काठमाडौं - सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । महासंघ बागमति प्रदेश समितिको आगामी तीन वर्ष कार्यकालका लागि नयाँ कार्यसमिति चयन भइ बिहीबार प्रथम अधिवेशन ललितपुरमा सम्पन्न भएको हाे ।
प्रथम अधिवेशनबाट गुलाव कुमार चौधरी अध्यक्षतमा एघार सदस्यीय कार्यसमिति चयन भएको छ । कार्यसमितिका उपाध्यक्षहरूमा जानुका बराल, सुरेश सुवेदी चयन भएका छन् ।सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेश समितिको महासचिवमा भिमबहादुर लामा, सचिव अशोक महर्जन र कोषाध्यक्षमा दिपक घिमिरे चयन भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरूमा सुमन सुवाल, डिग बहादुर श्रेष्ठ, रविना खोखाली, विवेक आचार्य र रमेश तिमल्सिना चयन भएका छन् । सूचना मागौँ, भ्रष्टाचारको अन्त्य गरौँ भन्ने नारासहित नागरिक अगुवाको रूपमा अभियान सञ्चालन गर्दै आएको महासंघको बागमति प्रदेश समितिको प्रथम अधिवेशनका सम्पन्न गराउन अधिवक्ता सन्तोष भण्डारीको संयोजकत्वमा सदस्यहरू दुर्गा तिवारी, हिमाल ढुंगेल निर्वाचन समितिमा रहेका थिए ।
महाधिवेशनमा १३ जिल्लाबाट प्रतिनिधिहरू सहभागी थिए । महासंघ बागमति प्रदेशका नवनिर्वाचित अध्यक्ष गुलाव कुमार चौधरीले कार्यसमितिलाई चलायमान बनाउँदै प्रदेशभित्रका जिल्लाहरूमा सशक्त रूपले सूचना माग्ने अभियान सञ्चालन गरिने प्रतिवद्धता गरे । उनले महासंघको विधानानुसार कार्य सम्पादन गर्न सक्रिया भूमिका निभाउने बताए ।
अधिवेशनमा सूचनाको हकका लागि राष्ट्रि महासंघका केन्द्रीय अध्यक्ष उमीद बागचन्द, वरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारी, महासचिव पूर्णप्रसाद मिश्र लगायत केन्द्रीय सदस्यहरू विशेष अतिथिको रूपमा रहेका थिए । अधिवेशनसंगै महासंघले प्रमाणमा आधारित पत्रकारिताका लागि सूचनाको हक विषयक बागमति प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको हाे ।