काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकाे छ । आईतबारको तुलनामा सुन तोलामा २ हजार ८०० रुपैयाँले र चाँदी १०० रुपैयाँले घटेको हाे ।
आज छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार २०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ३७५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आईतबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार र त्यति नै परिमाणको चाँदी चार हजार ४७५ मा कारोबार भएको थियो ।