Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • रैला वंश र रोइला गीतबीच भिन्नता कस्तो रहेको छ ?
रैला वंश र रोइला गीतबीच भिन्नता कस्तो रहेको छ ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ ७, २०७७
photo
Hardik health
अंग्रेजी भाषामा वंशावली शब्दको अर्थ जनाउने जेनोलोजी शब्द ल्याटिन भाषाको जेना र लोगासबाट बनेको हो, जसको अर्थ जेनेरेसन एन्ड नोजेज भन्ने हुन्छ । नेपाली भाषामा चाहिँ नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत शब्दकोष ०७५ अनुसार वंश र वंशावली शब्दका शब्दार्थ वा परिभाषाहरू यस्ता छन । वंश– ना. (सं.) १. बाँस । २. ढाडको हाड, मेरुदण्ड । ३. नाकको डाँडी ।४. परिवार, कुल, खलक, खान्दान । ५. सन्तति, सन्तान, लहरो । वंशावली– ना.(सं) १. कुनै वंशमा जन्मेका मानिसहरूको मूल पुरुषदेखि वर्तमान कालसम्मका शाखा सन्तानका क्रमानुसार बनाइएको नामको तालिका । २. वंशको वृत्तान्त, पुख्यौली । उपर्युक्त परिभाषा अनुसार वंश भनेको कुल, खलक, खान्दान, सन्तान, परिवार, सन्तति जनाउँछ भने उल्लेखित वंशको मूल पुरुषदेखि हालसम्मको क्रमबद्ध नामावली एवं वंशको वृतान्तलाई वंशावली मानिएको छ । एउटै परम्परा, धर्म, भाषा, संस्कार÷संस्कृति, गुण, आकृति, बसोबास, नाता तथा रक्त सम्बन्ध भएको पारिवारिक समूहहरूलाई वंश मान्न सकिन्छ भने यस्ता थुप्रै वंशहरूको समूहबाट वंश समूह बन्दछन । रैला थर सुन्नेबित्तिकै कतिपय मानिसहरू अचम्मित हुने गरेको पाइन्छ । कतिपय नेपालको पूर्वी जिल्लामा पर्ने खोटाङ, धनकुटा, मोरङ, सुनसरी, उदयपुर, तेह्रथुम, झापालगायत भारतमा कामको सिलसिलामा गएर बसोबास गरेर बस्नेहरूले रैला थरलाई रोइला लेखे तापनि रैला नै शुद्ध थर रहेको पाइन्छ । तर यो कुनै नौलो अनि अनौठो भने होइन । नेपाल एक बहुजाति, बहुभाषी, बहुसांस्कृतिक, भएको बहुलताले भरिएको देश हो । नेपालमा अनेकौँ जातजातिका अनौठा अनौठा थरहरू रहेको हामी पाउँछौँ । विशेषतः नेवार, मगर, गुरुङ समुदायभित्र पनि यस्ता अनौठो तर कमै सुनिएको थर बढी नै पाइन्छ । त्यसैगरी ब्राह्मण जातमा पनि नभएको भने होइन । रैला थर भएका पराशरीय गोत्री अहिलेको भारतको कुमाऊ, गढवालमा रहेका र साथै भारतको हिमाञ्चल प्रदेशको मन्डी जिल्लामा एक पराशर आश्रम र त्यहाँ मन्दिरसँगै रहेको ताल प्रख्यात रहनुका साथै त्यस धार्मिक स्थल पराशर मन्दिरको वरिपरि पनि पराशर गाउँ रहेकाले रैलाका पूर्वजहरू बसाई सर्दै आउने क्रममा नेपाल आइपुगेको मानिन्छ । अहिले पनि भारतको विभिन्न ठाँउहरूमा रैला थर भएका भेट्न र सुन्न सकिन्छ । त्यति मात्रै होइन, हामीले विभिन्न मिडिया तथा समाचारमा सुनेका अनि देखेका नै छौँ, रैला ओडिंगा ९च्बष्बि इमष्लनब केन्याका प्रधानमन्त्री सन् २००८ देखि २०१३ सम्म रहेका थिए । तिनीहरूका वंशहरू पनि बसाइँ सर्ने क्रममा नै त्यहाँ पुगेका हुन सक्छ । यो रैला÷रोइला थर भएका एक आर्य जातिका ब्राह्मण कुलका रहेको पाइन्छ । रैला थरको उत्पत्ति कसरी र कहाँबाट भएको हो । ठ्याक्कै यही नै हो भन्न कठिनाइ नै रहेको छ किनकि यो थरको न त कुनै नाम लेखोट नै छ न कुनै उच्च पद या दर्जामा काम गरेका नेपालको इतिहासमा नै देखिन्छ । यो थर भएका मानिसहरूको संख्या पनि न्यून रहनुका साथै विभिन्न जिल्लाहरूमा ८÷१० घर त कतै १÷२ घर भएर नेपालको नुवाकोट, धादिङ, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, बारा, बाँके, बर्दिया, धनकुटा, खोटाङ, उदयपुर, मोरङ र सुनसरी, तेह्रथुम र झापा गरी कुल घरसंख्या २ सयको हाराहारीमा रहेर १८ जिल्लाहरूमा कुल जनसंख्या संख्या ९५० जनाको बसोबास गरेको पाइन्छ । रैला थरको अर्थ हो सन्देश अथवा खबर दिने, अर्को अर्थ रहेको छ ः शान्तिूएभवअभू । हामीलाई थाहा भएको कुरा हो, पौराणिक कालमा नारदमुनिले एक ठाँउको खबर अर्काे ठाँउमा दिँदै हिँड्थे जसले जहाँ जे भनेको छ, त्यो खबर सुन्नेबित्तिकै नारदले प्रचार गरी हाल्दथे या भनौा अहिलेको एक्काइसौँ शताब्दीको मिडियाको भूमिका खेलेका थिए नारदमुनिले । अर्को पनि एक उदाहरण लिन सकिन्छ, महाभारतका संजय जसले कुरुक्षेत्रमा कौरव र पाण्डवहरूबीचको लडाईंको उनको दिव्य दृष्टिको शक्तिले युद्धभूमिमा भएका घटनाको विवरण प्रत्यक्ष रूपमा धृतराष्ट्रलाई बताएका थिए या भनौँ अहिलेको मिडियाले दिने प्रत्यक्ष प्रसारणको काम गरेका थिए । रैला थर भएका व्यक्तिहरू विश्वासिला, भरपर्दो, कहिल्यै झुट नबोल्ने, जेहो सत्य बोल्ने, निडर स्वभावका, अरु कसैसँग नझुक्ने, आङ्खनो परिश्रममा रमाउने, सुख–दुःखमा नआत्तिने र नमात्तिने यस्ता विविध विशेषताहरू रहेको छ । इतिहासको पानामा कतै यस रैला थर भएका पूर्खाहरूको नाम नरहे तापनि राजा नरभूपाल शाहको गोरखा दरबारदेखि पृथ्वीनारायण शाहको नुवाकोट विजयपश्चातको दरबारिया कामकाजमा र नुवाकोटमा सारेपछि १८२५ पछि काठमाडौं विजयपश्चात नुवाकोटको दरबारको सम्पूर्ण कामकाज काठमाडौंमा सारेपछि पनि कालु रैलाले दरबारभित्रका कामकाज गर्दै र बाहिर भएका विभिन्न विषयका घटना विवरण दिँदै आएका थिए । केही रैलाहरू भने कृषि तथा पशुपालन गरी आङ्खनो जिविकोपार्जन गरेर रहेको जनश्रुति पाइन्छ । इतिहासलाई हेर्ने हो भने १८०१ मा नुवाकोट विजयपछि पृथ्वीनारायण शाहले नुवाकोटमा नै साततले दरबार बनाएर गोरखामा भएको सम्पूर्ण कामकारबाही नुवाकाटबाटै सञ्चालन गरेको कुरा त इतिहासका पानामा लेखिएको नै छ । त्यसैगरी नुवाकोटको बेलकोटगढीमा आक्रमण गर्दा त्यस ठाँउमा युद्धमा जानुपूर्वको सम्पूर्ण तयारीको निमित्त के कसरी जाने र कति मात्रमा मानिसहरू रहेका छन, तिनिहरूसँग कुन ठाँउबाट आक्रमण गर्न सहज हुनेजस्ता विविध विषयका कुराहरूको खबर ल्याउने काम या सुराकीको काम कालु रैलाले नै गरेको जनश्रृति पाइन्छ । यस्तै चलाखी गर्ने र आङ्खनो काम इमान्दारका साथ गर्ने भएर राजा पृथ्वीनारायण शाहले त्यो गाँउमा देखिएको खाली जमिनमा बस भनी दिएको बिर्ता जमिन नै रैलाको वास्तविक स्थायी थलोको रूपमा रहन गयो । राजा पृथ्वीनाराण शाहले त्यो गाँउ भनेको भएर अहिले त्यस नामको अपभ्रंस भइ तिगाउँको नाम रहन गयो । अहिले भनिएको तिगाउँ बेलकोट, पाखुरे, दाङमै र तिगाउको परिधिभित्रको क्षेत्रलाई भनिन्थ्यो । पहिलाको गाउँ विकास समिति परिवर्तन भई अहिले बेलकोटगढी नगरपालिका–११ र १३ कायम भएको छ । रैला वंशको स्थायी थलोको रूपमा चिनिएको तिगाउँ अहिलेको बेलकोटगढी नगरपालिका–१३ तल्लो पाखुरे रैला थोक दाङमै क्षेत्रमा पर्दछ । यसरी करिब २५० वर्षको इतिहास रहेको रैलाको वंश भने संख्यात्मक रूपमा न्यून रहेको र उनीहरूको आर्थिक, सामाजिक, शैक्षिक रूपमा पनि पछि परेको देखिनुले नेपाल सरकारको पनि विशेष ध्यान जानु आवश्यक देखिन्छ । के हो त रोइला ? रोइला एउटा कुनै रमाइलो तथा कसैलाई मजाक गर्ने शब्द नभई यो त सांगीतिक क्षेत्रमा गाइने एक लय या ताल हो । दुःख, पीडा र रोदनसँग नजिक रहेको एक लयात्मक भाकामा गाइने गीत हो । यसको व्यूत्पत्ति रुवाइला, रोइला हो । यस्तै कसैले रोइ लाग् भन्दा भन्दै रोइला भएको हो भनिन्छ । ‘रोइला’ शब्दले व्यक्त गर्ने अर्थ पनि रुवाइ वा रोदनजस्तो लाग्ने भएकाले यस्तो व्यूत्पत्तिगत अर्थ लगाउन सकिन्छ । रोइला एउटा छुट्टै खालको करुणा रसप्रधान गीतलाई बुझाउँछ जुन बिलम्बित लयमा गाइन्छ । यो गीत विशेषतः थकाली जातिमा प्रचलित मृत्यु संस्कारमा गाउँछन्, रोइला । त्यसैगरी मगरहरूको गोपीचन, लोकनाटक र गुरुङ जातिको सतीघाटुमा पनि रोदनायुक्त गीत पाइने भएकाले त्यसलाई पनि रोइला भन्न सकिन्छ । थकाली, शेरचन, भट्टचन, गौचन, तुलाचन आदिले घाटुलाई रोइला भनेर मृतकको सम्झनामा तिनका सुकर्महरूको उल्लेख गर्दै भट्याएर रुने गर्दछन् (खत्री, २०५८ ः४० ) । यसरी रोइला गीत गुरुङ, मगर र थकाली जातिले मृतकको सम्झनामा भट्याएर रुँदै गाउने एकप्रकारको रोदनयुक्त गीत भनेर परिभाषित गर्न सान्दर्भिक देखिएको छ । रोइला गीत मृत्यु संस्कारमा रुँदै गाइने संस्कार गीत हो । नेपालका थकाली जातिमा बढी प्रचलित यो गीत मगर र गुरुङ समुदायमा पनि गाइन्छ । यो गीत शोकसँग सम्बन्धित छ । यसलाई एकोहोरो फलाक्दै गाइन्छ । थकाली समुदायको मृत्यु संस्कार, मगर समुदायको गोपीचन, लोक नाटक र गुरुङ समुदायको सती घाटुमा रोइला गीत गाइन्छ । यस गीतमा बाजाको प्रयोग नभए पनि पृष्ठभूमिमा संगीत बजेको सुनिन्छ । यस गीतको कुनै निश्चित संरचना नभए पनि लयात्मक रूपमा फलाकेर गाइन्छ । नेपालका कास्की, तनहुँ, बाग्लुङ, म्याग्दी, मुस्ताङ आदि जिल्लामा यो गीत गाइन्छ । थकाली जातिले आङ्खनै परम्पराअनुसार मृत्युसंस्कार गर्ने गर्दछन् । उनीहरूको मृत्यु संस्कारमा आफन्तजनको मृत्यु हुँदा अनिवार्य रूपमा फलाक्दै रुनुपर्ने हुन्छ । यदि स्वाभाविक मृत्युमा कसैलाई रुन नआए पनि छोरीचेलीलाई बोलाएर उनीहरूलाई अनिवार्य रुवाउने गर्छन् । यसरी रुन लगाउँदा उनीहरू आङ्खना छोरी चेलीलाई ‘रोइ लाग् रोइ लाग’ भन्दै रुन लगाउँछन् । त्यही रोइ लाग् भन्ने पदावली पछि गएर ‘रोइला’ शब्दमा रूपान्तरित भएको हो । मृत्यु हुने मानिसको गुण र विगत सम्झेर फलाक्दै लयमा छोरीचेलीहरू रुँदा त्यहाँ उपस्थित अन्य मानिसहरू पनि नरोई रहन सक्दैनन् । त्यति बेला त्यो ठाउँ साँच्चैको रुवाबासीमय हुन्छ । यही लय मिलाएर अनिवार्य रुनै पर्ने संस्कृतिलाई थकालीहरू रोइला भन्छन् । रोइला गीतमा एकजना महिला या पुरुषले फलाक्ने छन् र पछि अरुले त्यसमा साथ दिँदै सबैजना रुवाइको लयमा गाउँछन् । रोइलामा कुनै निश्चित अक्षर संरचना भेटिँदैन । यो लयात्मक हुन्छ । थकालीहरू भन्छन्, यस्तो रुने संस्कार अहिले आएर हराउँदै गएको छ । पहिला पहिला त रुने प्रतिस्पर्धा नै हुन्थ्यो । को राम्रो रुने भनेर उनीहरू प्रतिस्पर्धा नै गर्ने गर्थे । आजभोलि त आधुनिकतासँगै यो हराउँदै छ । रोइला गीत मूलतः थकाली समुदायको मौलिक संस्कृति भए पनि मगर तथा कतै कतै गुरुङ समुदायमा पनि यो गीत प्रचलित छ । त्यसैगरी घाटुगीत र नाचमा जीवनको अस्तित्व, जन्मेदेखि मर्ने बेलासम्मका सम्पूर्ण कार्यको झझल्को हुनुपर्दछ भन्ने मान्यताअनुरूप घाँस काट्ने, रोपाइँ गर्ने, माछा मार्ने, डुंगा खियाउने, विवाह गर्ने, सिकार खेल्ने, लडाईँ गर्ने, मर्ने, सती जाने आदि विविध पक्षको चित्रण पाइन्छ । बाग्लुङ गलकोट क्षेत्रमा प्रचलित घाटुनाच सतीघाटुसँग सम्बन्धित भएको हुँदा राजा प्रश्रामुले रुकुम–पर्वत राजासँगको युद्धमा जीवनलीला समाप्त गरेको प्रसंग पाइन्छ । यसै दुःखद घटनामा चारवटी रानी सती गएका थिए भन्ने ऐतिहासिक प्रसंगलाई आधार मानेर गाउँने नाच्ने गरिन्छ । यसरी रुँदै नाच्ने सतीघाटुलाई उनीहरू रोइला भन्ने गर्दछन् (खत्री, २०५८ ः४० ) । नेपाली लोक गीतमा यो गीतको आङ्खनै विशेषता रहेको छ । यो गीतको पनि ठूलो महत्व बोकेको छ । हरेक शब्दमा एउटा सार्थक अर्थ रहने भएकाले रोएर शोकमा गाइने गीत रोइला हुन् । गायक गायिकहरूसँगको प्रत्यक्ष कुराकानीबाट पनि यही तथ्य फेला पारिएको छ । यसरी रैला र रोइलाबीचको आकाश पातालको फरक रहेको छ । तसर्थ रैला थरलाई रोइला भनी जुन किसिमले ख्याल ख्यालीमा रमाइलो गरिन्छ त्यो विल्कुलै गलत र बेढङ्गे, अशोभनिय चरित्रको देखिन्छ । त्यसैले रैला थर भएका एक ब्राह्मण जातिका र उनीहरू पनि नेपाल राष्ट्रभित्रका नेपाली नागरिक हुन् र उनीहरूको थरलाई तोडमोड गरी अपमान नहोस भन्नु पनि रहेको छ । (लेखक रैला समाज कुल देवता मन्दिर पराशरआश्रम, काठमाडौं, नेपालका संस्थापक अध्यक्ष र आजीवन सदस्या हुन् ।)  
प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  ०७:२५
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP