Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • अर्थतन्त्र ब्युँताउने मौद्रिक नीतिको आवश्यकता
अर्थतन्त्र ब्युँताउने मौद्रिक नीतिको आवश्यकता
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार २३, २०८३

नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा गर्ने अन्तिम चरणमा छ । मुलुकको अर्थतन्त्र लामो समयदेखि शिथिलताबाट गुज्रिरहेको र जेन-जी आन्दोलनको बलमा बनेको नयाँ सरकारले बजेटमार्फत लिएको आर्थिक वृद्धिको लक्ष्यलाई सघाउनुपर्ने दोहोरो दबाबमाझ केन्द्रीय बैंकले यसपटकको नीति तय गर्नुपर्ने देखिन्छ । हालै प्रतिनिधिसभाको अर्थ समितिमा पूर्वगभर्नरहरू, निजी क्षेत्रका प्रतिनिधि तथा बैंकिङ क्षेत्रका नेतृत्वकर्ताहरूले दिएका सुझावहरूले वर्तमान आर्थिक धरातल र आगामी नीतिको दिशालाई प्रस्ट्याएका छन् । यी सुझावहरूको मर्मलाई आत्मसात् गर्दै केन्द्रीय बैंकले एउटा सन्तुलित, साहसिक र व्यावहारिक नीति ल्याउनु आजको मुख्य आवश्यकता हो ।

विगत केही समयदेखि नेपालको बाह्य क्षेत्र (शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चिति) सुदृढ अवस्थामा रहे पनि आन्तरिक अर्थतन्त्र भने निकै संकुचित छ । बजारमा माग घट्नु, उद्योगहरू पूर्णक्षमतामा चल्न नसक्नु र रोजगारीका अवसरहरू खुम्चिनुले अर्थतन्त्र शिथिल भएको स्पष्ट पार्छ । यस्तो अवस्थामा बजेटले समेट्न नसकेका वा नमिलेका कतिपय विषयहरूलाई मौद्रिक नीतिमार्फत सम्बोधन गरिनुपर्छ । वित्तीय नीति (बजेट) र मौद्रिक नीतिबीच तादम्यता नभएसम्म आर्थिक उद्देश्यहरू हासिल हुन सक्दैनन् । तसर्थ, केन्द्रीय बैंकले आफ्नो व्यावसायिक स्वायत्ततालाई अक्षुण्ण राख्दै सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई सघाउनेगरी लचिलो तर सजग मौद्रिक कार्यदिशा तय गर्नुपर्छ ।

अहिले बैंकिङ क्षेत्रले भोगिरहेको सबैभन्दा ठूलो चुनौती भनेको बढ्दो खराब कर्जा हो । आर्थिक शिथिलताका कारण व्यावसायिक गतिविधि सुस्त हुँदा व्यवसायीहरूले समयमै ऋणको साँवा–ब्याज भुक्तानी गर्न सकेका छैनन् । तर, यसैबीच परिस्थितिका कारण ऋण तिर्न नसक्ने र जानाजान बैंकिङ प्रणालीलाई छल्नेहरूबीचको भिन्नता छुट्याउनु अत्यावश्यक भइसकेको छ । राष्ट्र बैंकले खराब कर्जाको वर्गीकरण र सूक्ष्म निगरानीसम्बन्धी प्रावधानमा व्यावहारिक लचकता अपनाउनुपर्छ । कर्जा नोक्सानी व्यवस्थामा गरिने थोरै परिमार्जनले पनि बैंकहरूलाई थप दबाबबाट मुक्त गर्न सक्छ र बजारमा सकारात्मक सन्देश प्रवाह गर्छ । साथै, खराब कर्जाको स्थायी व्यवस्थापनका लागि ‘एसेट म्यानेजमेन्ट कम्पनी’ को स्थापना गर्नेतर्फ ठोस पहल गर्न अब ढिलाइ गर्नु हुँदैन ।

Hardik health

निजी क्षेत्र मुलुकको अर्थतन्त्रको मुख्य संवाहक हो । उत्पादनमूलक क्षेत्र र रोजगारी सिर्जना गर्ने उद्योगहरूलाई विशेष प्रोत्साहन दिनु मौद्रिक नीतिको प्राथमिकता हुनुपर्छ । विगतमा लागू गरिएका कतिपय उत्पादनमुखी नीतिहरूलाई सहजताका नाममा खुकुलो पार्नु हुँदैन, बरु तिनलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गरिनुपर्छ । बैंक दर र नीतिगत दरहरूलाई थप कसिलो बनाउने आधार अहिले देखिँदैन; बरु ब्याजदर करिडोरलाई व्यवस्थित गर्दै उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह सहज बनाउनेतर्फ जोड दिनुपर्छ ।

केन्द्रीय बैंकले के बुझ्न जरुरी छ भने बैंकिङ क्षेत्र र निजी क्षेत्र समस्यामा पर्नु भनेको समग्र मुलुकको अर्थतन्त्र नै संकटमा पर्नु हो । राष्ट्र बैंकले केवल नियामकको भूमिकामामात्र सीमित नभई अर्थतन्त्रलाई पुनर्जीवित गर्ने अभिभावकीय र उत्प्रेरक भूमिका निर्वाह गर्नुपर्छ । अत्यधिक कडा नीतिले बजारलाई संकुचित बनाउँछ भने अत्यधिक खुकुलो नीतिले अनुत्पादक क्षेत्रमा लगानी बढाएर जोखिम निम्त्याउन सक्छ । तसर्थ, मूल्य स्थिरता र वित्तीय स्थायित्व कायम राख्दै, आन्तरिक उत्पादन बढाउने र शिथिल बजारलाई चलायमान बनाउनेगरी समयानुकूल मौद्रिक नीति ल्याउनु नै राष्ट्र बैंकको बुद्धिमत्ता हुने छ । सरोकारवालाहरूका रचनात्मक सुझावलाई समेटेर आउने मौद्रिक नीतिलेमात्रै मुलुकलाई आर्थिक सुधारको दिशामा अघि बढाउन सक्छ ।
 


प्रकाशित मिति: मंगलबार, असार २३, २०८३  १०:५८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता 
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता  मंगलबार, भदौ २, २०८३
नागरिकको ज्यान पहिलो प्राथमिकता
नागरिकको ज्यान पहिलो प्राथमिकता सोमबार, भदौ १, २०८३
संसदीय मर्यादा र विधिको कसी
संसदीय मर्यादा र विधिको कसी आइतबार, साउन ३१, २०८३
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ मंगलबार, साउन २६, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP