Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत १८, २०८२

 

अबको आवश्यकता हाम्रो शिक्षा पद्धति गरिखाने शिक्षा, सीपयुक्त र व्यावहारिक ज्ञानसहितको शिक्षाको हो । समयको मागअनुसार शिक्षण संस्था रुपान्तरित भई व्यावसायिक र सीपमूलक प्राविधिक शिक्षाप्रदायक हुन सक्नुपर्दछ । त्यसतर्फ विद्यार्थी आकर्षण गर्ने शिक्षा पद्धति अवलम्बन होस् । आधारभूत तथा मध्यमस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने प्राविधिक शिक्षालय पद्धतिलाई मोफसल र विविध भूगोलमा सञ्चालन गर्न सकिएमा श्रमबजारमा अवसर सिर्जना भई निकै हदसम्म बेरोजगारी समस्या समाधान गर्ने सरकारी नीतिमा मद्दत पुग्ने देखिन्छ ।

वि.सं. १९९० बाट विद्यालय शिक्षा परीक्षाको थालनीका रुपमा एसएलसी परीक्षा मुलुकमा सञ्चालनमा आयो । लामो समयसम्म एसएलसी परीक्षाको नामबाटै चल्यो । यो तहको परीक्षा विद्यालय शिक्षाको अन्तिम परीक्षाका रुपमा जनजिब्रोमा पर्याय नै बन्न गयो । मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई राज्य सञ्चालनको मियोका रुपमा लिएपश्चात् शिक्षा क्षेत्रमा पनि संघीयताका छनक देखिए । संघीयतामा रुपान्तरित भएसँगै अघिल्ला केही वर्षदेखि एसइईका नाममा सञ्चालन हुँदै आएको छ । विधि र कानुनी व्यवस्थाले प्रदेशगतरुपमा सञ्चालन गर्ने परिपाटीलाई लिइए पनि हालसम्म पनि राष्ट्रियस्तरमा केन्द्रीकृत ढाँचामा सञ्चालन भइरहेको छ । आशा छ, आगामी वर्षमा क्रमभंग हुनेनै छ । नेपाली जनजिब्रोमा अझै पनि यसको सान्दर्भिकता र चासो रही रहनु जनसरोकारको विषय रहेको छ ।

मुलुकमा भर्खरै प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण र उत्साहजनकरुपमा सम्पन्न भई नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । साथै मुलुकले देशको ४३औं प्रधानमन्त्रीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संविधानको धारा ७६ (१) अनुसार मुलुकको प्रमुख कार्यकारी प्रधानमन्त्रीका रुपमा पाइसकेको छ । जनादेशसहितको सरकारले मुलुकको विकास, जनजीविकाका सवालमा छलाङ मार्नेमा द्विविधा नरहला ।

Hardik health

आमनिर्वाचन २०८२ को कारणले करिब दुई हप्ता पछि सरेर परीक्षा सञ्चालनको क्रममा छ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) यही चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुन गइरहेको छ । यो परीक्षाका लागि देशभरका एक हजार ९९१ परीक्षा केन्द्र कायम गरिएको छ । परीक्षामा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने छन् जसमा दुई लाख ५७ हजार ५२७ छात्रा तथा दुई लाख ५२ हजार ४३४ छात्र रहेका छन् । यो संख्यामा ६७ हजार पुनःपरीक्षा दिने समूहका परीक्षार्थी रहेका छन् । यस वर्षको एसइईमा सहभागी हुने विद्यार्थीको संख्या गत वर्षको कूल परीक्षार्थीभन्दा चार हजारको हाराहारीका न्यून हो । सबैभन्दा बढी काठमाडौं जिल्लाबाट परीक्षामा सहभागी रहने छन् । मुस्ताङको एकमात्र परीक्षा केन्द्रबाट यस वर्षको एसइई परीक्षामा १९८ परीक्षार्थी सहभागी रहने छन् । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार यस वर्षको परीक्षाका लागि समग्रमा सबै तयारी पूरा भइसकेको छ ।

परीक्षा मूल्यांकन पद्धतिमा केही परिवर्तन तथा परिमार्जनले निरन्तरता पाइनै रहेको सम्भवतः आवश्यकताको सिद्धान्तका आधारमा मूल्यांकन विधि र प्रणालीमा सुधार गर्ने प्रयास आधिकारिक निकायले गर्दै आएको होला । न्यूनतम उत्तीर्णांक तथा अक्षरांक/ग्रेडिङ पद्धतिलाई समायोजितरुपमा मूल्यांकनको आधार बनाइएको छ । परीक्षालाई गुणस्तरीय र विद्यार्थीको ल्याकत परीक्षणमा यस किसिमको मापदण्ड केही कसिलो निश्चित रहला तर आशाको छनक दिनसक्ला । मूल्यांकन पद्धति फेरि घुमिफिरी रुम्जाटारकै सेरोफेरोमा आइपुगेको भान नपरोस् । न्यूनतम उत्तीर्णांक ल्याउनुपर्ने अनिवार्य प्रावधानले परीक्षा अवश्य पनि पेचिलो रहन्छ नै । यसको परीक्षण र मूल्यांकन पछिल्ला समय सन्दर्भमा निरन्तर रहला । शिक्षा आठौं संशोधन ऐन, २०७३ कार्यान्वयनमा आएसँगै कक्षा १० को एसइई र कक्षा १२ को परीक्षासम्बन्धी कार्यलाई राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डको क्षेत्राधिकारभित्र आबद्ध गरिएको छ ।

कक्षा कोठाका पठनपाठन, विद्यार्थीको नियमित ल्याकत जाँचकी, शिक्षण सिकाइ र बुझाइमा सुधार ल्याउने प्रयास के कति भए र परीक्षार्थीको सिकाइ र बुझाइको परीक्षण नियमितरुपमा हुँदै आएको सरोकारवालाले दाबी र पैरवी गर्दै रहलान् । परीक्षाको संघारमा यसको परीक्षण र विद्यार्थीले हासिल गरेको विषयगत ज्ञानलाई परीक्षामा निखार्ने प्रयास गर्ने नै छन् । आशा गर्न सकिन्छ, यस वर्षको एसइई परीक्षामा विगतमाभन्दा ताŒिवक सुधार भई उत्साहजनक परिणाम दिने छ ।

परीक्षालाई समयानुकूल अनुशासित, मर्यादित तथा व्यवस्थितरुपमा सम्पन्न गर्ने दिशामा शिक्षा मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्डले आफ्नो तर्फबाट गरी आएको भूमिका तथा व्यवस्थापनका सवालमा अन्य सरोकारवाला निकायहरुको सहकार्यसमेत अपरिहार्य छ । विशेषतः परीक्षाको न्यूनतम मान्यता कायम राख्ने, परीक्षार्थीमैत्री तथा भयरहित वातावरणमा परीक्षा सञ्चालन तथा व्यवस्थापन हुनुपर्दछ । त्यसले खास मानेमा महŒव राख्दछ । केन्द्राध्यक्ष र निरीक्षकदेखि उपल्लो तहका निकाय र पदाधिकारीको समन्वयात्मक सहकार्य न्यूनतम आधार हुन् । सामान्यतः दुर्गम तथा पहाडीक्षेत्रका केही ठाउँ तथा तराई क्षेत्रमा परीक्षाको न्यूनतम मर्यादा र मूल्यलाई कायम गर्ने दिशामा विगतका अनुभवलाई मनन गर्दै थप मर्यादित र अनुशासित बनाउने कार्यमा कडाइका साथ पहल हुनुपर्छ । मिलिभगत र तदर्थ शैलीमा परीक्षामा अनियमितता नहोस् भन्नेतर्फ सजगता आवश्यक छ । यसमा सरोकारवालाको ध्यान तिखो रहनुपर्दछ ।

अहिले १२ कक्षाको परीक्षालाई विद्यालय तहको अन्तिम परीक्षाको रुपमा ग्रहण गरिसकेको छ । विधि र परम्पराका मानेमा १० कक्षा उत्तीर्ण परीक्षाको रुपमा एसइई परीक्षा हो र त्यसैअनुसार व्यवहार अघि बढ्नु सान्दर्भिक छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने १२ कक्षाको अन्तिम परीक्षापश्चात् विश्वविद्यालय कलेज शिक्षाको प्रारम्भ बिन्दु सुरु हुन्छ । अधिकांश मुलुकका शैक्षिक प्रणालीको अभ्यास पनि यही हो । मुलुक संघीयतामा रुपान्तरण भइसकेपछि परीक्षा व्यवस्थापन, अनुगमन, सञ्चालनलगायतका सम्पूर्ण कामको जिम्मा पनि राष्ट्रिय परीक्षा बोर्डले नै लिएको छ । एसएलसी एसइईमा रुपान्तरण भइसके पनि पुरानै शैली र मानसिकतामा परीक्षा सञ्चालन भइरहनु र संघको जिम्मेवारीलाई पूर्णरुपमा प्रदेशमा हस्तान्तरण गर्न नसकिनु विडम्बना हो । परीक्षालाई अझै पनि अदृश्य हाउगुजीका रुपमा राज्यले प्रस्तुत गर्न खोजेको विश्लेषण सम्बद्ध शिक्षाविद् तथा सरोकारवालाको रहेको छ । हुनसक्छ, समयानुकूल रुपान्तरण र परिवर्तनको आभाष पाइने छ ।

विशेषतः विद्यार्थीको ल्याकतमा अपेक्षित सुधारको छनक दिन सक्नुपर्दछ । केही कसिलो र सुधारात्मक अभ्यास पछिल्ला समयमा भएका छन् । तर पनि अपेक्षित उपलब्धि दिन हम्मे नै रहला । फेरि पढ्ने पढाउने व्यवहार, मानक र परिपाटीमा सुधारका ताŒिवक परिवर्तन नपाइएको सन्दर्भको उठान रहनु र अर्कोतिर उत्तीर्ण हुने सबै विद्यार्थीले उच्च शिक्षामा सहज पहँुच कसरी प्राप्त गर्न सक्ला भन्ने कुराको बहस निरन्तर रहला नै । यस मानेमा उच्च शिक्षाको पहँुचमा सबै विद्यार्थीलाई समावेश गर्नुपर्ने आवश्यकता र बाध्यताबीच सरकारले उच्च शिक्षा प्रदान गर्ने निकायको सञ्चालन र व्यवस्थापन गर्न सक्नुपर्ने चुनौती आफैंमा अहम् छ । संविधानमा मौलिक हकअन्तर्गत धारा ३१ मा प्रत्येक नागरिकलाई आधारभूत तहको शिक्षा निःशुल्क र अनिवार्य तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने व्यवस्था छ । साथै, संविधानको अनुसूची ८ मा व्यवस्था भएअनुसार विद्यालय शिक्षालाई स्थानीय सरकारको अधिकार क्षेत्रभित्र समेटेको छ ।

अबको आवश्यकता हाम्रो शिक्षा पद्धति गरिखाने शिक्षा, सीपयुक्त र व्यावहारिक ज्ञानसहितको शिक्षाको हो । समयको मागअनुसार शिक्षण संस्था रुपान्तरित भई व्यावसायिक र सीपमूलक प्राविधिक शिक्षाप्रदायक हुन सक्नुपर्दछ । त्यसतर्फ विद्यार्थी आकर्षण गर्ने शिक्षा पद्धति अवलम्बन होस् । आधारभूत तथा मध्यमस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने प्राविधिक शिक्षालय पद्धतिलाई मोफसल र विविध भूगोलमा सञ्चालन गर्न सकिएमा श्रमबजारमा अवसर सिर्जना भई निकै हदसम्म बेरोजगारी समस्या समाधान गर्ने सरकारी नीतिमा मद्दत पुग्ने देखिन्छ । साथै, इच्छुक विद्यार्थीमाझ प्राविधिक धारका विषय अध्ययनको पहँुच पु¥याउन सकिएमा एसइई परीक्षामा प्रतिस्पर्धा कायम भई गुणस्तरीयताको सम्भावना देखिन्छ । 

परीक्षालाई विद्यालय शिक्षाको मूल्यांकनको मापनका रुपमा लिई मिहेनत र परिश्रम गरी परीक्षामा सहभागी हुनुपर्ने देखिन्छ । परीक्षालाई कुनै अदृश्य हाउगुजी वा कठिनतम् मापनका रुपमा नलिई तत् तहको शिक्षामा हासिल गरेको ज्ञानलाई परीक्षाका माध्यमबाट रुपान्तरण गर्ने अवसरका रुपमा लिनसके उच्च अंककासाथ उत्तीर्ण हुन सकिन्छ । परीक्षार्थीले डर र भयको नकारात्मक मनोविज्ञानबाट आफूलाई टाढा राखेर सकारात्मक सोचको विकास गर्नु आवश्यक छ । ११ कक्षाको अध्ययनतर्फ विज्ञान, व्यवस्थापन, मानविकी, कानुन वा शिक्षाशास्त्र अनि प्राविधिक धारतर्फको विधामा निरन्तरता दिने दिशामा एसइई परीक्षा परिणामले मार्गनिर्देश गर्छ । मिहेनत र परिश्रम परीक्षामा सफलता पाउने आधार हो । 

परीक्षा सञ्चालन तथा व्यवस्थापनका सन्दर्भमा परीक्षा केन्द्रको आन्तरिक वातावरण तथा परीक्षा केन्द्रभन्दा बाहिरको आसपासको वातावरणले परीक्षालाई शान्तिपूर्ण, मर्यादित तथा अनुशासित बनाउने छ । जिम्मेवारी दायित्व निर्वाहमा कुनै मुलाहिजा तथा कञ्जुस्याइँ गर्नु हँुदैन । मनोवैज्ञानिक त्रास, आश, भयबाट मुक्त ढंगबाट परीक्षामा वातावरण बनाउनेतर्फ सरोकारवालाको ध्यानाकर्षण हुनुपर्दछ । परीक्षाको न्यूनतम मर्यादा र आचारसंहितालाई पालना नगर्ने जो–कोही सरोकारवाला तथा परीक्षाका केन्द्राध्यक्ष र निरीक्षकहरुलाई आचरणअनुसार पुरस्कार र दण्ड जरिवानाको कार्यान्वयन गरिएको खण्डमा अवश्य चुस्त व्यवस्थापकीय सक्षताको छनक दिने छ ।

विद्यार्थीमा उच्च शिक्षातर्फको अग्रगमनका रुपमा चासो र सरोकार हुनुपर्दछ । मर्यादित, अनुशासित तथा परीक्षामैत्री वातावरण परीक्षाको गरिमा हो । एसइई परीक्षा सञ्चालन, व्यवस्थापन तथा सम्पन्नताका आयामले सफलता दिलाउन कार्यान्वयन तहमा खरो रुपमा उत्रिनु पर्दछ ।
 


प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  ११:३२
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP