काठमाडौं- आज स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएकाे छ । सुन तोलामा ६०० रुपैयाँ र चाँदी ५० रुपैयाँले बढेकाे हो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८७ हजार ३०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदी चार हजार ६९० रुपैयाँ कायम भएको छ ।
हिजो शुक्रबार एक तोला सुनको मूल्य दुई लाख ८६ हजार ७०० रुपैयाँ र चाँदी चार हजार ६४० रुपैयाँ मा कारोबार भएको थियो ।