काठमाडौं- आज स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएकाे छ । सुन तोलामा १ हजार ४०० रुपैयाँ र चाँदी ४० रुपैयाँले बढेकाे हो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मुल्य दुई लाख ८७ हजार ३०० रुपैयाँ कायम भएको छ। आईतबार एक तोला सुनको मूल्य दुई लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, महासंघका अनुसार चाँदी आज तोलाकाे ४ हाजार ७ सय ३० रुपैयाँ निर्धारण भएकाे छ । साथै आईतबार चाँदी प्रतिताेला ४ हजार ६ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।