Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • गुँडमा माउ-बाउको बिचल्ली ! 
गुँडमा माउ-बाउको बिचल्ली ! 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत १७, २०८२

रात छिप्पिँदै गएको छ । पूर्णिमा नजिकिँदै गरेको भए पनि जून देखिएको छैन । बादलले आकाश ढाकेकाले पनि जून लुकिरहेको छ । चैतमा चिसो हावा अनि सिमसिम पानी परिरहेको छ । बस्तीका मानिसहरुले चुपचाप आफ्नो दैलो बन्द गरिसकेका छन् ।  अधिकांशले त एक गाँस तातो खाएर भर्‍याङ उक्लिसकेका छन् । आज के होला वा भोलि के होला ? भन्दै हरेक घरका व्यक्ति हातमा भएको मोबाइलको स्क्रिनमा आँखा तानीतानी हेरिरहेका छन् । 
चुनाउ सकिएपछि पहिलेपहिले त विजयोत्सव नै मनाउँथे । तर अहिले त खुसुक्क आएर लुसुक्कै सरकार बनिसकेको थियो । यो वा त्यो कारणले होइन । जनमतको कदरअनुरुप नै बाहिर जे देखियो त्यही नै स्वीकार गर्नुपर्ने अवस्था पनि थियो ।

जे कुराको पनि समय हुन्छ । साइत हुन्छ । अब साइत जुराएर काम गर्न थालेपछि त्यसले पक्कै पनि फल त राम्रै हात पार्ला भन्ने त हो । त्यही भएर पनि संस्कार भुल्नु पनि अन्याय नै हुन्छ ।  हजुरबाहरुलाई खाटमा सुताएर नाति केटाहरु रातभर जागा देखिए । मध्यरातमा पूर्वशक्तिशालीहरुका घरभित्र क्रमशः सत्ता जाग्न थालिसकेको छ । उसबेला भन्थे- अहिले पाप गर्‍यो भने अर्को जुनीमा सास्ती पाइन्छ !  तर होइन, अहिले गरेको अपराधको अहिले नै सजाएँ हुन्छ भन्ने भाष्य निर्माणमा लागिरहेको देखिन्छ ।

ढोका खित्रिंग गर्‍यो । ‘भित्र कोही छ ? ढोका खोल्नुस् त !’भित्रका मानिसहरु झसंग भए । यति राति को आयो ? कसैलाई समस्या पो परेछ कि क्या हो ? तर होइन, फौजी पोसाकका मानिस देखिएपछि मन चसक्क त हुने नै भो नि ! पद, शक्ति र यौवन सधैं कहाँ पो अडिन्छ र ? नदी बगेजस्तै बगिरहन्छ निरन्तर । त्यसैले पनि होला कसैलाई जंगबहादुर बन्न मन लाग्ने । कसैलाई बहादुर नै बन्न मन लाग्ने । अनि कसैलाई जंगलको सिंहजस्तै लाग्ने !  सत्ताको उन्मादले आफैंलाई खाल्डो खन्छ भन्ने कुरा बेलैमा होस पुर्‍याउनुपर्छ नि ! रामराज्य बनाउँछु भन्ने रामलाई त वनबास जानुपरेको थियो । सुग्रिवले नै रामसँग मिलेर बालीलाई नाश गरेको थियो । राजकाज त्यागेर जंगल हिँडेका रामसँग मिलेर सुग्रिवले बालीलाई मारेको थियो नि ।

बाली र सुग्रिवको कथामा जस्तै गुँडमा माउ र बाउको बिचल्ली भइरहेको थियो । जसरी जंगलमा सिकार खेल्नेहरुले सिकार नपाएपछि जे पनि गर्छ भनेजस्तै हो । प्रतिशोध, रिसइबी अहंकारले नै विनास निम्त्याउँछ भनेजस्तै होइन र ! लंका जसरी खरानी भयो । जंगल पनि त्यही खरानीको भुमरीमा नपरोस् भन्दै ।  गाउँघरमा उखानै छ नि- ‘कहिले सासूको पालो, कहिले बुहारीको पालो ।’ पहिले सासूले बुहारी कजाएकी थिइन् । अहिले बुहारी सासु बनेर बुहारी कजाउँदै छिन् । आखिर कजिनुपर्ने त बुहारी नै रहेछ नि !

