Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • हे पशुपतिनाथ, देश चलाइदेऊ, एक चिम्टी विवेक देऊ
हे पशुपतिनाथ, देश चलाइदेऊ, एक चिम्टी विवेक देऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ २१, २०७७
Krishna Poudel
Hardik health
‘अघि भर्खरै चोकबाट पुलिसले कोरोना समातेर लग्यो । मलाई छिटो छिटो टमाटर, स्कुस र दुईवटा अन्डा दिनु त,’ ७ भदौको झम्के साँझमा कार्यालयबाट फर्कँदै थिएँ । किराना पसलमा तरकारी किन्दै गरेकी महिलाको आवाजले झस्किएँ । उनको बुझाइ र प्रस्तुतिको शैलीले दिक्क बनायो । ‘कोरोना लाग्नु भनेको अपराध हो र प्रहरीले समातेर लैजानुपर्ने ?’ मेरो मनमस्तिष्कमा प्रश्नहरूले तँछाडमछाड गरे । हिजोआज यस्ता कैयौँ प्रश्नले घेरिएकी हुन्छु सधैँ । थन्क्याएर राख्ने ठाउैँ छैन ती प्रश्नहरू । उनै महिलाले फेरि थपिन, ‘स्वास्थ्यकर्मी, डाक्टर, पुलिस, पत्रकारलाई त झन् धेरै देखिएको छ रे । पत्रकार, पुलिस, डाक्टर, नर्स..., त्यो अनमिसनमी के के जाति हुन्छन् नि, ती कसैलाई पनि पसलमा आउन दिने होइन । म त घरपट्टीलाई भनेर पसल बन्द गराइदिन्छु ।’ झ्याप्प ब्रेक लागे जसरी मेरा पाइला रोकिए । मलाई केही किन्नु थिएन तर पनि तरकारी पसलतिर मोडिए र केही बेर ती महिलाको हाउभाउ निरीक्षण गरेँ । त्यतिकैमा पसले महिलाले ‘तरकारी किन्न आउँदा मास्क लाउन’ सचेत गराइन् । ‘मलाई कोरोना छ र ? मास्क लाउन पर्दैन हाम्ले ।’ पसलमा भए जति तरकारीको भाउ सोधे पनि दुईवटा अन्डा, एक पाउ गोलभेँडा र आधा किलो स्कुस लिएर फर्किन् उनी । पसलमा दिएको धम्कीबाटै उनीबारे बुझ्न सहज भइसकेको थियो । पसलेबाट थप जानकारी लिएँ मैले । सरकारी स्कुलकी माध्यमिक शिक्षिका । दिनको कम्तीमा चारपटक पसल आउँदी रहिछन् । ‘कराई बसाएर तेल किन्न र तरकारी ओइरिएर नुन किन्न पसल आएजस्तो बानी छ, आङ्खनो । अर्कालाई भाषण दिन्छे । एक हप्तालाई पुग्ने तरकारी एकैपटक लगे धेरै आउजाउ हुँदैनथ्यो नि, उसकै लागि मात्र पसल खोलेजस्तो । अरुलाई आउन नदिनु रे, रैथाने हुन्, बोल्न भएन,’ पीडा एकैसासमा ओकलिन् पसल्नी दिदीले । म केही नकिनी फर्किएको देखेर भनिन्, ‘चिन्ता नलिनू बहिनी, यस्ताले भन्दै गर्छन् । शिक्षित भनेर के गर्नु ? चेतना शून्य ।’ पसले दिदीतर्फ जबरजस्त एकसरो मुस्कान ङ्खयाँकेर बाटो लागेँ । कोरोनाको भन्दा पनि चेतनाशून्य समाजको कार्यशैलीले पोल्यो मलाई । सायद अग्रभागमा बसेर जोखिमपूर्ण भूमिकामा कर्तव्य पूरा गरेका सबैलाई मलाई जसरी नै पोलेको होला यस्ता व्यवहारले । बाटाभरि संक्रमितलाई गरिएको दुव्र्यवहार, चिकित्सक, नर्स, सुरक्षाकर्मीप्रतिको दृष्टिकोण, उनीहरूबारे फैलाइएको गलत प्रचारहरू मस्तिष्कमा घुमिरहे– सातामा तीन दिन कार्यालय जाने गरेकी एक जना साथीलाई घरबेटीले कोठा छाड्न भनेछन् । अल्पमतको जित, संकटमा पनि सुखमा पनि । उपत्यका बाहिरबाट आएर भाडामा बस्नेहरूको संख्या रैथानेभन्दा बढी भए पनि उनीहरू सधैँ घरबेटीबाट केही न केही विषयमा पीडित भइरहेछन् । बहुमतको पीडा अल्पमतमा धुमिल हुन्छ यहाँ सधैँ । कोरोना महामारीमा त झन् घरभेटीहरूको निर्देशन कडा, व्यवहार रुखो, अनेक तरहले निहुँ मात्र खोजिरहने । भर्खर लकडाउन सुरु भएका बेला सबै आ–आङ्खनो ज्यान जोगाउन घरभित्रै बसे । कति त माथिल्लो तलाबाट तल पनि झरेनन् । ढोकैमा कोरोना भाइरस यमराजको अनुहारमा बसेजस्तो ठानियो । हरियो तरकारी घाममा सुकाएर खाए । ढोका खोलेर बाहिर निस्कनु नपर्नेले पनि बेला बेला साबुन पानीले हात धोए । कागती पानी बेहिसाब पिए । बेसार र तातो पानी त अझ सरकारी बुटी भइहाल्यो । त्यस्तो भयभीत त्रासदीमा निजीबाहेक सरकारी अस्पतालका चिकित्सकहरूले आङ्खनो काम छाडेनन् । जागिर छाड्न घरपरिवारले दिएको दबाबमा एक डाक्टरले भनेकी थिइन्, ‘म पेसाप्रति इमानदार बन्नुपर्छ । संकटको समयमा आङ्खनो ज्ञान सन्दुकभित्र थन्क्याएर राखुँ ? तपाईं आङ्खनो पेसाबाट हात झिक्न सक्नु हुन्छ ? डाक्टर, पत्रकार, सुरक्षाकर्मीलाई पेसागत दायित्वबाट बाहिरिने छुट छैन ।’ सात पुस्तालाई पुग्ने सम्पत्ति भएका खानदानी परिवारकी एक्ली छोरी सेतो लुगा लाएर बिरामीको उपचारमा खटिइन् । उनको काम गराइले ममा अथाह प्रेरणा मिल्यो । आत्मविश्वासले भरोसा डग्न पाएन । सुरुआती दिनहरूमा संक्रमणको जोखिम कम भए पनि त्रासले सातो लिएको थियो । अहिले भने संक्रमणको संकट चुलिएको छ । एक उच्च सुरक्षा अधिकारीले भनेका थिए, ‘सुरक्षाकर्मीको पोसाक लाएकालाई मेसिन सम्झन्छ हाम्रो समाज । उनीहरूका पनि जहान, बालबच्चा, परिवार छन् र ऊ पनि मान्छे हो भन्ने बिर्सन्छ । सेवा प्रवेशमै हामीले मृत्युपत्रमा हस्ताक्षर गरेर बुझाएका त होइनौँ नि । तर, कर्तव्य निर्वाह गर्ने क्रममा ज्यान पनि गुमाउनुपर्छ ।’ लकडाउन सुरु भएपछि पूर्व, पश्चिम र दक्षिणी सीमाबाट नेपाल प्रवेश गर्नेलाई नियन्त्रणमा लिन खटिएका सुरक्षाकर्मी नै संक्रमित भएको समयमा उनले पोखेको दुःखेसो निकै मार्मिक थियो, ‘अहिले आउन दिने हो भने निरोगी नेपाली आउँछन् । रोक्दा अवैध रूपमा प्रवेश गर्छन् । लुकेर बस्छन् । यदि संक्रमित रहेछन् भने अरुलाई सार्छन् । अनि झन् समस्या । त्यसैले चेकजाँच गरेर सम्बन्धित प्रदेशमै पु¥याउने व्यवस्थासहित स्वदेश फर्कन दिनुपर्ने हो । तर माथिको निर्देशन ‘कुनै पनि अवस्थामा प्रवेश नदिनू’ भन्ने छ ।’ नभन्दै त्यस्तै भयो । यत्ति सोच भएको नेतृत्व पनि हामीले पाएका रहेनछौँ । उनले आँखाबाट पीडाको खोलो बगाए, ‘संकटमा ज्यान जोखिममा राखी परिवार बिर्सेर काम गर्दा पनि जस पाइँदैन ।’ केही समयअघि एक जना फोटो पत्रकार मित्रले सुनाएको पीडा सम्झिएँ, ‘कोरोना आयो भन्थे, म क्षतविक्षत हुन्थेँ । जब कोठाभित्र पस्थेँ, बाहिरको पीडा बिर्सन्थेँ । काखे छोरीको अनुहारमा मातृत्वको धड्कन छाम्न आतुर देख्थेँ । न म लुगा फेर्न समय पाउँथेँ, न झोला बिसाउनै । उसलाई निकैबेर छातीमा टाँसेपछि बल्ल म घरायसी भूमिकामा सक्रिय हुन्थेँ । तर आमाको मन न हो, राति ठूलो सास लिँदा, ख्याक्क खोक्ता पनि डरले काँप्छ ।’ पछिल्लो समय संक्रमितप्रतिको दुव्र्यवहार सम्झँदै उनले भनेकी थिइन्, ‘चिकित्सक र स्वास्थ्यकर्मीमाथि भइरहेका अमानवीय व्यवहारले झस्कन्छु म, डराउँछु– कतै ममाथि पनि त्यस्तै व्यवहार हुने त होइन ? कुनै दिन घरभेटीले पत्रकारका कोठाका सामान फालिदिए, पत्रकारलाई भाडामा कोठा दिएनन् भने कसले सुनिदिन्छ हाम्रो आवाज ? आवाजविहीनहरूको आवाज बुलन्द गर्दै आएका हाम्रो पीडा कसले सुन्ला ?’ उनको मात्र होइन, पत्रकारितासँगै अत्यावश्यकीय सेवा क्षेत्रमा कार्यरत आममहिलाको दैनिकी हो यो । कामकाजी महिलाको यथार्थबाट हाम्रो समाज निकै टाढा छ । वास्तवमा जति ‘परिर्वतन’ देखिएको, ‘चेतनशील’ भएको भनी हामी गर्व गथ्र्यौं, समाजको मानसिकता हाम्रो बुझाइको तहसम्म पुगेकै रहेनछ । विकास र चेतना स्तरको हाम्रो बुझाइ भ्रम रहेछ । निषेधाज्ञाबीच पनि भएभरका टोलबासी बटुलेर स्वास्थ्यकर्मीका कोठा÷घर घेर्नेलाई के थाहा ? बाटोमा चरोमुसो निस्कन डराएको बेला कोरोनाविरुद्धको लडाइँमा अग्रमोर्चा समाल्नेका मनमा के बितिरहेछ ? आफन्तले आफन्त छुन डराएका बेला हरेक मान्छेको उपचारमा खटिने तिनै स्वास्थ्यकर्मी हुन् । पंक्तिकारको पनि कोरोना संक्रमणको त्रासमा पेसागत जिम्मेवारी निर्वाह गर्दा कैयौँपटक शरीर काँप्यो । परिवारका सदस्यको अनुहार सम्झँदा कैयौँ पटक मुटु ढक्क फुल्यो । कहिले काख रित्तो हुने डर त कहिले लालाबाला टुहुरा हुने चिन्ताले भित्रभित्रै मन जलाउँथ्यो । त्यो क्रम अहिले पनि टुटेको छैन । बरु झन् सामाजिक बहिष्कारको भय थपिएको छ । पछिल्ला दिनहरूमा कोरोना संक्रमितको मृत्यु दर बढ्दै गएको छ । जटिल स्वास्थ्य समस्या, दीर्घरोगी, यात्रा इतिहास नभएका र ४० वर्ष उमेर मुनिकाको पनि मृत्यु हुन थालेपछि समुदायमा कोरोनाप्रतिको त्रास अझ बढ्दै गएको छ । मृत्यु हुने क्रम बढ्दै जानु र संक्रमित राख्नका लागि आवश्यक मात्रामा आइसोलेसन सेन्टरको व्यवस्था हुन नसक्ता सर्वसाधरणहरू होम आइसोलसनमा बस्न बाध्य भएका छन् । यसले समुदायमा त्रास बढाउनुका साथै संक्रमितमाथि दुव्र्यवहारका घटना पनि बढाएका छन् । हातका औँलामा अट्ने संक्रमितहरू थपिँदा जटिल र दीर्घरोगी मात्रै जोखिममा रहेको बताउँदै आएको संघीय सरकारले भटाभट मृत्युको घटना सार्वजनिक भइरहँदा नियन्त्रणका लागि केकस्तो रणनीति बनाएको छ ? स्वास्थ्य मन्त्रालयको कर्मकाण्डी पत्रकार सम्मेलनमा जनताको सवालको जवाफ भेटिँदैन । सञ्चार मन्त्रीले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेको पत्रकार सम्मेलनमा जनताप्रति चासो र सरोकारका विषय फेला पर्दैनन् । संसद् चलिरहेका बेला ‘इटलीको अवस्था नआओस’ भन्दै पूर्वतयारी गर्न सरकारलाई झक्झक्याएका सांसदहरू सरकारले अधिवेशन नै अन्त्य गरिदिएपछि हाइसन्चोमा छन् । सरकारलाई झन् आनन्द । कुर्सीको खेल खेले पुगिगयो । कसैलाई बस्ने कुर्सी चाहिएको छ, कसैलाई बसेको कुर्सी छोड्ने मनै छैन । साढे तीनमहिने लकडाउभरि संघीय सरकार ‘काठमाडौंमा कोरोना भित्रिँदैनँ’ भन्ने भ्रममा दंग प¥यो । न हिमालले दुखायो, न पहाडले, न त तराईको पीडामा आँसु बगायो । बरु कहिले फुटाउन, कहिले जुटाउन र कहिले टुटाउन लिप्त रह्यो । कोरोना संक्रमणबाट बँच्नका लागि गर्नुपर्ने तयारीभन्दा आगामी साढे २ वर्षसम्म कुर्सी सुरक्षामा केन्द्रित भए उसका हरेक हत्यकण्डा । माघदेखि भदौ मध्यसम्म आइपुग्दा पनि कोरोना नियन्त्रणका लागि सरकारसँग न योजना छ, न त रणनीति † लकडाउनपछिको योजना के हो ? निषेधाज्ञापछिको कर्तव्य कस्तो हुने ? सरकार केही भन्दैन, ऊसँग कुनै योजना छैन । त्यसमाथि विदेशी एजेन्सीका मान्छेलाई सरकारी पत्रकार सम्मेलनमा बोलाएर ‘भयावह स्थिति सिर्जना हुन सक्छ’ भन्न लगाइन्छ । विज्ञानले प्रमाणित नगरेका कुरामा मनलाग्दी धारणा सुनाइन्छ । पछिल्ला दिन सामाजिक सञ्जालमा डाक्टर, नर्सहरूबारे नकारात्मक अभिव्यक्ति दिँदै ‘अस्पताल नजान’ प्रवाह भएका सन्देशहरू भाइरल हुँदै छन् । त्यस्ता सन्देश सुनेर डाक्टर, नर्सहरूले सेवा दिएनन् भने के होला देशको अवस्था, समाजको स्थिति ? ‘निषेधाज्ञामा बैंक कर्मचारीलाई आवातजावतमा अवरोध गरेको’ भन्दै विरोधमा बैङ्कहरूले भदौ ४ गते सबै सेवा ठप्प पारे । भोलि चिकित्सक, सुरक्षाकर्मी र सञ्चारकर्मीले आआङ्खनो काम ठप्प पारे भने के होला ? यसको जिम्मेवारी कसले लिने ? स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र संक्रमितमाथि गरिने दुव्र्यवहार र सामाजिक सञ्जालमा गरिने तथानाम गालीगलोज ‘तीनै तहका सरकार असफल गराउन जनतालाई दिइएको सन्देश हो’ तर जे भएरगरे पनि कसैलाई कारबाही हुँदैन । ‘यो देशमा कानुन छैन’ भन्ने गलत मानसिकताको उपज हो यो । केही दिनअगि नेपालको राष्ट्रिय झन्डा जल्यो । लगत्तै डाक्टरको पेसागत सेतो कपडा जल्यो । यी सबै घटनामा सिंहदरबार, बालुवाटार अनि मातहतका निकाय मौन बस्ने हो भने बिस्तारै स्थिति समालि नसक्नु हुने छ । कानुनको निष्क्रियतामा हाम्रो समाज थप अमानवीय बन्दै गएको छ । कोरोनाको नाममा संक्रमित र तिनको उपचारमा दिनरात खट्ने स्वास्थ्यकर्मी र चिकित्सकमाथि अमानवीय व्यवहार भइरहँदा मुलुकका कानुन सक्रिय हुन सकेनन् । स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनको नित्यकर्म पूरा ग¥यो– स्वास्थ्यकर्मी र चिकित्सकलाई दुव्र्यवहार नगर्न अपिल गर्दछौँ । कुनै कानुनी संयन्त्रले नदेखेका ती घटना कसले नियन्त्रण गर्ने ? एउटा मान्छेले मान्छे हुुनुको गुणै गुमाइरहेका बेला हामी तैँ चुप मैँ चुप गरी बस्यौँ भने बाँकी केही रहँदैन । समाज फेरि ‘जसले जे गरे हुने’ जंगली युगमा पुग्ने छ । अध्यात्म र भौतिकवादको मझधारमा उभिएको मेरो मानसिकता निरन्तर सम्झन थालेको छ इष्टदेव र पशुपतिनाथलाई । विश्वका हरेक मान्छेले आपत्, विपत् र जीवनको अन्त्यमा भन्ने यही साझा अभिव्यक्ति छ, हे भगवान् । वास्तवमा पशुपतिनाथले चलाएको देश भन्थे पहिलेदेखि । हे पशुपतिनाथ, किन हात झिक्यौ यो देशबाट ? चलाइदेऊ न देश । एक चिम्टी विवेक देऊ मान्छेलाई । किन यहाँ मान्छेहरूलाई मानव कम र दानव बढी बनाइरहेछौ ?                                                                                                                                                                                                                                                                                                                                                                       रातोपाटी
प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७  ०७:२२
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP