काठमाडाैं- नेपाल स्वास्थ्य व्यवसायी महासंघले भोटेकोसी बाढी पीडितलाई २० लाख पाँच हजार रुपैयाँ सहयोग गरेको छ । महासंघले मंगलबार उक्त रकम प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गरेको महासंघका कोषाध्यक्ष दाताराम काफ्लेले जनाए ।
विपद्को पीडामा साथ, मानवताको हात भन्ने हेतुले सहयोग गरेको महासचिव काफ्लेले बताए । `विपदको बेलामा जे सकेको हो त्यो गर्यौ । देश दुःखमा परेको बेला आफ्नो ठाउँबाट सकेको सहयोग गर्नु नै हाम्रो मानवीय धर्म र सामाजिक दायित्व हो,´ काफ्लेले भने ।
गत भदौ १० गते आएको बाढिको कारण भएको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै वैदेशिक रोजगार क्षेत्रसंग सम्बन्धित विभिन्न संघ संस्थाले सहयोग गर्ने क्रम जारी छ ।