काठमाडौं- आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार चार सयले घटेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले छापावाल सुन प्रतितोला तीन लाख १८ हजार ५०० रुपैयाँ र चाँदी चार हजार ९६५ रुपैयाँ कायम भएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला तीन लाख २० हजार ९०० रुपैयाँ र चाँदी चार हजार ९६५ रुपैयाँ कायम भएको थियो ।