Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #अमेरिका_ठगी
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #शिशिर खनाल
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • वैदेशिक रोजगार क्षेत्रको साख फर्काउने चुनौती
वैदेशिक रोजगार क्षेत्रको साख फर्काउने चुनौती
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ २९, २०८३

सरकारले वैदेशिक रोजगार व्यवसायीहरुमाथि कडाइ गरिरहेको बेला व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा कार्यसमिति फेरिएको छ । संघको विशेष साधारणसभाबाट डिकबहादुर खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । आन्तरिक विवादका कारण निवर्तमान कार्यसमिति विघटन भई संकटपूर्ण बनेको संघले नयाँ नेतृत्व पाएसँगै व्यवसायीहरूमाझ उत्साह थपिएको छ ।

तर, यो उत्साहसँगै नवनिर्वाचित कार्यसमितिको काँधमा अवसरभन्दा बढी चुनौतीका चाङहरू छन् । वैदेशिक रोजगार क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड अर्थात् कूल गार्हस्थ उत्पादन (जिडिपी) को झण्डै ३० प्रतिशत हिस्सा धान्ने स्रोत भए पनि यस क्षेत्रको छवि भने सधैं धुमिल र विवादित रहँदै आएको छ । यस परिस्थितिमा नयाँ कार्यसमितिको मुख्य परीक्षा नै यस क्षेत्रको साख फर्काउनु र व्यवसायीहरूलाई जिम्मेवार बनाउनु हुने छ ।

विगत लामो समयदेखि वैदेशिक रोजगार क्षेत्र ठगी, बिचौलियाको बिगबिगी, अवैध असुली र अपारदर्शिताका कारण बदनाम छ । वैदेशिक रोजगारमा जाने गरिब र विपन्न श्रमिकहरू पाइला-पाइलामा ठगिने र त्यसको दोष समग्र व्यवसायीहरूको थाप्लोमा आउने गरेको तितो यथार्थ हाम्रासामु छ । यस क्षेत्रको छवि सुधारका लागि संघले केवल सरकारसँग नीतिगत सुधारको माग राखेरमात्रै पुग्दैन; आफ्ना सदस्य संस्थाहरूलाई मर्यादित, व्यावसायिक र उत्तरदायी बनाउन स्वनियमनको पद्धति विकास गर्नु अपरिहार्य छ । नवनिर्वाचित अध्यक्ष खत्रीले घोषणा गरेझैं व्यवसायीहरूका लागि तत्काल कडा र व्यावहारिक ‘आचारसंहिता’ लागू गरिनुपर्छ । आचारसंहिता उल्लंघन गर्ने, श्रमिकसँग तोकिएकोभन्दा बढी रकम असुल्ने वा गैरकानुनी काममा संलग्न हुने म्यानपावर कम्पनीहरूलाई संघ आफैंले कारबाहीको दायरामा ल्याउन वा सिफारिस गर्न सक्ने हिम्मत देखाउनुपर्छ ।

Hardik health

पछिल्लो समय सरकार वैदेशिक रोजगार व्यवसायीहरूमाथि कडा रूपमा प्रस्तुत भइरहेको र कतिपय नीतिहरू अव्यावहारिक रहेको गुनासो व्यवसायीहरूको छ । नयाँ नेतृत्वले सरकारसँग दूरी बढाउने होइन, बरु परिपक्व र तार्किक संवादका माध्यमबाट २०४८ सालदेखिका त्रुटियुक्त, बाझिएका र अव्यावहारिक ऐन कानुनहरूको परिमार्जनमा जोड दिनुपर्छ । मन्त्रालय र वैदेशिक रोजगार विभागसँगको सम्बन्धलाई प्रगाढ बनाउँदै नीतिगत सुधारका लागि दबाब दिने काम संघको प्राथमिकतामा पर्नुपर्छ । तर, नीतिगत सुधारको माग गरिरहँदा व्यवसायीहरू आफैं कति स्वच्छ छन् भन्ने प्रश्नको जवाफ पनि व्यवहारबाटै दिनु आवश्यक छ ।

यसैगरी, संघले अघि सारेको डिजिटल प्रविधिको विकास र स्थानीय तहसँगको समन्वयको योजना सकारात्मक छ । वैदेशिक रोजगारलाई सूचना प्रविधिसँग जोडेर पारदर्शी बनाउन सके बिचौलियाहरूको सञ्जाल स्वतः कमजोर हुने छ । यसका साथै, विदेशस्थित नेपाली दूतावासहरूमा हुने मागपत्र (डिमाण्ड लेटर) प्रमाणीकरणको ढिलाइ र झण्झटलाई अन्त्य गर्न संघले परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयसँग बलियो समन्वयकारी भूमिका खेल्नुपर्छ ।

नयाँ कार्यसमितिलाई स्पष्ट बहुमत प्राप्त भएकाले निर्णय लिन र सुधारका काम गर्न राजनीतिक वा सांगठनिक अड्चन हुने देखिँदैन । यो अनुकूलतालाई व्यक्तिगत वा गुटगत स्वार्थभन्दा माथि उठेर समग्र वैदेशिक रोजगार क्षेत्रको रूपान्तरणमा उपयोग गरिनुपर्छ । जबसम्म व्यवसायीहरू जिम्मेवार, उत्तरदायी र संवेदनशील बन्दैनन्, तबसम्म यो क्षेत्र सम्मानित बन्न सक्दैन । नवनिर्वाचित कार्यसमितिले व्यवसायीहरूको हकहितको रक्षा गर्दै श्रमिकको न्याय र सुरक्षालाई समेत सर्वोपरि ठानेर काम गरोस् । नयाँ नेतृत्वलाई यस ऐतिहासिक र चुनौतीपूर्ण कार्यकालको हार्दिक शुभकामना ।
 


प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३  ११:०४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
शैक्षिक बेथितिमा लगामः स्वागतयोग्य कदम
शैक्षिक बेथितिमा लगामः स्वागतयोग्य कदम शुक्रबार, असार २६, २०८३
संविधान संशोधनमा सर्वपक्षीय सहमति अनिवार्य
संविधान संशोधनमा सर्वपक्षीय सहमति अनिवार्य बिहीबार, असार २५, २०८३
अर्थतन्त्र ब्युँताउने मौद्रिक नीतिको आवश्यकता
अर्थतन्त्र ब्युँताउने मौद्रिक नीतिको आवश्यकता मंगलबार, असार २३, २०८३
डेंगु संक्रमणबाट जोगिन सतर्कता अपनाऔं
डेंगु संक्रमणबाट जोगिन सतर्कता अपनाऔं सोमबार, असार २२, २०८३
आशालाग्दा संकेत, अलमलिएको कार्यशैली
आशालाग्दा संकेत, अलमलिएको कार्यशैली आइतबार, असार २१, २०८३
वर्षाले धराप बन्दै काठमाडौंका सडक
वर्षाले धराप बन्दै काठमाडौंका सडक शुक्रबार, असार १९, २०८३
‘पम्प माफिया’ माथि डण्डा चलाऊ
‘पम्प माफिया’ माथि डण्डा चलाऊ बिहीबार, असार १८, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP