Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
अर्थ
  • Home
  • अर्थ
  • सामाजिक न्याय र सद्भाव
सामाजिक न्याय र सद्भाव
admin123
admin123 आइतबार, साउन २०, २०७५
विविधता_Damodar-Regmi_1

- नमस्कार शाह - 

वसुधैव कुटुम्बकम र वहुजन हिताय वहुजन सुखायको अवधारणा निकै पुरानो दर्शन हो । उक्त दर्शनको भाव सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया, सर्वे भद्राणी पश्यन्तु मा कश्चिद् दुख भाग्जनः हो अर्थात्, सबै खुसी रहुन, सबैले सबैखाले दुखबाट मुक्ति पाउन्, सबैले राम्रो सोचुन् र राम्रो अनुभूत गर्न सकुन् यस सृष्टिमा कोही पनि दुखी नरहुन् भन्ने हो । यहिनैं हो सामाजिक सद्भाव । जहाँ सबैको हित हुन्छ, हितका कार्य गरिन्छ । बहिष्करण र सिमान्तीकरण विरुद्ध संघर्ष गर्नुनैं सद्भाव कायम गर्नका लागि लागि पर्नु हो । एकअर्कासँग संलग्नताको भाव निर्माण गर्ने, एक–आपसमा विश्वास प्रवद्र्धन गर्ने र यथास्थितिबाट अग्रदिशा तर्फ अघि बढ्न समाजका सदस्यलाई उत्प्रेरित गर्ने कार्यनैं सामाजिक सद्भाव हो । साँचो सामाजिक सम्वन्ध राख्दै फरक, फरक पहिचान भएका व्यक्तिहरुका लागि सामुहिक भावना बोकेर सहकार्य, समन्वय र समझदारी गर्ने कार्यले सद्भाव अभिबृद्धि गर्दछ । समान बुझाई, एक अर्का प्रतिको बिश्वास, समानता, भातृत्व, मित्रताले सबैलाई शान्ति दिन्छ । सबैलाई न्यायको प्रत्याभुति दिनका लागि कानुनको शासन अवलम्बन गरेका मुलुकका नागरिकहरुबाट सामाजिक सद्भावको आशा गर्न सकिन्छ । सहयोग आदान, प्रदान र एकताले समृद्धि ल्याउन सहयोग गर्दछ । सामाजिक सद्भाव त्यहाँ हुन्छ जहाँ कुनै पनि किसिमको भेदभाव हुँदैन। यसले हरेक मानवलाई एकसमान देख्दछ । व्यक्तिलाई वर्ग–वर्गमा छुट्याउँदैन । सामाजिक सद्भाव भएमा एकाग्रता तथा स्वच्छ चेतना हुन्छ । सामाजिक सद्भावका लागि एक अर्काको अस्तित्व स्विकार गर्न सक्ने संस्कृतिको बिकास हुन जरुरी छ । दमन र बलप्रयोगबाट होइन अहिंसात्मक किसिमले असहमति, असन्तुष्टि र आलोचनाबाट समाधान पहिल्याएर नै वस्तुुगत र आत्मिक दुवै स्तरमा सामाजिक सद्भाव फैलाउन सकिन्छ । खुसी, सफलता, शान्ति, असल नियत, हामी भन्ने भावना, निःशर्त प्रेम, एकता सद्भावका सुचक हुन् । बास्तविकता भन्दा टाढा रहेर गरिने कुराकानी, सूचनाको अभाव, छलफल, सम्बादको अभावले व्यक्तिहरुमा अफवाह, घृणा, द्धैष र बितृष्णा फैलाउँछ । यिनै कुराहरुमा समाजको सद्भाव खलबलाउने काम गर्दछन् । देश संघियतामा अघि बढिरहेको परिवेशमा सामाजिक सद्भावको महत्व अझ बढेर गएको आभाष गर्न सकिन्छ । ३ वटा सरकारको अभ्यास गरिरहेको हाम्रो मुलुकमा धमाधम विकास निर्माणका कार्यहरु भईरहेका छन् । नीति, नियमहरु बनिरहेका छन्, शक्ति र स्रोतसाधनको बाँडफाँड भईरहेकोछ । यो बेला सहभागिता, समाबेशीकरण र सद्भावको आवश्यकताका बारे सबैले बुझ्नु आवश्यक छ । विगतको लामो सशस्त्र द्वन्द्व, बिच, बिचमा भएको बिभिन्न द्वन्द्व, आन्दोलन, अन्तरविरोध आदिले सामाजिक सद्भाव, सम्बन्ध, विश्वास र मनोविज्ञानमा पारेको असरका तुषहरु अझैं बाँकी छन् । यि अवशेषहरुलाई जरै देखि उखेलेर फाल्न जरुरी छ । बिभिन्न सामाजिक मूल्य र मान्यतामा जनताहरु बिभक्त छन् । समाजमा बसोवास गर्ने बिभिन्न खालका व्यक्तिहरुका बिचमा तर्क, बितर्क भईरहन्छ । समाजमा जातिय छुवाछुत, ठूलो, सानो, धनि, गरिब र सम्पन्न, बिपन्न बिचको द्धन्द कायम छ । ठूला पदमा बसेका, पैंशावाल र समाजमा प्रतिष्ठित भनिएका व्यक्तिहरुका सामु सर्बसाधारण बोल्न धक मान्ने, लाज मान्ने र आबश्यकता भन्दा बढि सम्मान गर्ने सँस्कार व्याप्त छ । बोलि हाले पनि झिनो आवाजमा बोल्ने, आँखामा आँखा जुधाएर कुरा गर्न नसक्ने र झुकेर बोल्ने गरेको देखिन्छ । सदियौँदेखि विद्यमान यस्ता विभेद, असमानता, बहिष्करण र गरिबीजन्य निराशाहरुलाई न्यूनीकरण गर्न जरुरी छ । विविधतायुक्त हाम्रो समाजमा सहअस्तित्व, विश्वास, समावेशीता र सामुहिक एकतालाई मजबुत बनाउँदै अघि बढ्न सकेको खण्डमा समाजमा सामाजिक सद्भाव कायम हुन्छ । समाजमा मानिसहरु मिलेर बसे भने त्यसका धेरै फाईदाहरु मिलेर बस्नेहरुले प्राप्त गर्दछन् । मिलेर बस्नुका फाईदाहरु सबैले बुझ्न जरुरीछ । समाजमा समाजका सदस्यहरुलाई मिलाउने, जोड्ने, एकताको शुत्रमा बाँध्नेहरु पनि छन्, फुटाएर, कुरा लगाएर व्यक्तिगत स्वार्थ लिनेहरु पनि छन् । मिलाउने, जोड्नेले सद्भावलाई बढावा दिन्छन् भने फुटाउनेले सद्भाव बिगारिरहेका हुन्छन् । त्यसैगरी एकआपसमा एकता गराउने बिभिन्न तत्वहरु हुन्छन् भने बिभाजन ल्याउने तत्वहरु पनि समाजमैं हुन्छन् । जसरी सलाईको एउटा काँठिले अध्याँरोमा उज्यालो दिने काम गर्दछ भने त्यहिँ काँठिले सारा बन, जँगल, गाउँ ध्वस्त बनाईदिन सक्छ । त्यसैगरी एउटै व्यक्ति सकारात्मक भयो भने उसले समाजलाई एकताको शुत्रमा बाँध्न सक्दछ भने नकारात्मक भयो भने समाजमा बिध्वँश र बिनास मच्चाउन सक्दछ । सामाजिक सद्भावका लागि केही निश्चित आधार स्तम्भहरु छन् जसको अक्षरशः कार्यान्वयन हुन जरुरी छ । सद्भावको पहिलो आधार स्तम्भ सामाजिक समावेशीकरण हो । समाजमा समाबेशिता भएन, एक अर्काको अस्तित्व स्विकार गरिएन, असमानताको खेल खेलियो भने त्यहाँ सद्भाव कमजोर भएर जान्छ । दोश्रो आधार स्तम्भ सामाजिक पूँजी हो । समाजका सम्पत्तिहरुमा सबैको हक लाग्दछ । त्यस्ता सम्पत्तिहरुमाथि एकाधिकार भयो वा दुरुपयोग भयो भने त्यहाँ सद्भाव हुँदैन । सद्भावका लागि सामाजिक पूँजिहरुमा सबैको हक अनिवार्य शर्त हो । तेस्रो आधार स्तम्भ सामाजिक परिचालन हो । समाजका बिबिध पाटाहरुमा सबैको संलग्नताले अपनत्वको भावना अभिबृद्धि गर्दछ । चौथो आधार स्तम्भ सम्बद्धता हो । जब हरेक व्यक्ति जिम्मेवारीका साथ काममा आबद्ध हुन्छ, उ आफैमा जवाफदेहि हुन्छ, त्यहि जवाफदेहिताले सद्भावले बढवा दिन्छ । पाँचौ आधार स्तम्भ सहभागिता हो, हरेक कार्य सहभागिता, त्यसमा पनि अर्थपूर्ण जनसहभागिताको खाँचो छ । जनसहभागिताले बिश्वास अभिबृद्धि गर्दछ । छैटौं आधार स्तम्भ पहिचान हो । जब हरेक व्यक्तिले आफ्नो पहिचान सबैले स्विकार गरेको महसुस गर्दछन् त्यहाँ स्वतः सकारात्मक भावना पैदा हुन्छ । सातौं आधार स्तम्भ वैधता हो । कानुनको शासनलाई अंगिकार गरेका मुलुकमा बैद्यताको महत्व बढि हुन्छ । हरेक कामको बैद्यता भएपछि मात्रै त्यसले मान्यता पाउँदछ । उल्लेखित आधार स्तम्भहरुको कार्यान्वयनले विद्यमान विभेद, असमानता र सामाजिक बहिष्करणलाई न्यूनीकरण गर्दछ भने सामाजिक सम्बन्ध, अन्तरक्रिया, अन्तरनिर्भरता र बन्धनहरुको सुदृढिकरण गर्दछ । सामाजिक न्यायको अवधारणा मानव अधिकार र समानताको सिद्धान्तमा आधारित छ । कुनै पनि समुदाय वा राष्ट्रमा उपलब्ध स्रोत साधन र अवसरहरूलाई सबै जातजाति, लिङ्ग, वर्ग, वर्ण, पेशा, धर्म, तह र तप्काका मानिसहरूले समान किसिमले उपभोग गर्न पाउनु नैै सामाजिक न्यायको सिद्धान्त हो । जहाँ सामाजिक न्याय हुन्छ, त्यहाँ अनिवार्य सद्भाव स्थापित हुन्छ । कुनै पनि व्यक्ति वा समुदायको धर्म, संस्कृति, भेषभूषा, भाषा, पेशा र पहिचानलाई आदर र सम्मान गर्ने अवस्था नै सहिष्णुता हो । यस अवस्थामा अरूलाई कुनै प्रतिकूल असर नपर्ने गरी परस्पर निर्भरता र आपसी हितका आधारमा व्यवहार गर्नुपर्छ भन्ने मान्यता राखिन्छ । सहिष्णुता एकताको यस्तो आधार हो जसले गर्दा विविध सम्प्रदाय, धर्म, जातजातीबीचको प्रतिष्पर्धा अर्थहीन हुन्छ । सहअस्तित्व भन्ने शब्द दुईटा शब्दहरूको संयोजनबाट बनेको छ, सह-अस्तित्व साझा अस्तित्व । यहि कुराले सद्भाव जन्माउँछ । सहअस्तित्व स्विकार गरेको समाजमा समुदायका विविध संस्कृति, संस्कारहरुलाई स्विकार गरिएको हुन्छ । भावनाका साथ बसिरहेका हुन्छन् र सबैले आफ्नो उपस्थितिलाई महत्वपूर्ण र सम्मानित महसुस गर्दछन् । सामाजिक परिवर्तनको पहिलो शर्त व्यक्तिको परिवर्तन हो । व्यक्ति, परिवार अनि समाज हुँदै परिवर्तनको रूप देशभरि नै क्रमिक र एकत्रित रूपमा हुनजान्छ । व्यक्तिको सामाजिक संस्कारलाई उसको पारिवारिक पृष्ठभूमि र समाजमा उपलब्ध एवं उसको पहुँचमा रहेका सामाजिक संस्थाहरूले निर्धारण गर्छन् । शिक्षा प्राप्तिका अवसर संस्कार निर्माणका लागि महत्वपूर्ण हुन्छन् । अन्य सामुदायिक संस्थाहरूले व्यक्तिको सामाजिक, आर्थिक जीवनलाई प्रभाव पारिरहेका हुन्छन् । व्यक्तिको नैतिक मूल्यलाई निर्धारण गर्ने तत्वहरू उसको सामाजिकीकरणका लागि समाजमा उपलब्ध मूर्त, अमूर्त संस्थाहरूमा अन्तर्निहित हुन्छन् । व्यक्तिको नैतिक पर्यावरणले उसको संस्कार निर्माणमा उत्तिकै ठूलो भूमिका खेल्छ । राष्ट्र, राष्ट्रियता, देशप्रेम, सांस्कृतिक निष्ठा, सामाजिक सद्भाव, पारस्परिक भाइचारा तथा विश्वबन्धुत्वको भावना अभिवृद्धि गराउने कार्य अहिलेको आवश्यकता हो । सामाजिक परिवर्तनको आधार भनेको उच्च नैतिक बलयुक्त नागरिकको उत्पादन गर्नु हो । यसतर्फ सबै सचेत हुन जरुरी छ । यसका लागि नैतिक, शैक्षिक, सामाजिक सशक्तीकरणको खाँचो छ । समाज बहुआयामिक छ । जातीय, धार्मिक, वर्गिय, लैंगिक, पेशागत, भौगोलिक आदि अनेक आयामहरूमा समाज विभक्त छ । कुनै एउटै मात्र आयामलाई ध्यानमा राखेर समाजको स्वरूपलाई अथ्र्याउन सकिँदैन । समाजमा अनेक विविधता छन् । अनेकतामा एकता, बिबिधतामा एकता हामी नेपालीको पहिचान हो । यो पहिचानलाई अक्षुर्ण राख्न जरुरी छ । जसरी सवारीचालकले गाडी चलाउँदा अलिकति पनि आँखा झिमिक्क भयो भने गाडी दुर्घटना हुन सक्छ, समुदाय विशेषसँग जोडिएका कुरामा, समाज–समाज बीचको सम्बन्धका कुरामा अलिकति पनि तलमाथि भयो भने त्यसले निकै ठूलो नकारात्मक असर पार्न सक्दछ । त्यसैले सद्भावका लागि सधै सर्तक र सचेत हुन जरुरी छ । सामाजिक न्याय र सद्भाव सम्बेदनशिल कुरा हो । सद्भावमा प्रतिकूल असर पार्ने, भड्किने गरि कसैले पनि कुनै पनि प्रकारले न त अभिव्यक्ति दिन पाउँछ न त कुनै गतिविधिनैं गर्न पाउँछ । यो नेपालको कानुनलेनैं प्रतिबन्ध गरेको कुरा हो । यसमा सबै सचेत बन्नै पर्दछ । सबैको सम्मान र समानताको अनुभूतिलेनैं सबैको मनमा सद्भावको बास हुने हो । सामाजिक सद्भावका लागि सूचना र सेवासुबिधा महत्त्वपूर्ण पक्ष हो । सूचना सहि र प्रभावकारी ढँगले दिईएन भने त्यसको परिणाम नकारात्मक हुन्छ त्यस्तै आम नागरिकहरुले पाउनुपर्ने सेवा, सुबिधा सरल, सहज र समयमा दिन सकिउन भने त्यसको परिणाम पनि भयाबहनैं हुन्छ । लोकतन्त्रमा बहस गर्न पाईन्छ, छलफल गर्न पाईन्छ । प्रत्येक समुदायले आफ्नो अधिकार माग्न पाउँछन् तर अधिकार माग्ने नाममा अरुको अधिकार हनन गर्न हुँदैन । यस्ता कार्यहरुले पनि कहिँले काहिँ तनब बढाईदिन्छ । सामाजिक सद्भाव सबैका लागि आवश्यक हो भने यो सम्बेदनशिल बिषय पनि हो । अन्य बिषय जस्तो यस बिषयमा गल्ति गरेर माफि माग्न सक्ने अवस्था हुँदैन । यस बिषयमा भएको त्रुटीले भयावह स्थिति निम्त्याउन सक्छ । त्यहि त्रुटीले मानव बस्ती जलाउन उत्प्रेरित गर्न सक्छ, हजारौं मानिसहरुमा भागाभागको स्थिति हुन सक्छ, बिभिन्न खाले झडपहरु हुन सक्दछन्, ज्यानै जाने खालका घटनाहरु हुन सक्दछन् । त्यस्तो अवस्थामा सहि सूचनाको प्रबाह गर्नुका साथै उच्च सचेतना अवलम्बन गर्दै धैर्यताका साथ बुद्धि प्रयोग गर्न सक्नु पर्दछ । त्यस्तो अवस्थामा चार शुत्रे ‘स’ लाई प्रयोग गर्नु उपयोगी हुन्छ । सहि सूचना प्रदान, संवादको पहल, समन्वय, सहकार्यको प्रयास र सहमतिको खोजीले मात्रै सद्भाव भड्केर हुने हिँसालाई मत्थर पार्न सकिन्छ ।
प्रकाशित मिति: आइतबार, साउन २०, २०७५  १७:४२
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप अर्थ
पारित भयाे लुम्बिनी प्रदेशको बजेट 
पारित भयाे लुम्बिनी प्रदेशको बजेट  बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा बुधबार, असार २०, २०८०
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै बुधबार, असार २०, २०८०
बढ्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य बुधबार, असार २०, २०८०
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार बुधबार, असार २०, २०८०
दोहोरो अंकले बढ्यो नेप्से
दोहोरो अंकले बढ्यो नेप्से मंगलबार, असार १९, २०८०
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP