काठमाडाैं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ५ हजार २०० रुपैयाँ र चाँदी २ सय ५० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ७८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलाको २५० रुपैयाँले घटेर ४ हजार २३५ रुपैयाँ पुगेको छ । बुधबार चाँदी तोलाको ४ हजार ४८५ रुपैयाँमा काराेबार भएकाे थियो ।