काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकाे छ । साेमबारको तुलनामा सुन तोलामा १ हजार २०० रुपैयाँले र चाँदी १५ रुपैयाँले घटेको हाे ।
आज छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ३६० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
साेमबार छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार २०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ३७५ मा कारोबार भएको थियो ।