Hardik health

अहिले अवस्था उस्तैउस्तै देखिएको छ । सत्ताको उन्मादले अहिले सिकार खेल्ने प्रयत्न भयो भने !  गुँडमा माउ र बाउको अवस्था के होला ?  छिप्पिसकेको रातपछिको सुनसान अनि फेरि बिहानीको पर्खाइमा रुखको टोड्कामा बसेका चराचुरुंगीको चिरबिर । सिकार खेल्नेहरु पनि सायदै जंगलतिर हराएर हो कि वा सिकार नपाएर हो । सर्‍याक-सुरुक्क गर्दै थिए । जंगलको छेउको घरमा फौजी देखिएपछि गुँडमुलि डराए ।  रातभर जंगलमा सिकार खेल्नेहरुले हल्ला गरिरहेका थिए । सिंहको गर्जन निकै ठूलो सुनिएको थियो । सायद सिकारीले गज्जबकै सिकार पाएर दंग परेजस्तै ।

ढोकाको प्वालबाट चियाएर हेर्दा अवस्था त्यत्ति सहज भने थिएन । माउको वरपर बसिरहेकाहरु च्यार्रचुर्र गर्न थाले । बिहानीको मिर्मिरे हुँदै थियो । गुँडबाट माउ नै उठाएर लैजाने प्रयास फौजी किराहरुले गर्दैै थिए । कोही चिच्याउँदै थिए । कोही ढोकामा बलियो चुकुल लगाउँदै थिए । तर फौजी किरा न परे । जस्तोसुकै मूल्य चुकाएर भए पनि गुँडको माउ लैजानु नै थियो । 

फौजी किराले वरिपरिबाट घेरा हाले र गुँडबाट माउ लिएर गए । आफ्ना माउ र बाउ जोगाउन बचेराहरु किन पछि पर्थे र ! फौजी किरालाई बलजफत गर्ने, घेरा हाल्ने वा ङ्यार्र ङ्यार्र गर्न थालिसकेका थिए । सूर्यको उज्यालो घाम आउन कठिन भइरहेको थियो । बादलले सूर्यलाई छोपिरहेको थियो । खुल्न सकिरहेको थिएन ।

आकाश पनि संकटको संकेत गरिरहेको थियो । किनकि, सधैं मिर्मिरेमै उज्यालो हुनुपर्ने गुँडबाट माउ नै लिएर गएपछि रुखका पातहरु पनि मौन थिए । आकाश अझै धुम्म परेर बसिरहेको थियो । खुल्नै सकिरहेको थिएन वा मानिरहेको थिएन । ऊ पनि बेसहारा बन्दैै गएको थियो । हुन पनि पूर्णिमाको उज्यालो जून र औँसीको रात क्रमशः पालैपालो त आउँछ नै । कुमालेको चक्र घुम्छ भनेजस्तै त हो ! 

‘जुन जोगी आए पनि कानै चिरेका’ भनेजस्तो नहोस् । गँुडका वरपर रहेका चराचुरुंगी पनि भुर्रभुर्र उडेर अन्तै लागे । चारा खुवाउने बेलामा सिंह गर्जेर बेसुर बचेराहरुलाई च्यापेपछि सिकारीको जालबाट जोगाउन के सक्थे र बचेराहरुले ! माउले ख्याल नगर्दा बाउहरुको पनि त बदनाम हुन्छ नि । अनि बाउले बेचराहरुलाई न्याय नगर्दा गुँड भत्किन कति बेर पो लाग्छ र ? माउ र बाउको त ढल्केको समय त हो ! खुट्टा र पखेटा कहाँ लाग्छ र ?  तिनै बचेराहरुले यता र उता चिथोर्दा चिर्थोदै गुँड प्वाल पर्छ अनि त्यही गुँडका अल्झेर झुण्डिनुको विकल्प नै नहुने । न पखेटाले काम गर्न सकेको छ, न त खुट्टाले नै साथ दिएको छ ! अब त तुन्द्रुंग झुण्डिएर गुँडमा अड्किनुको विकल्प नै छैन !
 


प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  ११:०९
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP