Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
अर्थ
  • Home
  • अर्थ
  • रक्तदान गरौं, पूण्य कमाऔं
रक्तदान गरौं, पूण्य कमाऔं
admin123
admin123 आइतबार, साउन २०, २०७५
download (13)

- राम कुमार चौधरी - 

रगत हरेक प्राणीका लागि नभई नहुने तत्व हो । रगत बिना जीवनको कल्पना गर्न असम्भव छ । रगत अमुल्य छ, यसको कुनै मूल्य छैन । रगत कुनै बजारमा पाउने वस्तु होइन जसलाइ सजिलै किन्न सकियोस् । रगत कुनै औषधि होइन जसलाइ रसायनिक प्रक्रियाद्वारा बनाउन सकियोस् अथवा उत्पादन गर्न सकियोस् । रगतको विकल्प रक्तदान हो । यस्तो अमुल्य चिजमा संबेदनसिल हुन जरुरी छ । शरीरमा रगतको सन्तुलित परिमाण हुन जरुरी छ । रगतको कमी हुँदा मान्छे बिरामी हुने वा ज्यानै जाने हुनसक्छ । कसैलाई रगतको आवश्यक पर्यो भने पसलबाट सामान किने जसरी किन्न सकिदैन, यसका लागि रक्तदान गर्ने व्यक्तिको आवश्यकता पर्छ । बाढी, पहिरो, भुकम्प जस्ता प्राकृतिक प्रकोपले धेरै मानिसहरु प्रताडित हुन्छन् । त्यतिबेला रगतको आवश्यक हुन्छ । रक्तअल्पता, सिकलसेल, थालस्मियाका बिरामीहरुलाई नियमित रगत आवश्यक पर्दछ । प्रसुतीको समयमा शल्यकृया गर्दा महिलाहरुलाई, विभिन्न शल्यकृया गर्दा सबैलाई रगतको अत्याधिक आवश्यक पर्दछ । थोरै थोरै संकलित रगतले बिरामीलाई सहयोग पुग्छ । रक्तदान स्वस्फूर्त तवरले दिने कार्य हो । रगतदान गर्ने जस्तो ठूलो मानविय कार्य अरु कुनै छैन । बिश्वमा मनिसले ज्यान गुमाउने कारण मध्य रगतको अभाव पनि मुख्य हो । प्राकृतिक प्रकोप कुनै संकेत दिएर आउँदैन अचानक आउँछ र ठूलो धन जनको क्षति गर्छ । यस्तो अवस्थामा रगतको अभावले धेरैले ज्यान गुमाउने गर्दछन् । २०७२ सालको बिनासकारी भुकम्पमा दस हजार भन्दा बढिले ज्यान गुमाएका थिए त्यो अवस्थामा पनि रगतको अत्याधिक आवश्यकता परेको थियो । रगतदान गर्नेहरुको अभावले सधै रगत आवश्यकता भन्दा कम स्टक हुने गरेकोछ । रगतले जात हेर्दैन । अघि पछि जात भातको कुरा गर्ने ब्यक्तिले आफुलाई रगत आवश्यक परेको बेला थाहा पाउँछ कि रगत सबैको रातो हुन्छ र रगत सबैलाई चल्दो रहेछ भनेर । मानिस सामाजिक प्राणी हो, जसरी समाजमा एउटाको दुःखमा अर्कोले सहयोग गर्छ त्यसरी नै रक्तदान गर्न जरुरी छ । तर रगतको कुरा आउँदा मान्छे पछि हट्ने प्रवृत्ति देखिन्छ । आफनै परिवारको सदस्यलाई रगत चाहिंदा पनि आफुले रगत नदिई अरु रक्तदाता खोज्ने गरेको हामीले देखेका छौं, जुन हामी सबैका लागि बिडम्वना हो । नियमित रक्तदान नगरे पनि विभिन्न अवसरमा रक्तदान गर्दा राम्रो हुन्छ । विभिन्न उत्सब, जन्मदिनको अवसर फजुल भोजमा खर्च गर्नुभन्दा यस्तो मानविय कार्य गर्नु उत्तम हुन्छ । रक्तदान सम्बन्धि मानिसको गलत धारणा रहि आएको छ । रक्तदानको कुरा गर्दा शरिर कमजोर हुने गलत धारणा रहेको छ । धेरै व्यक्तिमा रहेको यस्तो गलत धारणाको भुतलाइ चिर्न जरुरी छ । रक्तदान गर्नु सामाजिक कार्यका साथै स्वस्थ बन्नु पनि हो । समान्यतया १८ वर्ष देखि ६० वर्ष उमेर समुहका न्यूनतम ४५ किलो तौल भएका शारीरिक र मानसिक रुपमा स्वस्थ ब्यक्तिले रक्तदान गर्न मिल्छ । महिलाको हकमा महिनावारी भएको बेला, पेटमा बच्चा भएको बेला, बच्चाले दूध खाने बेला बाहेक स्वस्थ महिलाले रक्तदान गर्न मिल्छ । हाम्रो शरिरको आवश्यक भन्दा केही धेरै रगत शरीरमा रहेको हुन्छ । आफुलाई अलि धेरै भएको रगत नै दान गर्ने हो जसले शरीरलाई कुनै हानी गर्दैन । शरीरमा रगत उत्पादन प्रक्रिया चलिरहन्छ । हामीले दिएको रगत ९० दिन भित्र पुनः सृजना भइसक्छ । शरीरमा रगत उत्पादन हुने, मर्ने प्रक्रिया चलिरहन्छ । रगत खेर जानु भन्दा आवश्यक परेकोलाई दिनुपर्छ । स्वस्थ ब्यक्तीले तीन तीन महिनाको अन्तरालमा नियमित रक्तदान गर्न मिल्छ । रक्तदानले शरीर स्वस्थ हुन्छ र फुर्तिलो भएको महसुस हुन्छ । नियमित रगत दिदा हाम्रो स्वास्थ्य परिक्षण भइरहन्छ र शरीरको स्वास्थको बारेमा आफुलाइ जानकारी भइरहन्छ । रक्तदानले कतिपय मुटु सम्बन्धि रोग निदान भएको पनि प्रमाणित भैसकेको छ । रक्तदान गर्ने मान्छेको रक्तदान नगर्नेको भन्दा दुई गुना हृदयघात हुने सम्भावना कम हुन्छ भन्ने भनाई छ । यी तथ्य बाट पनि प्रष्ट हुन्छ कि रक्तदानले शरीरलाई कुनै हानी गर्दैन । शिक्षित युवाहरुलाइ रक्तदान सम्बन्धि चेतना नभएको होइन । चेतना छ तर उनीहरुमा उत्प्रेरणाको खाचो छ । मेरो उमेर २१ वर्ष भए देखि समयले भ्याए सम्म र स्वस्थ भएको अवस्थामा नियमित रक्तदान गर्दै आइरहेको छु र भबिष्यमा पनि गर्ने छु । आज सम्म १० पटक मैले रक्तदान गरिसकेको छु । मेरो आज सम्मको रगतले कतिको ज्यान बचेको होला यहि कुराले मलाई आत्म सन्तुष्टिको आभाष गराउँछ । मेरो एक थोपा रगतले कसैको ज्यान बच्छ भने यस्तो मानविय कार्यमा म किन अग्रसर नहुने ? मेरो जीवनको ६० वर्ष सम्म कसो १०० पटक नपुग्ला ? शहरी क्षेत्रमा रक्तदान सम्बन्धी जनचेतना अझै पनि प्रयाप्त मात्रमा पुगेको छैन भने ग्रामीण क्षेत्र त झन टाढाको कुरा भयो । संघ संस्था, युवा समूह मार्फत बिद्यार्थी, युवाहहरुलाई रक्तदान गर्न उत्प्रेरणा जगाउन जरुरी छ । पाठ्यक्रममा पनि रक्तदानको महत्व बारे समाबेश गर्न जरुरी छ । अझै पनि रक्तसञ्चार केन्द्रहरु शहरी क्षेत्रमा मात्र सिमित रहेको देखिन्छ । अव यसलाई ग्रामीण क्षेत्रमा बिस्तार गर्न जरुरी छ । मान्छेहरु धर्म कमाउने नाममा पुजा आराधना गर्ने, धुप बत्ती बाल्ने गर्छन् । मन्छेको जीवन बचाउने जस्तो धर्म अरु केही हुँदैन । कुन बेला आफुलाई रगतको आवश्यकता पर्छ थाहा हुँदैन, त्यसैले आफ्नो जस्तै अवस्था अरुको पनि होला, हुन सक्छ भनेर नियमित रक्तदान गरौं, आफु स्वस्थ बनौं, अरुलाई पनि स्वथ बनाऔं ।
प्रकाशित मिति: आइतबार, साउन २०, २०७५  १७:२८
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप अर्थ
पारित भयाे लुम्बिनी प्रदेशको बजेट 
पारित भयाे लुम्बिनी प्रदेशको बजेट  बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा बुधबार, असार २०, २०८०
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै बुधबार, असार २०, २०८०
बढ्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य बुधबार, असार २०, २०८०
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार बुधबार, असार २०, २०८०
दोहोरो अंकले बढ्यो नेप्से
दोहोरो अंकले बढ्यो नेप्से मंगलबार, असार १९, २०८०
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP