Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
अर्थ
  • Home
  • अर्थ
  • धार्मिक, पर्यटकीय क्षेत्र बागेश्वरी
धार्मिक, पर्यटकीय क्षेत्र बागेश्वरी
admin123
admin123 सोमबार, असार १८, २०७५
download (15)
- -   --— लोकेन्द्र बहादुर शाह — आज भन्दा करिव २४४ वर्ष अगाडी देखि वागेश्वरी नाग पर्वतमा श्रावण मालिका चतुर्दशीका दिन धुमधामका साथ वैदिक विधि पूर्वक वागेश्वरी देविको पुजाआजा हुने, श्रदालु भक्तजनहरु एकादसी देखि चतुदर्शीसम्म एकचित्त भावले ब्रत उपासन गरी रुद्री पुजा समेत गर्ने, चतुदर्शीका दिन विहानै देखि बाल, वृद्ध नरनारी भक्तजन हरुको उपस्थितिमा दिउसो विशाल धार्मिक मेला लाग्ने परम्परा रहेको छ । आज भन्दा करिव २४४ वर्ष अगाडी देखि वागेश्वरी नाग पर्वतमा श्रावण मालिका चतुर्दशीका दिन धुमधामका साथ वैदिक विधि पूर्वक वागेश्वरी देविको पुजाआजा हुने, श्रदालु भक्तजनहरु एकादसी देखि चतुदर्शीसम्म एकचित्त भावले ब्रत उपासन गरी रुद्री पुजा समेत गर्ने, चतुदर्शीका दिन विहानै देखि बाल, वृद्ध नरनारी भक्तजन हरुको उपस्थितिमा दिउसो विशाल धार्मिक मेला लाग्ने परम्परा रहेको छ ।वि.सं. २०६७ सालको चतुर्दशी पर्वमा दर्शनार्थीहरुलाई दर्शन गर्ने उचित व्यवस्था नभएकोले केही असहाय महिलाहरुले चढाउन लगेको फलफूल अछेता भूइमा पोखिन गयो त्यसैबाट प्रेरित भएर उचित व्यवस्था मिलाउन शुरुमा पुजा समिति गठन गरी दर्शनार्थीहरुलाई शान्तिपूर्ण तरिकाले दर्शन गर्ने व्यवस्था मिलाइएको थियो । यस धार्मिक क्षेत्रको भौतिक संरचनाको विकास गर्ने दर्शनार्थीहरुलाई दर्शन गर्न पाउने उचित व्यवस्था मिलाउन पवित्र उद्देश्यलाई आत्मसात गरी मिति २०६८ साल भाद्र १ गते यस संस्थाको स्थापना भएको ७ वर्ष पुग्दैछ । यो मुनाफा रहित आध्यात्मिक पवित्र संस्था हो । यस धार्मिक पर्यटकीय क्षेत्रको संरक्षण र विकास गर्ने अभिप्रायले नेपालको सँघ—संस्था दर्ता ऐन २०३४ को अधिनमा रही वागेश्वरी व्यवस्थापन समिति नाडा २०६८ गठन भई २०६९ असार १७ गते जिल्ला प्रशासन अछाममा दर्ता भएको थियो । सोही बमोजिम २०७० वैशाख ८ मा आन्तरिक राजस्व कार्यालय धनगढीबाट स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र प्राप्त गरेको यो संस्था २०७१ मंसिर २८ मा समाज कल्याण परिषद काठमाडौंमा समे्त आबद्ध भईसकेकोछ । बागेश्वरी मन्दिर । प्राकृतिक महिमा अलौकिक शक्तिको देन हो । आकाश, सूर्य, पृथ्वी, चन्द्रमा, तारा नक्षत्र, ग्रह लगायत प्राणी, वनस्पती, जलस्रोत, खनिज पदार्थ, सम्पूर्ण ब्रहमाण्ड दैवी शक्तिकै परिणाम हो । विष्णु भगवानले जगतको रक्षार्थ युग-युगमा पृथ्वीमा अवतार लिनुहुन्छ भन्ने धार्मिक शास्त्रमा उल्लेख छ । श्री कृष्ण भगवानले गीतामा भन्नु भएको छ । “यदा यदाहि धर्मस्य ग्लानिर्र्भवती भारत, अभ्युत्थानम तदात्मानम् सृजाम्यहम् । परित्राणाय साधुनाम विनाशायच दुष्किृताम्धर्म संस्थापनार्थाय सम्भवामी युगे युगे” यस क्रममा भगवानका १० अवतार मत्स्य, कर्मठ, बराह, नरसिंह, बामन, पर्शुराम, राम, कृष्ण, बौद्ध, कलंकी र २४ अवतार यसै गरी विभिन्न देविहरु शारदा, हंसवाहिनी, जगतमाता, बागेश्वरी, काली, महाकाली, दुर्गा, चामुण्डा, भैरवी, त्रिपुरेश्वरी, जाल्पादेवि, कौमारी, बरदायनी, बुद्धिरात्री, ब्रहमचारिणी, चन्द्रघण्टा, कात्यायनी, सिंहबाहिनी, मालिका आदि देविहरु विभिन्न नाम र रुपमा विभिन्न समयमा संसारकै रक्षाका लागि अवतार लिनु भएको छ । दानवताबाट मानवता, असभ्यताबाट सभ्यता, अन्धकारबाट उज्यालो, अनैतिकताबाट नैतिकता, दुव्र्यहारबाट सद्व्यवहार, दुराचारबाट सदाचार, दुष्चरित्रताबाट सच्चरित्रता, खराबवाट असल बन्न प्रेरित गर्ने आध्यात्मिक जगत हो । यही नै हाम्रो सर्वोच्च धरोहर हिन्दु दर्शन हो । भारत र नेपालको उत्तरमा रहेको पर्वतको सेरोफेरोलाई हिमखण्ड, मानसरोवरखण्ड, केदारखण्ड, जालन्धरखण्ड, जुम्बु कश्मिर खण्डमा विभाजन गरिएको छ । मानसरोवरखण्ड अन्तर्गत नेपालको सुदुरपश्चिम तथा मध्यपश्चिम क्षेत्र पर्दछ । पूर्वमा भेरी, कर्णाली, पश्चिममा महाकाली र नन्दा नदी, कुमाउ गढवाल सिमाना सम्मको अवस्थित भूभागलाई मानसखण्ड भनिएको छ । मानस खण्ड भित्र मानस क्षेत्र, छापाक्षेत्र, ज्वालाक्षेत्र, वैजनाथ क्षेत्र, मालिका क्षेत्र, तितौडा, त्रिपुरापर्वत, वागेश्वरी नागपर्वत, बगलदेउ गौरीपर्वत क्षेत्र पर्दछन् ।पौराणिक कथाका आधारमा पुराण मानसखण्डमा शिव पार्वती कैलास पर्वतबाट बनविहार गर्न जाँदा शिवजीले पार्वतीलाई छलगरी अछाम गौरीपर्वत शिवगुफा बगलदेउमा लुकेपछि पार्वतीले शिवजीलाई खोज्दा—खोज्दै नभेटाई चिन्ता गर्न लाग्दा, त्रिपुरेश्वरी र वागेश्वरी देविको दर्शन भई पार्वतीलाई शिवजी लुकेको गौरीपर्वत गुफा बगलदेउ बासुधारामा भएको बताएकी थिइन् र पार्वती गौरीगुफामा गई शिवजीसँग दर्शन भेट भई प्रशन्नताका साथ शिव—पार्वती कैलास तर्फ लाग्नु भएको ईतिहास छ । सोही बेलादेखि नागपर्वतमा बागेश्वरी, त्रिपुरापर्वतमा त्रिपुरेश्वरी र बगलदेउ शिवगुफा बासुधारामा शिव पार्वतीको पूजा अति प्राचिन समय देखि भईरहेकोले यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र भनिएको हो ।     बागेश्वरी मन्दिरको मनोरम दृश्य । बागेश्वरी धार्मिक तथा पर्यटकिय क्षेत्र अछाम जिल्ला तुर्माखाँद गाउँपालिका वडा नं. ५ मोयाकाडाँ र बुदे लेकको बिचमा पर्ने नागपर्वमा श्री बागेश्वरी देवीको मन्दिर प्राचिन धार्मिक महत्व बोकेको यस क्षेत्र भित्र धवलपुरा देवताको मन्दिर र पुराना बागेश्वरीका मन्दिर स्थलहरु नागजस्तै तल माथि घुमेका साना—ठुला, अग्ला होचा अनेक पर्वत श्रृंखलाहरु रहेका साथै मनोरम हरियाली दृश्य, बन्यजन्तु र बसन्त ऋतुमा राष्ट्रिय फुल लाली गुराँस चौतर्फी फुलेको लालिम्यता हेर्न वर्षभरी सयौैंको संख्यामा आगमन भईरहने साथै वर्षको दुईपटक लाग्ने धार्मिक मेलामा मन्दिरमा दर्शन गर्न आउने भक्तजन धार्मिक तिर्थयात्रीहरु समेतको घुईंचो लाग्ने हुँदा वृहत क्षेत्र समेटिने गरी यस संस्थाको नाम दोस्रो साधारण सभाबाट बागेश्वरी धार्मिक तथा प्राकृतिक पर्यटकिय क्षेत्रको रुपमा परिवर्तन गरिएको छ । २४४ वर्ष अगाडी धुर्ढाङटा मौजाका मुखिया भगवती शाहीले पाएको वरदान स्वरुप मालिका जानु नपर्ने र मालिका चर्तुदशीका दिन वागेश्वरीकै पुजाआजा गर्नुपर्ने, दर सन्तान नायक ठाकुर बागेश्वरीको मूलकर्ता भई त्रयोदशीको दिन देखि एकाग्र चित्तले खडरात्री गरी पुजा गर्ने परम्परा रहेको छ । यस धार्मिक धाममा डोटी, कैलाली, सुर्खेत, दैलेख समेतका दर्शनार्थी आउने र अछामको पूर्वीभेक नाडा, तुर्माखाँद, भैरवस्थान, रहफ, ढुंगाचाल्ना, बाँच्कोट, ढकारी, बलाँता, हिच्मा, तोषि, धमाली, रानीवन, मुली, कमल बजार, घोडासैन, लाची घेगण, बजगाउँ सम्मका दर्शनार्थीहरु दर्शन गर्न आउने गर्दछन्, यहाँ दर्शन गर्दा विद्या, धन सम्पती, पशुवस्तु, सन्तान तथा सुस्वास्थ्यको वरदान मिल्ने विश्वास रहेको छ । बैदिक विधिअनुसार पुजा हुने यस धार्मिक क्षेत्रमा पुरोहितहरुद्धारा वेदमन्त्र उच्चारण हुने, जय—जयकार गरिने, प्रसाद तिलक ग्रहण गर्ने परम्परा छ । यस धार्मिक पर्यटकिय क्षेत्र नागपर्वतमा हाल ३ वटा मन्दिरहरु रहेका छन्— विशाल बागेश्वरी मन्दिर, बागेश्वरी हवनकुण्ड पुरानो मन्दिर र धवलपुरा मन्दिर । वागेश्वरीमा पुरोहित जयलाल उपाध्याय, धवलपुरामा पुजारी नरहरी जैशी, वागेश्वरी मन्दिरमा मुलकर्ता नायक ठाकुर श्री डिल बहादुुर शाहीका सट्टा भाई मिन बहादुर शाही कर्ताका साथमा काम गरी रहेका छन् । वि.सं. २०६९ देखि नै गणेश मूर्ती स्थापना गरी घोडासैन निवासी पद्माखर उपाध्यायलाई पुरोहितमा समितिले नियुक्त गरेको छ । बागेश्वरी मन्दिर तथा धवलपुराका कर्ता पुरोहित र पुजारी परम्परागत रुप कायम रहेका छन् । भगवती शाहीले वागेश्वरी मूर्ति माथिल्लो अग्लो डाँडामा प्रतिस्थापन गरी परम्परागत रुपमा पूजा गरी रहेकोमा कसैले दुषित पारेपछि नायक ठाकुर जलहर शाहीका पालामा उनकै काईंला भाइ मुखिया श्री गोकुल शाहीले बनाएको बागेश्वरी काष्ठ मन्दिर केही वर्ष पछी जिर्ण भएपछी स्व. परमपूज्य बुवाज्यू पूर्ण बहादुर शाहीले २०१० सालमा निजी स्रोतमा निर्माण गर्नु भएको बागेश्वरी मन्दिर हामी छोराहरुले निजीस्रोत मै मर्मत गरी समिति लाई २०७१ साउन २३ गते शुक्रबारमा हस्तान्तरण गरेका छौं । । सोही मन्दिर हाल बागेश्वरी हवनकुण्ड रहेको छ । यस समितिले चारवटा साधारण सभा सम्पन्न गरेर पाँचौ साधारण सभा सम्पन्न गर्दैछ । प्रथम साधारण सभा २०६९ मंसिर १५ र १६ गते श्री जिवनोद्धार नि.मा.वि.बुदे नाडामा, दोस्रो साधारण सभा मिति २०७१ भाद्र ७ गते श्री अष्टसिद्धी मा.वि.ढुंगाचाल्नामा तेस्रो साधारण सभा मिति २०७२ चैत्र १२ गते श्री कालिकेश्वरी मा.वि. तुर्माखाँदमा, चौथो साधारण सभा मिति २०७३ असोज ८ गते बाँसकाँडामा सम्पन्न भएको थियो । प्रथम साधारण सभा पूर्व माननीय रामबहादुर विष्टको प्रमुख आतिथ्यता तथा गोकर्ण बजगाईको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो भने दोस्रो साधारण सभा सँयुक्त सप्त पंण्डितहरु, तेस्रो साधारण सभा पूर्व जि.वि.स. सभापति भरत कुमार स्वाँर र चौथो साधारण सभा पूर्व माननीय शेर बहादुर कुवँरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । २०६८ साउन २२ मा बागेश्वरी पुजा समिति, २०६८ भाद्र १ गते बागेश्वरी व्यवस्थापन तदर्थ समिति, २०६९ मंसिर १५ मा बागेश्वरी मन्दिर व्यवस्थापन मूल समिति, बागेश्वरी मन्दिर व्यवस्थापन केन्द्रीय समिति हुँदै, दोस्रो साधारण सभाबाट २०७१ भाद्र ७ गतेबाट यस समितिको नाम श्री बागेश्वरी धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र विकास समिति नागपर्वत नाडा अछाम रहेकोछ । बागेश्वरी मन्दिर । यस संस्थाको समितिमा हाल २१ जना पदाधिकारीहरु रहनुका साथै १२ वटा उपसमिति रहेका छन् भने २०५ जना आजिवन सदस्य र १८ जना साधारण सदस्य रहेका छन् । यस समितिले बागेश्वरी मन्दिर क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले आधुनिक मनोरम तिर्थस्थलको रुपमा परिणत गर्न विशाल बागेश्वरी मन्दिरको निर्माण कार्य २०६९ भाद्र देखि जि.वि.स.अछामको इस्टिमेटको आधारमा प्रारम्भ गरेको थियो । दर्शनार्थीहरुका लागि धर्मशाला, खानेपानी शौचालय, मनोरम उद्यान, घेरा पर्खाल साना मन्दिरहरु, धवलपुरा देवताको मन्दिर, गणेश मन्दिर, होमकुण्ड, होमशाला, प्रवचन मञ्च, देविका ११ वटा स्तुपहरु, नाचन्थली र मोयाकाडाबाट आउने सिढि, चौतारा आदि भौतिक संरचना निर्माण गर्ने उद्धेश्य राखि श्रदालुु भक्तजनहरु, सविकका गा.वि.स., बाह्य संघसंस्था, सरकारी निकाय, जि.वि.स., पर्यटन विभाग, पर्यटन मन्त्रालय, राष्ट्रिय योजना आयोग, पुरातत्व विभाग समक्ष अनुरोध गरिएको थियो । २०७० चैत्र १२ मा मन्दिरको आठवटा विमहरु राखी शुरु गरिएको मन्दिर निर्माण कार्यमा तत्कालीन नाडा गा.वि.स.को वडानम्बर ४, ९ र ६ का स्थानीयहरुको श्रमदानरह्यो भने  २०७१ असार ६ मा मन्दिरको पहिलो तलाको ढलानमा नाडा र ढुंगाचाल्ना मोयाकाँडा बासीहरुको श्रमदान रहेको थियो । त्यसैगरी २०७१ चैत्र २७ मा दोस्रो तला ढलानको श्रमदान नाडा र ढुंगाचाल्ना मोयाकाडाँबासीबाट श्रमदान भएको थियो । श्रावण मालिका चतुदर्शी पर्वका दिन दर्शनार्थीहरुलाई उचित समयमा दर्शन गर्न पाउने व्यवस्थाका लागि स्वयंसेवकहरुको व्यवस्था गरी परिचालन गर्ने, शान्ति सुरक्षाको व्यवस्था गर्ने गरिएको छ । पर्वका अवसरमा टाँगो ढाल्ने तुरन चुडा चुड गरी लिने प्रथा निरुत्साहित गरी आफूले लिने तुरन पुरोहितद्धारा अभिशेष गराई लैजाने र टाँगामा राखिएको पर्गलो नझिक्ने, टाँगो नढाल्ने व्यवस्था मिलाइएको छ । पुजारीहरु त्रयोदर्शीका साँझ मन्दिरमा पुग्ने भजन कृतन गर्ने चतुदर्शी पर्वका दिन विहान देखि पुजापाठ गर्ने, दर्शनार्थीहरुका लागि दर्शन गर्ने उचित व्यवस्था मिलाउने र शान्ति सुरक्षाको भर पर्दो व्यवस्था मिलाउने गरिएको छ । यस संस्थाले सामाजिक कुरीति, विसंगती, भेदभाव, रुढी  अन्धविश्वास विरुद्ध चेतना मुलक कार्यक्रममा विशेष जोड दिंदै आएकोछ । वन्य जन्तु संरक्षण, कृषि सुधार, शिक्षा, स्वास्थ्य, बाटोघाटो, विजुली बत्ती, खानेपानी, यातायातको विकास गर्न सम्बन्धित निकायसँग सम्पर्क गर्न क्रियाशिल छ । नियमित बैठक गरी संस्थालाई चुस्त—दुरुस्त राख्ने गरिएको छ । पुरातत्व विभागबाट यस संस्था भौतिक पूर्वाधार संरक्षणका लागि उपलब्ध अनुदान १ लाखबाट माथिल्लो डाँडामा अर्को बागेश्वरी मन्दिरको आधार खडा गर्ने कार्य भएकोछ साथै साविकको नाडा गाविसले उपलब्ध गराएको अनुदान ५० हजार धवलपुरा मन्दिर निर्माण कार्य भएकोछ । जसलाई पूर्णता दिन बाँकी छ । २०७३ भाद्र ४ गते तिनतले करा देखि बागेश्वरी मन्दिर पोखरी सम्म श्रमदानद्धारा पाइप ढाक्ने काम गरी खानेपानीको व्यवस्था मिलाईएकोछ । परम्परागत रुपमा मन्दिरका पुजारी र पुरोहितहरुको सम्मान गर्दै नियूक्ति पत्र दिइएको छ । पर्वका अवसरमा वर्षको १ पटक संस्थाकै विकास का लागि पुजारी तथा पुरोहितहरुबाट स्वेच्छिक चन्दा लिने गरिएको. छ । पर्वका अवसरमा मन्दिर परिसरमा दानपेटी पनि राख्ने गरिएको छ । यस संस्थाले बास नेपालगञ्जसँगको सहकार्य, विभिन्न संघसंस्था, विभाग तथा तुर्माखाँद गाविसको सहयोगमा श्री कालिकेश्वरी मा.वि.तुर्माखाँदमा २०७३ मंसिर १० गते निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । राष्ट्रिय सूचना आयोगंका प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले उद्घाटन गरेको उक्त स्वास्थ्य शिविरमा भेरी अञ्चल अस्पताल नेपालगञ्जका वरिष्ट सर्जन डाक्टर रुपानन्द अधिकारी, पेट रोग विशेषज्ञ डाक्टर संकेत रिसाल, स्त्री रोग विशेषज्ञ डाक्टर कुमार सान शाह, नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश चौधरी, यौन रोग तथा छालारोग विशेषज्ञ डाक्टर आर.के. झा, फत्तेवाल आँखा अस्पतालका चिकित्सकहरुले बिरामीहरुको चेकजाँच गरेका थिए । बागेश्वरी मन्दिरमा रहेका घण्ट । २०७४ साउन २२ गते बागेश्वरी धाममा विशाल मालिका चतुदर्शी पर्व मेला सम्पन्न भएको थियो । तुर्माखाँद प्रहरी चौकी र ढुंगाचाल्ना प्रहरी चौकीबाट शान्ति सुरक्षाका लागि शुरक्षाकर्मीहरु खटिएका थिए । तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माको प्रमुख आतिथ्यता र उपाध्यक्ष अमृता देवि बुढाको विशेष आतिथ्यतामा धार्मिक प्रवचन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष तुलाराम जैशी, समितिका सदस्यहरु लेखेन्द्र बहादुर शाही, जित बहादुर शाही, तथा सल्लाकार सदस्य विष्ण बहादुर शाही, सल्लाहकार सदस्य रमादेवि शाहको उपस्थिती थियो । मिन बहादुर शाही कार्यक्रम संचालक थिए । प्रवचन कार्यक्रमका प्रमुख अतिथि तुर्माखाँद गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले र बिशिष्ठ अतिथि तुर्माखाँद गाउँपालिकान उपाध्यक्ष अमृता देवी बुढाले गाउँपालिकाको सहयोगमा मन्दिररिसर क्षेत्रमा थप भौतिक संरचनाहरु निर्माण हुने बताएका थिए । तुर्माखाँद गाउँपालिकाबाट प्राप्त ८ लाख अनुदानबाट २ कोठे बागेश्वरी धर्मशाला भवनको निर्माण कार्य सम्पन्न भईसकेको छ । अझै यस धार्मिक तथा पर्यटकीय क्षेत्र भित्र धेरै भौतिक संरचना निर्माण गर्न बाँकी नै छन् । जसमा विशाल बागेश्वरी मन्दिरको रङ्गरोङ्गन, खानेपानीको स्थायी व्यवस्थापन, गणेश मन्दिरको निर्माण, ११ वटा देविहरुको स्तुप निर्माण, भजन कृतन भवन निर्माण, प्रवचन मंच निर्माण, रमणिय उद्यान, घेरापर्खाल निर्माण, पूर्व—पश्चिमबाट दर्शनार्थीहरु प्रवेश गर्ने ढोका निर्माण, दुबै तर्फबाट सिढी निर्माण, पुरातत्व विभागको अनुदानबाट अर्को बागेश्वरी मन्दिरको आधारजग मात्रै निर्माण भएकोले निर्माण कार्यको पूर्णता लगएत रहेका छन् । त्यसैगरी नाचन्थली देखि माथिल्लो अग्लो बागेश्वरी मन्दिर पुरानो स्थल सम्म जाने गोरेटो बाटो निर्माण, विशाल बागेश्वरी मुर्ति र बागका मूर्ती निर्माणका साथै महिला पुरुषका लागि छुट्टाछुट्टै शौचालय निर्माण रहेका छन् । यि बाँकी रहेका योजनाहरु प्राथमिकिकरण गरी आगामी दिनमा कार्यान्व्यन गरिनेछ । श्री बागेश्वरी माताले हामी सवैको रक्षा गरुन् । जय बागेश्वरी ! (संस्थाका अध्यक्ष शाहले २०७५ असार ९ गते अछामको तुर्माखाँदमा सम्पन्न पाँचौं बार्षिक साधारण—सभामा प्रस्तुत बार्षिक प्रतिवेदनको सम्पादित अँश—सम्पादक)
प्रकाशित मिति: सोमबार, असार १८, २०७५  १३:३२
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप अर्थ
पारित भयाे लुम्बिनी प्रदेशको बजेट 
पारित भयाे लुम्बिनी प्रदेशको बजेट  बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा बुधबार, असार २०, २०८०
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै बुधबार, असार २०, २०८०
बढ्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य बुधबार, असार २०, २०८०
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार बुधबार, असार २०, २०८०
दोहोरो अंकले बढ्यो नेप्से
दोहोरो अंकले बढ्यो नेप्से मंगलबार, असार १९, २०८०
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP