काठमाडौं– मलेसिया रोजगारीमा एकाधिकार (सिण्डिकेट) भित्र्याउन सक्रिय २५ व्यवसायीको तस्बिरमा जुत्ता हानेर विरोध गर्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ।
एकाधिकारविरुद्ध नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई दबाब दिन भेला भएका व्यवसायीहरुले आफ्नै जुत्ता खोलेर २५ व्यवासायीको तस्बिरमा हानेका हुन्। यसअघि गत शुक्रबार पनि व्यवसायीहरुले यसैगरी जुत्ता हानेर विरोध जनाएका थिए।
भेला हुने व्यवसायीहरुले कुनै पनि व्यवसायीलाई मलेसियाको श्रमिक भर्ना प्रक्रियाबाट बाहिर राखिए २५ व्यवसायीहरुलाई नछोड्ने चेतावनी दिँदै आएका छन्।
गत अगस्ट २१ मा मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेण्ड सिस्टम (एफडब्ल्युसिएमएस)मा नेपालबाट २५ व्यवसायीमात्र सूचीकृत भएपछि उक्त प्रणालीमा नपरेका व्यवसायीहरु आक्रोशित छन्। त्यसयता व्यवसायीको एउटा समूह संघको कार्यालयमा बिहानदेखि साँझसम्म उपस्थित हुने गरेको छ।
हेर्नुहोस् भिडियो:
‘हामी बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म संघमै बस्छौं। एकाधिकारविरुद्ध संघलाई दबाब दिन यसो गरिएको हो। सिण्डिकेटको अन्त्य नहुँदासम्म हामी यहाँ आइरहन्छौं,’ एक व्यवसायीले भने।
एकाधिकार ल्याउन खोज्नेहरु तत्काल यसबाट पछि नहटे संघर्षका कार्यक्रमलाई कडा बनाउँदै लग्ने उनीहरुको अडान छ।
२५ व्यवसायी, जसको फोटोमा हानियो जुत्ता
- सुरज केसी, फ्रन्टलाइन रिक्रुटमेन्ट प्रालि
- आङनवाङ शेर्पा, लाल धनुष इन्टरनेसनल सर्भिस
- विनोद श्रेष्ठ, नेपाल प्लेसमेन्ट एजेन्सी प्रालि
- रघुनाथ पुरी, द रिभर ओभरसिज प्रालि
- मिलन कट्टेल, एसिया लिंक सर्भिसेज प्रालि
- साजनमान जोशी, मोन्टेज ओभरसिज प्रालि
- बर्मदेव यादव, नेपाल एचआर सोलुसन प्रालि
- विजय केसी, स्काइ पावर इन्टरनेसनल सर्भिसेज
- रबिन गुरुङ, ट्रस्ट नेपाल ओभरसिज प्रालि
- नीलु कुमारी घले, एक्सेस पार्टनर्स प्रालि
- धनबहादुर गिरी, ह्वाइट हर्स इन्टरनेसनल प्रालि
- दीपा ढकाल, ट्रान्स एसिया इन्टिग्रेट सर्भिसेज प्रालि
- प्रकाश पौडेल, बिएम ओभरसिज प्रालि
- भरतबाबु बुढाथोकी, इण्डो अरब म्यानपावर प्रालि
- रविन घिमिरे, संयोग ओभरसिज प्रालि
- दीपककुमार शाह, ट्यालेन्ट ओभरसिज सर्भिसेज प्रालि
- रामप्रसाद श्रेष्ठ, वाइड स्पेस इन्टरनेसनल
- मोहम्मद जुनैद, खोजी रिक्रुटमेन्ट सर्भिसेज प्रालि.
- कुसाङ शेर्पा, एएनएस एसोसिएट्स प्रालि
- जुबिर अहमद खान, अल–हयात म्यानेजमेन्ट सिस्टम प्रालि
- किशोरकुमार हमाल, अल स्किल्स इन्टरनेसनल ह्युमन रिसोर्सेस
- बेलबहादुर श्रेष्ठ, बिलिभेबल ओभरसिज प्रालि
- अच्युत मैनाली, डी स्क्वायर्ड ग्रुप
- भिमसेन सापकोटा, डी.डी. ह्युमन रिसोर्सेस ग्रुप प्रालि
- खड्गबहादुर राई, प्यारामाउन्ट एम्प्लोयमेन्ट कन्सल्टेन्सी प्रालि