काठमाडौं- नेपाल लाेकतान्त्रिक वैदेशिक राेजगार एसोसिएसनकाे अध्यक्षमा रामप्रसाद गैरे निर्वाचित भएका छन् । उनी आफ्नो प्रतिद्वन्द्वी किशाेर केसीलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
साथै प्रथम अध्यक्षमा सुवर्ण लामा, द्वितीय उपाध्यक्षमा हर्क बहादुर लिम्बु, तृतीय उपाध्यक्षमा हिरादेवी बुढाथोकी, महासचिवमा सुमन राज पाण्डे, सचिवमा हिमा गुरुङ, सहसचिवमा जगत बहादुर गुरुङ, काेषाध्यक्षमा भिम माया कार्की (कल्पना), सह काेषाध्यक्षमा कैलाश पाठक निर्वाचित भएका छन् ।
त्यसैगरी, सदस्यमा विष्णु प्रसाद सापकोटा, ओम प्रकाश शिवाकोटी उर्मिला लामा, नवीन क्षेत्री पाैडेल, विमल पाेख्रेल, राजेश मैनाली, युवराज खतिवडा, विक्रम खतिवडा, पुण्य कुमार श्रेष्ठ शेर बहादुर गुर्वाछन् निर्वाचित भएका छन्।