Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • स्टण्ट र प्रतिशोध होइन, विधिको शासन बुझ
स्टण्ट र प्रतिशोध होइन, विधिको शासन बुझ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार १६, २०८३

वालेन्द्र शाह नेतृत्वको सरकार एकपछि अर्को कदममा चुक्न थालेको छ । खासगरी सरकार सञ्चालनमा प्रशासकहरुको सहयोग लिनुभन्दा तर्साउने र थुन्ने प्रवृत्तिले आफैं भुमरीमा फस्न थालेको हो ।

प्रधानमन्त्री शाह ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्तिले विवादमा तानिएका थिए । संसद्मै दिएको यो अभिव्यक्तिको विषयमा प्रतिपक्षीले जवाफ माग्दा उनले कुनै तर्क प्रस्तुत गर्न सकेका छैनन् । यता राहदानी छपाइ प्रकरणमासमेत वालेन्द्र सरकारको रणनीति निकै कमजोर देखिएको छ । राजनीतिक प्रतिशोध लिने तयारीका साथ सरकार ६४ लाख थान राहदानी छपाइसम्बन्धी ठेक्का तोड्न तम्सियो । 

यो प्रकरणमा सरकारले संवैधानिक आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आफ्नो पञ्जामा ल्याउने कोसिस ग¥यो । अख्तियारको नेतृत्वमा रहेका व्यक्ति पनि लुसुलुसु सरकारको पछि लाग्यो । झण्डै दुई हप्ता यो विषयमा राहदानी विभागका महानिर्देशकदेखि विभिन्न व्यक्तिमाथि छानबिन ग¥यो । यो विषयमा अख्तियारले प्रधानमन्त्री शाहकै दबाबमा विशेष अदालतमा मुद्दा हाल्यो । विशेषले सोमबार विभागका कर्मचारीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

Hardik health

खासगरी प्रतिस्पर्धी कम्पनीको कुरा सुनेर प्रधानमन्त्री शाहले आफ्नो सचिवालय लगाएर यो मुद्दा अघि बढाएका थिए । यो मुद्दामा खासै पार लाग्ने नदेखिएपछि सरकार एकाएक पछाडि हटेको छ । योसँगै सरकारले जर्मन कम्पनीसँग ठेक्का रद्द नगर्नेमा परराष्ट्र मन्त्रालय ढुक्का देखिएको छ । सुशासनको नारा बोक्दै हरेक दिन सरकारमा खरो उत्रने प्रतिबद्धता जनाएको सरकारले पछिल्लो दिन निकै अपरिपक्व पारा देखाइरहेको छ । जसका कारण जुन उत्साहका साथ जनताले मत दिएका थिए, त्यो निराशामा बदलिन थालेको छ । सुकुमबासी व्यवस्थापन गर्न नसक्दा माइतीघरमा आन्दोलन हुन थालेको छ । यो पाराले हतारमा निर्णय, फुर्सदमा पछुताउने शैलीमा सरकार अघि बढिरहेको प्रस्टै देखिन्छ ।

राहदानी ठेक्का रद्द भएको भए, नयाँ टेण्डर प्रक्रिया र छपाइ सुरु हुन महिनौं लाग्ने थियो । यसले बजारमा राहदानीको हाहाकार मच्चिने थियो र वैदेशिक रोजगारी, शिक्षा वा स्वास्थ्यका लागि विदेश जानुपर्ने लाखौं युवाहरू मर्कामा पर्ने थिए । अदालतको आदेशले तत्कालका लागि यो सेवा प्रवाहको संकट त टारेको छ, तर सरकारको हचुवा गृहकार्यले देशलाई ठूलो प्रशासनिक दुर्घटनातर्फ धकेल्दै गएको देखिन्छ । तीन महिनाको यो अवधि सरकारको कार्यशैली देखेर ६०० भन्दा बढी राष्ट्रसेवक कर्मचारीले राजीनामा दिइसकेका छन् । सरकारले सिक्ने नाममा यसरी नै ‘ट्रायल एण्ड एरर’ गरिरहने छुट अबका दिनमा दिन सकिँदैन । विधिको शासन प्रधानमन्त्री शाहले बुझ्नुपर्छ । 
 


प्रकाशित मिति: मंगलबार, असार १६, २०८३  १२:२०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ मंगलबार, साउन २६, २०८३
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती सोमबार, साउन २५, २०८३
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं आइतबार, साउन २४, २०८३
दोषारोपण छाडेर छिटो समाधान खोज
दोषारोपण छाडेर छिटो समाधान खोज बिहीबार, साउन २१, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP