काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला एक हजार दुई रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला रु तीन लाख २० हजार नौ सय र चाँदीको चार हजार ९६५ रुपैयाँ कायम भएको जनाएको छ ।
बुधबार छापावाल सुन प्रतितोला तीन लाख २२ हजार रुपैयाँ एक सय र चाँदीको मूल्य चार हजार ९७५ रुपैयाँ कायम भएको थियो ।