काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय र चाँदीको मूल्य ६५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला तीन लाख २२ हजार दुई सय रुपैयाँ र चाँदीको मूल्य चार हजार नौ सय रुपैयाँ कायम भएको जनाएको छ ।
सोमबार छापावाल सुन प्रतितोला तीन लाख २२ हजार सात सय रुपैयाँ र चाँदीको चार हजार नौ सय ६५ रुपैयाँ कायम भएको थियो ।