काठमाडौं- नागरिक लगानी कोषले महाशक्ति सिमेन्ट लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ।
सोसम्बन्धी सम्झौतामा शुक्रबार कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सिमेन्ट कम्पनीका अध्यक्ष राजाराम खड्काले हस्ताक्षर गरेका छन्।
उक्त कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको एक करोड ७८ लाख ५० हजार ८५७ कित्ताबराबरको एक अर्ब ७८ करोड ५० लाख ८५ हजार ७०० रुपैयाँको सेयर निस्कासन गर्दै छ।
कम्पनीले सम्झौता भएको मितिले ६ महिनाभित्र सेयर निष्कासन गरिसक्नु पर्ने छ। सो अवधिभित्र सेयर निष्कासन नभएमा पुनः नयाँ सम्झौता गर्नुपर्ने व्यवस्था रहेको छ।