Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सगरमाथा जोगाउन ढिला नगरौं
सगरमाथा जोगाउन ढिला नगरौं
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ ३१, २०८३

नेपालको गौरवको रुपमा उभिएको विश्वको सर्वोच्च शिखर सगरमाथा दिनानु दिन संकटमा पर्दै गएको छ । विश्वकै अनुपम प्राकृतिक सम्पदा, मानवीय साहस, चुनौती र अद्वितीय सौन्दर्यको साझा प्रतीकका रुपमा लिइने सगरमाथा पछिल्ला वर्षहरूमा विश्वव्यापी जलवायु परिवर्तन र मानवीय लापरवाहीको दोहोरो चपेटामा परेको छ । यही कारण सगरमाथाले आफ्नो रैथाने स्वरूप गुमाउँदै गएको छ । हिमनदीहरू तीव्र गतिमा पग्लिनु र हिउँको तह घट्दै जानु सम्पूर्ण मानव जगत् र विशेषगरी नेपालका लागि गम्भीर खतराको घण्टी हो ।

आरोहीहरुका अनुसार विगतमा आधार शिविरबाट पाँच मिनेटमात्र हिँड्दा भेटिने हिउँका ढिक्काहरू हेर्न अहिले डेढ घण्टाभन्दा बढी हिँड्नुपर्छ । सगरमाथा विस्तारै नांगा चट्टान र काला पत्थरहरूमा परिणत हुँदै छ । यसरी हिउँ पग्लिएर बरफको संरचना अस्थिर बन्दा विशेषगरी खुम्बु आइसफल क्षेत्रमा चिरा र दरारहरू थपिँदै गएका र त्यसले आरोहणलाई झन् बढी कठिन र जोखिमपूर्ण बनाएको आरोहीहरुको भनाइ छ । मौसममा आउने अचानक उतारचढावले पर्वतारोहीहरूको सुरक्षामा गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ । यदि यही गतिमा हिउँ पग्लिने क्रम जारी रहने हो भने हाम्रा आगामी पुस्ताले हिउँविनाको फुस्रो सगरमाथामात्र देख्नुपर्ने दुर्भाग्यपूर्ण दिन नआउला भन्न सकिन्न ।

सगरमाथाको अर्को डरलाग्दो चित्र फोहोर व्यवस्थापनको संकट हो । क्याम्प २ सम्म केही हदसम्म सरसफाइ देखिए पनि क्याम्प ३ र ‘डेथ जोन’ मानिने क्याम्प ४ को अवस्था चिन्ताजनक रहेको आरोहीहरु बताउँछन् । दशकौं पुराना पाल, अक्सिजन सिलिण्डर र प्लास्टिकका फोहोरहरू हिमालको गर्भमा थुप्रिँदै जाँदा सगरमाथाको गरिमा धमिलिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) जस्ता संस्थाहरूले प्रयास गरे पनि माथिल्लो क्षेत्रको सफाइ अझै ठूलो चुनौती बनिरहेको छ ।

Hardik health

हिमाली क्षेत्रको यो संकट दृश्य परिवर्तनमामात्र सीमित छैन, यसले मुलुकको पर्यटन उद्योग र समग्र अर्थतन्त्रमा धक्का पु¥याउँदछ । किनभने सगरमाथा र अन्य हिमालहरुकै कारण नेपालको पर्यटन उद्योग मुलुकको अर्थतन्त्रका मुख्य खम्बा बन्न सक्ने स्थितिमा छ । सगरमाथा र अन्य हिमालको रोयल्टीबापत अहिले वार्षिक अर्बौं रुपैयाँ आम्दानी गरिरहेको छ । यसलाई अझ बढाउनसक्ने प्रशस्त सम्भावना रहेको विभिन्न अध्ययनले देखाइसकेको छ । हिमालमा हिउँ नै नरहने र आरोहण असुरक्षित बन्ने हो भने विदेशी पर्यटकको आगमन घट्ने निश्चित छ । यसले पर्यटन क्षेत्रबाट हुने आम्दानीमा ठूलो गिरावट आउने छ । पर्यटन क्षेत्रमा आश्रित स्थानीय समुदाय र हजारौं व्यवसायी तथा मजदुरको रोजीरोटी गुम्ने छ । र, मुलुककै अर्थतन्त्रको मेरुदण्ड भाँचिने छ ।

यति हुँदाहुँदै पनि संकट समाधानका लागि राज्यको उदासीनता देखिनु विडम्बनाको विषय हो । संकट समाधानका लागि नीतिगत कमजोरी खड्किएका छन् । पर्वतारोहण कम्पनीहरूबीच सस्तो मूल्यमा आरोहण गराउने अस्वस्थ प्रतिस्पर्धा चल्दा सेवाको गुणस्तर र सुरक्षामा ह्रास आएको छ । कम अनुभवी जनशक्ति परिचालन हुनु र विश्वमै नेपालको नाम चम्काउने दक्ष शेर्पाहरू उचित राज्यसुविधा र सम्मानको अभावमा विदेश पलायन हुनु अर्को दुःखद पाटो हो । यसतर्फ सरकार र सरोकारवाला निकायहरूको ध्यान तत्काल जान जरुरी छ । सगरमाथाको अस्तित्व रक्षा गर्नु केवल पर्वतारोहीको मात्र होइन, सिंगो राष्ट्र र विश्व समुदायकै साझा दायित्व हो । समयमै ठोस कदम नचाले भोलि पछुताउनुको विकल्प रहने छैन ।
 


प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३  १०:५०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री बिहीबार, साउन १४, २०८३
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ बुधबार, साउन १३, २०८३
आवेग र प्रतिशोध होइन, सद्भावको हात बढाऔं
आवेग र प्रतिशोध होइन, सद्भावको हात बढाऔं मंगलबार, साउन १२, २०८३
प्रश्नपत्र ‘लिक’ प्रकरणले उब्जाएका प्रश्न
प्रश्नपत्र ‘लिक’ प्रकरणले उब्जाएका प्रश्न सोमबार, साउन ११, २०८३
न्यायपालिकामाथिको प्रहार र लोकतन्त्रको भविष्य
न्यायपालिकामाथिको प्रहार र लोकतन्त्रको भविष्य आइतबार, साउन १०, २०८३
अनलाइन प्रणाली व्यवस्थित बनाऊ
अनलाइन प्रणाली व्यवस्थित बनाऊ शुक्रबार, साउन ८, २०८३
मार्गदर्शन कागजी होइन, व्यवहारमा देखियोस्  
मार्गदर्शन कागजी होइन, व्यवहारमा देखियोस्   बिहीबार, साउन ७, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP