काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँले बढेको हो । चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २२ हजार ७०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रतितोला चार हजार ९६५ रुपैयाँ निर्धारण भएको छ ।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १९ हजार ८०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ९७५ रुपैयाँ कायम भएको थियो ।