काठमाडौं - नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा शुक्रबार सम्पन्न भएको छ। साधारणसभापछि नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुन लागेको हाे ।
अध्यक्षसहित नयाँ कार्यसमिति चयनका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष रामप्रसाद गैरे र पूर्वउपाध्यक्ष किशोरकुमार केसी नेतृत्वका छुट्टाछुट्टै प्यानलबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ।
दुवै पक्षले व्यवसायीहरूको हकहित, वैदेशिक रोजगार क्षेत्रको सुधार तथा संस्थाको सुदृढीकरणलाई प्राथमिकतामा राख्दै आफ्ना एजेन्डासहित मतदातासमक्ष पुगेका छन्। निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको एसोसिएसनले जनाएको छ। मतदानपछि मतगणना गरी नयाँ नेतृत्वको घोषणा गरिने जनाइएकाे छ।