काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला दुई हजार ८०० रुपैयाँले बढेको हो । असली चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १९ हजार ५०० रुपैयाँ कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला रु चार हजार ९७५ निर्धारण भएको छ ।
गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १६ हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको असली चाँदीको मूल्य चार हजार ९८५ रुपैयाँ कायम भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ६२३ र चाँदी ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।