न सफल भएको छ । विगतमा कल्पनासम्म नगरिएका विषय वर्तमानमा आएर सफल भएका छन् । प्रविधिले अध्ययन, अनुसन्धानको दायरामा ल्याएको व्यापक परिवर्तनका कारण मानिसको जीवनमा सिर्जनशिलता र बौद्धिकताको व्यापक विस्तार गर्नसमेत मद्दत पुगेको छ । वास्तवमा प्रविधि मानव जीवनको अत्यधिक सिर्जनात्मक प्रयोग हो भने यसलाई विज्ञानको सर्वाेत्कृष्ट नतिजा पनि मान्न सकिन्छ । वैज्ञानिक चिन्तक गोपाल भण्डारीका अनुसार कुनै विषय वा वस्तुको प्रयोग र अवलोकनमा आधारित क्रमिक अध्ययन ज्ञानलाई विज्ञान भनिन्छ । विज्ञान एक व्यवस्थित ज्ञान हो जसले ब्रम्हाण्डका बारेमा परीक्षण योग्य व्याख्या र भविष्यवाणीहरूको ज्ञानलाई स्थापित र व्यवस्थित बनाउँछ । मानव जीवन विज्ञानसँग अलग हुन सक्दैन । अहिले हाम्रो चिन्तन पनि वैज्ञानिक हुन थालेको छ । विज्ञान प्रमाणमा आधारित हुन्छ । विज्ञान पारदर्शी पनि हुन्छ, यो विश्वव्यापी हुन्छ । विज्ञानले झुठो बोल्दैन, यो सत्यको खोजी हो । विज्ञान हाम्रो जीवनको लगभग हरेक पक्ष हो । विज्ञान मानव जातिको साझा सम्पदा हो । विज्ञान मानव सम्पदाको एक उल्लेखनीय उपलब्धि हो । सत्यको खोजी नै विज्ञानको प्रमुख लक्ष्य हो । विज्ञानले असाधारण कुरालाई सम्भव बनाउँछ । वास्तवमा भन्नुपर्दा विज्ञान शब्दको उपयोग प्रायः सधैँ प्राकृतिक विज्ञानहरूको निम्ति गरिन्छ । यसमा भौतिक शास्त्र, रसायन शास्त्र र जीव विज्ञान पर्दछन् । प्रकृति र विज्ञानबीच गहिरो सम्बन्ध रहेको हुन्छ । संस्कृत भाषाको ‘विज्ञान’ शब्द (जो भारत, नेपाल, बंगलादेशलगायत दक्षिण एसियाली मुलुकमा प्रचलित छ) का लागि अंग्रेजीमा ‘साइन्स’को प्रयोग हुन्छ । अंग्रेजीमा यो शब्द प्रयोग हुन थालेको लामो समय भएको छैन । मध्ययुगीन अंग्रेजीमा यसलाई सिञ्ज, सोयन्स, सियन्स इत्यादिका रूपमा लेखिन्थ्यो, जसको अर्थ हुन्थ्यो– ‘ज्ञान’ । जर्मन र डच भाषा पनि त्यही भाषा परिवारसँग सम्बन्धित छन् ,जोसँग अंग्रेजीको सम्बन्ध छ । यी दुवै भाषामा विसेन्साफ्ट र वेटन्साप शब्दको प्रयोग गरिन्छ, जो ‘जान्नु’ क्रियाकै संज्ञा रूप हुन् । अंग्रेजीमा ‘साइन्स’ शब्दको उत्पत्ति ल्याटिन भाषामा प्रचलित शब्द साइन्टिकाबाट भएको मानिन्छ, जसको अर्थ हो– ज्ञान । विज्ञान के हो भन्नेबारे वैज्ञानिकहरूबीच कुनै असहमति छैन । तर, यसका बाबजुद्, आजसम्म विज्ञानको कुनै यस्तो सन्तोषजनक परिभाषा बन्न सकेको छैन, जो सबै वैज्ञानिकलाई मान्य होस् । कयौँ वैज्ञानिक र दार्शनिकहरूले आ–आफ्नो हिसाबले यसको परिभाषा दिएका छन् । अधिकांशले विज्ञानको ज्ञान पक्षमा जोड दिएका छन् । हर्बर्ट स्पेन्सर विज्ञानको परिभाषा दिँदै भन्छन्, ‘व्यवस्थित ज्ञान नै विज्ञान हो’ अर्थात् छरिएका सूचना विज्ञान होइनन्, कुनै पनि क्षेत्र विशेषस“ग सम्बद्ध व्यवस्थित सूचनाहरू नै विज्ञान हुन् ।’ यस दृष्टिले टेलिफोन डाइरेक्टरी र पुस्तकालयको क्याटलग पनि विज्ञान हो । थोमस हक्सले ज्ञानको गुणवक्ताको सट्टा त्यसको गरिहाइमा जोड दि“दै भनेका छन्, ‘विज्ञान भनेको प्रशिक्षित एवं सुव्यवस्थित सहज बुद्धि हो, अरू केही होइन ।’ यस परिभाषामा ज्ञान हासिल गर्न, त्यसलाई सुव्यवस्थित गर्न तथा त्यसको मूल्यांकन गर्न प्रशिक्षणमा जोड दिइएको छ । जी एन लेभिसको परिभाषाले भन्छ, ‘विज्ञान अनुभवहरूको व्यवस्थित वर्गीकरण हो ।’ तर प्रत्येक अनुभवको व्यवस्थित वर्गीकरणलाई पनि विज्ञान मान्न सकिँदैन । विज्ञान सूचनाहरूको वर्गीकरणभन्दा पनि परको कुरा हो । यी परिभाषाहरूबाट के पनि प्रतिध्वनीत हुन्छ भने, विज्ञान यस्तो ‘गोदाम’ हो, जहाँ सूचनाहरूलाई सावधानीपूर्वक मिलाएर राखिन्छ । यद्यपि, हक्सले आफ्नो परिभाषामा मानव मस्तिष्कको भूमिकातर्फ पनि इंगित गरेका छन् । जीडे सेन्टिलानाका अनुसार पनि विज्ञान अरू केही होइन । उनको भनाइ छ, ‘विकसित बोध, व्याख्यायित आशय र सहज बुद्धिको स्पष्ट अभिव्यक्ति हो ।’ तर विज्ञानको यो परिभाषा कला वा मानविकीमा पनि लागू हुनसक्छ । त्यतिमात्र होइन, धार्मिक मामिलाहरूमा पनि यो परिभाषा सटिक रूपले फिट हुनसक्छ । एउटा मानक शब्दकोशमा दिइएको विज्ञानको परिभाषामा खोजतलासको भूमिका, परिकल्पनाहरूको सिर्जना र नियम पनि समाहित छन् । जसमा भनिएको छ, ‘विज्ञान ज्ञानको यस्तो विभाग हो, जसमा खोजतलासका परिणामहरूलाई तर्कपूर्ण तरिकाले परिकल्पना र सामान्य नियमहरूका रूपमा व्यवस्थित अनि तिनको सत्यापन गरिन्छ ।’ प्रविधि व्यावहारिक तथा औद्योगिक कलाहरू र प्रयुक्त विज्ञानसित सम्बन्धित अध्ययन वा विज्ञानको समूह हो । धेरै मानिसहरू प्रविधि र अभियान्त्रिकी शब्दहरूलाई पर्यायवाचीको रूपमा प्रयोग गर्दछन् । मानिसहरू, जसले प्रविधिको तालिम प्राप्त गरेर यसलाई व्यवसायको रूपमा लिने व्यक्तिलाई अभियन्ता भनिन्छ । आदिकालदेखि नै मानवले प्रविधिको प्रयोग गर्दै आएको हो । आधुनिक सभ्यतालाई विकास गरी आजको स्थितिमा ल्याउन प्रविधिको सबैभन्दा ठूलो योगदान छ । जुन समाज वा राष्ट्र प्राविधिक रूपले शक्तिशाली छन्, तिनीहरू नै सामरिक रूपमा शक्तिशाली हुन्छन् अनि आर्थिकरूपमा अरूभन्दा सक्षम छन् । वैज्ञानिक–प्राविधिक क्रान्ति विगत चार दशकदेखि चलिरहेको प्राविधिक क्रान्तिलाई विभिन्न नाम दिइएको छ, जस्तै–वैज्ञानिक–प्राविधिक क्रान्ति, नवप्राविधिक क्रान्ति, तेस्रो प्राविधिक क्रान्ति, इलेक्ट्रोनिक वा माइक्रो इलेक्ट्रोनिक क्रान्ति इत्यादि । यी सबैमा वैज्ञानिक प्राविधिक क्रान्ति सबभन्दा उपयुक्त नाम प्रतीत हुन्छ । किनभने, यसबाट विज्ञान तथा प्रविधि दुवै क्षेत्रहरूमा भइरहेका सबै परिवर्तनहरूको प्रतिनिधित्व हुन्छ । यो बुझ्नु अत्यन्तै महत्वपूर्ण छ कि आज चलिरहेको वैज्ञानिक–प्राविधिक क्रान्ति औद्योगिककालका परिवर्तनहरूभन्दा गुणात्मक रूपले भिन्न छ । आमरूपमा मानिसहरू वर्तमान प्राविधिक क्रान्तिलाई औद्योगिक क्रान्तिकै एउटा विकसित रूप, त्यसको उच्च चरण मान्दछन् र त्यसै कारण त्यसमा उनीहरू कुनै विशेष नया“ कुरा देख्दैनन् । हाम्रो बुझाइमा यो एउटा ठूलो गल्ती हो । नवप्राविधिक क्रान्ति मुख्य रूपले परमाणुभित्रका शक्तिहरूमाथि, उदाहरणको लागि इलेक्ट्रोनको गति तथा अन्य प्रकारका क्वान्टम शक्तिको उपयोगमा आधारित छ । इलेक्ट्रोन शक्तिको प्रयोगमा आधारित प्रविधिलाई इलेक्ट्रोनिक वा माइक्रो इलेक्ट्रोनिक प्रविधि भनिन्छ । यस प्रकार यो त्यस औद्योगिक क्रान्तिभन्दा गुणात्मक रूपले भिन्न छ, जसले वाफ र विद्युत्को शक्ति प्रयोग गर्दथ्यो ।वर्तमान क्रान्तिलाई कम्युटर क्रान्ति पनि भनिन्छ । विज्ञान तथा प्रविधिले विश्वलाई नै सानो गाउँ बनाएको छ । सञ्चारमाध्यमका विभिन्न उपकरणहरू वर्तमान समयमा उपलब्ध छन् । इमेल, इन्टरनेट, मोबाइल, फोन, एफएम रडियो, सुविधा सम्पन्न टेलिफोन, पत्रपत्रिकाले संसारलाई सा“घुरो बनाएको छ । हामी पनि वर्तमान संसारमा आएको आधुनिक प्रविधिप्रति जागरुक बन्नुपर्दछ र यसको उपयोग गर्न सिक्नुपर्दछ । वर्तमान २१औँ शताब्दीमा वैज्ञानिक–प्रािवधिक क्रान्तिले ठूलो उथलपुथल ल्याएको छ । यसबाट हामी सम्पूर्ण मानवजाति लाभान्वित हुनुपर्दछ र समग्र विश्वको विकासका लागि तत्पर हुनुपर्दछ । वर्तमान वैज्ञानिक–प्राविधिक क्रान्तिलाई निरन्तरता दिनु पर्दछ । तबमात्र विज्ञान र प्रविधिको विकासले व्यापकता पाउनेछ, जुन आजको युगको माग हो । -मिलन आफन्त
प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  ११:२१
प्रतिक्रिया दिनुहोस्
थप विचार
पञ्‍चेबाजाः परम्पराको स्वर, पहिचानको गाथा
पञ्‍चेबाजाः परम्पराको स्वर, पहिचानको गाथा शुक्रबार, कात्तिक १४, २०८२
पर्वतकी रानी हिउँचितुवा संरक्षणको प्रयास 
पर्वतकी रानी हिउँचितुवा संरक्षणको प्रयास  शुक्रबार, कात्तिक १४, २०८२
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा 
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा  बिहीबार, कात्तिक १३, २०८२
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता बुधबार, कात्तिक १२, २०८२
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन बुधबार, कात्तिक १२, २०८२
गुलियो कति खाने ?
गुलियो कति खाने ? मंगलबार, कात्तिक ११, २०८२
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा मंगलबार, कात्तिक ११, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP