Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #इरान_इजरायल
  • #जनकराज_गिरी
  • #इन्दिरा मानन्धर
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #प्रतिनिधिसभा सदस्य निर्वाचन
  • #क्लिन_स्वीप
  • #डा स्वर्णिम वाग्ले
  • #खखडेहरा_पर्व
Search Here
समाचार
  • Home
  • समाचार
  • लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार २०, २०८०
lumbini-pradeshsabha-2048x1244
Hardik health
लुम्बिनी -   लुम्बिनी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/०८१ को बजेटप्रति असहमति जनाउँदै आएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बजेटमाथिको छलफलनै बहिष्कार गरेको छ ।प्रदेशसभाको आजको दोस्रो बैठक सुरु हुने बित्तिकै एमाले प्रदेशसभा सदस्यहरूले उठेर विरोध जनाउँदै बैठक बहिष्कार गरेका हुन् ।   बजेटमाथि गम्भीर असहमति जनाउँदै प्रदेशसभामा एमाले प्रमुख सचेतक तुल्सीप्रसाद चौधरीले बजेट किताबसमेत च्यातेर विरोध जनाउनुभयो । प्रदेशसभा बैठक चलिरहँदा नाराबाजी गर्दै एमालेका प्रदेशसभा सदस्यले बैठक बहिष्कार गरेर बाहिरिएका थिए ।   बैठक बहिष्कारपछि एमाले संसदीय दलले पत्रकार सम्मेलन गर्दै यथास्थितिमा बस्ने बैठकमा भाग नलिने जनाएको छ । प्रदेशसभा संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा निर्देशनालय खारेजी फिर्ता र क्रमागत योजनामा बजेट नराखेसम्म चुप नबस्ने बताएको छ ।   विगतको सरकारले सञ्चालन गरेका बहुवर्षीय तथा गौरवका योजनालाई अलपत्र पार्ने उद्देश्यका साथ अतिन्यून बजेट विनियोजन गरेको पनि एमालेले बताएको छ ।प्रमुख प्रतिपक्ष संसदीय दलका नेता लीला गिरीले सरकारले संवाद गर्नै नचाहेको, विपक्षी दलले उठाएका जायज मागलाई पूर्वाग्राही ढङ्गले हेरेको भन्दै आपत्ति जनाए ।   यस्तै प्रदेशसभा बैठकमा बोल्ने प्रदेशसभा सदस्यले एमालेले बजेट किताब च्यातेर संसदीय मर्यादा उल्लङ्घन गरेको टिप्पणी गरेका छन् । नेपाली कांग्रेसकी सचेतक निमा गिरीले बजेट किताब च्यातेर नाराबाजी गर्नु संसदीय मर्यादाविपरीतको कार्य भएको टिप्पणी गरे ।   बैठकमा सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मन्त्रालयका विभिन्न शीर्षक छलफलमा प्रदेशसभा सदस्यले बोल्ने क्रम सकिएको छ ।
प्रकाशित मिति: बुधबार, असार २०, २०८०  ०६:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
झापा-५ का निर्वाचित सांसद शाहद्वारा निर्वाचन खर्च सार्वजनिक
झापा-५ का निर्वाचित सांसद शाहद्वारा निर्वाचन खर्च सार्वजनिक सोमबार, फागुन २५, २०८२
दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल-नारायणगढ सडक अवरुद्ध
दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल-नारायणगढ सडक अवरुद्ध सोमबार, फागुन २५, २०८२
सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’ ढुङ्गा बिछ्याउन सुरु
सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’ ढुङ्गा बिछ्याउन सुरु बुधबार, फागुन २०, २०८२
वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात
वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात मंगलबार, फागुन १९, २०८२
सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन
सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन सोमबार, फागुन १८, २०८२
निगमको यात्रु र आम्दानीमा उल्लेखनीय सुधार
निगमको यात्रु र आम्दानीमा उल्लेखनीय सुधार बिहीबार, फागुन १४, २०८२
निक्षेप लिन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंककाे आह्वान
निक्षेप लिन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंककाे आह्वान बिहीबार, फागुन १४, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
भोट के मा ? 
भोट के मा ? 
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP