Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #नेपाली काङ्ग्रेस
  • #धनुषा कर्फ्यु
  • #३२औं विश्व आदिवासी दिवस
  • #फिफा
  • #युइएफए
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • दोषारोपण छाडेर छिटो समाधान खोज
दोषारोपण छाडेर छिटो समाधान खोज
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन २१, २०८३

मंगलबार प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भूमिहीन सुकुमबासीको समस्याका सम्बन्धमा जरुरी सार्वजनिक महत्‍वको प्रस्ताव दर्ता गरेका थिए । सरकारले काठमाडौंको नदी किनारबाट वैशाख १२ गते सुकुमबासीलाई हटाए पनि अहिलेसम्म उनीहरुलाई बासको व्यवस्था गर्न सकेको छैन । 

यो बीचमा भूमिहीनले विभिन्न सास्ती भोग्दै आएका छन् । सरकारले भने उनीहरुलाई थम्थमाउँदै आएको छ । तर साउन सकिनै लाग्दासमेत सरकारले यो विषयमा समाधान के भन्ने विषय पत्ता लगाउन सकेको छैन । काठमाडौं उपत्यकामा सरकारले सुकुमबासीलाई व्यवस्थापन गर्न जग्गा भेटेको छैन । भूमिहीनलाई राख्न तयार गरेको भनिएको अपार्टमेन्टमा उनीहरु अट्ने सम्भावना पनि छैन । जसकारण अहिले भूमिहीनलाई व्यवस्थापन गर्ने विषय सरकारका लागि टाउको दुखाइको विषय भएको छ । महिना दिनअघि सरकारले ५०० दिनमै यो समस्या समाधान गर्ने दाबी गरेको थियो । यसका लागि भूमि समस्या समाधान समितिमार्फत काम गर्ने भनिएको थियो ।

तर भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल स्थानीय सरकारलाई दोष लगाएर पन्छिन खोजिन् । सरकार गम्भीर भएर काम गरे पनि स्थानीय तहको असहयोगका कारण भूमिहीनलाई जग्गा मिलाउने काम अवरुद्ध भएको उनको दाबी थियो । मन्त्री रावलका अनुसार मकवानपुरगढी, मिथिला नगरपालिका, भोजपुर नगरपालिकालगायतले सूचना जारी गरिदिएका छैनन् ।

Hardik health

सुकुमबासी समस्या पहिचान, जग्गा वितरण र पुनस्र्थापनाका विषयमा तीनै तहका सरकारबीच समन्वय आवश्यक छ । स्थानीय तहसँग समन्वय गर्नु संघीय सरकारको दायित्व हो । सम्बन्धित स्थानीय तहले किन आफ्ना क्षेत्रका नागरिकलाई व्यवस्थापनमा असहयोग गरिरहेका छन् भन्नेबारे संघीय सरकारले सहजीकरण गर्नुपर्छ । उनीहरुलाई सम्बन्धित स्थानीय तहले साथ दिएन भन्दैमा भूमिहीनलाई सधैं बिचल्ली बनाएर राख्न हुन्न ।

सरकारप्रतिको विश्वास बढाउन सरकारले कुनै कसर बाँकी राख्न नहुने हो । तर ढिलासुस्तीका कारण अहिले बागमती नदी किनारमा बस्दै आएका केही भूमिहीनहरु सरकारको सम्पर्कमा पुगेका छैनन् । त्यसैले पनि सरकारले उनीहरुलाई सम्पर्कमा आउन भन्दै म्याद थप गरेको छ । विगतका सरकारप्रति जनताको अविश्वास बढ्नुको मुख्य कारण कार्यसम्पादन नै हो । जुनसुकै विषयमा ढिलाइ गर्नु असन्तुष्टिको मुख्य कारण हो ।

अहिलेको सरकारले पनि यसैगरी ढिलाइ गरिरहेको छ । आफूले नसकेपछि अरूलाई दोष दिँदै पन्छिनु गैरजिम्मेवारीपन हो । त्यसैले सरकारले स्थानीय सरकारसँग समन्वय गरेर छिटोभन्दा छिटो सुकुमबासी समस्या समाधान गर्नुपर्छ । नभए सरकारका लागि यही विषय काउसो र गलपासो बन्दै जाने छ ।
 


प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  ११:५२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
वैदेशिक रोजगार क्षेत्रको विवाद र निकासको बाटो
वैदेशिक रोजगार क्षेत्रको विवाद र निकासको बाटो बुधबार, साउन २०, २०८३
ग्यास वितरण प्रणालीलाई चुस्त बनाऊ
ग्यास वितरण प्रणालीलाई चुस्त बनाऊ मंगलबार, साउन १९, २०८३
संघीयताका अधुरा काम पूरा गर
संघीयताका अधुरा काम पूरा गर सोमबार, साउन १८, २०८३
संयम बनौं, आगो निभाऔं
संयम बनौं, आगो निभाऔं शुक्रबार, साउन १५, २०८३
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री बिहीबार, साउन १४, २०८३
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP