Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत १५, २०८२
दामोदर खनाल

 

नयाँ सरकारले नेपालभित्रै सम्भावनाको खोजी गरी स्पष्ट नीति नियम बनाएर रोजगारी र आम्दानी प्राप्त हुनेगरी अगाडि बढ्न जरुरी छ । सम्भावना नै सम्भावना भएको मुलुक राज्य सञ्चालकले चिन्न नसक्दा युवाहरु विदेसिने क्रम पनि बढ्दो छ । कृषि र पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना र आधार भए पनि स्पष्ट योजनाको अभावमा स्वदेशमा केही गर्ने क्षमता भएका युवाहरुसमेत कामको खोजीमा विदेसिन बाध्य भएका हुन् । त्यसलाई रोक्न पनि यो सरकार यस्ता सवालमा गम्भीर हुन जरुरी छ ।

हालै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऐतिहासिक मत पाएर नसोचेको सफलता हासिल ग¥यो । यही कारण काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह र रास्वपाका सभापति रवि लामिछानेको सर्वत्र चर्चा छ । रास्वपाका सभापति रविको पार्टीप्रतिको समर्पण र बालेन्द्रको क्रेजकै कारण निर्वाचनमा रास्वपाले ऐतिहासिक सफलता पाएकोमा दुईमत छैन ।

स्वतन्त्ररुपमा निर्वाचन जितेर काठमाडौं महानगरको मेयर बनेका बालेन्द्रको काम गर्ने शैैली धेरैलाई मन परेको थियो । तर दलीय नेतृत्व र गुटे राजनीतिमा लागेर राज्यको सम्पत्तिमा तर मार्दै आएकाहरुलाई उनको कार्यशैली पटक्कै मन परेको थिएन । २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचन परिणामले जनता बालेन्द्रको पक्षमा रहेछन् भन्ने सत्य सावित गरेको छ । राम्रो काम गर्ने हो भने जनताले स्वःस्फूर्त साथ दिन्छन् । राम्रो काम गर्न कसैले कसैलाई छेकेको हुँदैन भन्ने प्रमाण पनि हो झापा पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई करिब ४८ हजार मतान्तरले पराजित गर्नु । दुई महिना अघिमात्र रास्वपामा प्रवेश गरेका रास्वपाका वरिष्ठ नेता शाह पार्टीको संसदीय दलको नेता चुनिँदै शुक्रबार प्रधानमन्त्रीसमेत बन्न सफल भए ।

Hardik health

एक ३६ वर्षीय युवा साढे तीन वर्षको छाटो राजनीतिक यात्रामै मुलुकको प्रधानमन्त्री बन्छ भन्ने धेरैलाई पत्यार लागेको थिएन । बालेन्द्र प्रधानमन्त्री बन्नुमा रास्वपाका सभापति रविको ठूलो त्याग देखिन्छ । बालेन्द्र प्रधानमन्त्री बनेसँगै मुलुकमा नयाँ राजनीतिक अध्याय सुरु भएको छ । यो एउटा ऐतिहासिक अवसर हो । तर यो अवसरसँगै ठूलो चुनौती पनि छ । शुक्रबार प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेसँगै सरकारको चुनौती पनि थपिएको छ । मन्त्रीहरूले गरेका निर्णय पनि निकै महŒवपूर्ण हुने छन् । जुन निर्णय लागू हुन सक्नु नै रास्वपा पार्टीसँगै प्रधानमन्त्री बालेन्द्र र रविको पनि सफलता गासिने छ । निर्वाचनका बेला वाचापत्रमा उल्लेख गरिएका वाचाअनुसार काम भएमात्र जनताले चाहेको सुशासन र भ्रष्टाचार नियन्त्रणमा बल पुग्ने छ । यसबाट जनतालेसमेत राहत पाउने छन् ।

हुन त संघीय राजधानी काठमाडौंमा ठूला दलहरुको बाधा अड्चनका बाबजुद मेयर बालेन्द्रले गरेका केही कामहरुले जनताको मन जित्न पुग्यो र आज उनी छोटो राजनीतिक यात्रामा मुलुकको प्रधानमन्त्रीसम्म बन्न सफल भए । मेयर छँदा उनले बागमती करिडोर, न्युरोड, असन, बानेश्वर, तीनकुने, शंखमुललगायतका ठाउँहरु साँच्चै पहिलेकोभन्दा बदल्न सफल भएका थिए । सफासुग्घर, हरियाली, पुराना कला संस्कृतिको संरक्षण, सडक पेटीको खुलापनले काठमाडौंको शोभा बढाएको अनुभव धेरैलाई छ ।

पछिल्लो समय विश्व परिवेश नियाल्दा कतिपय मुलुकमा युवा नेतृत्वले मुलुकको शासन सत्ता सम्हालेर विकासमा छलाङ मार्दै सहजै छोटो समयमै नेतृत्व हस्तान्तरण गरेको भेटिन्छ । तर हाम्रो मुलुकमा तीन दशक बित्दा पनि एउटै नेतृत्वले सकी नसकी नेतृत्व गरिरहेको अवस्था थियो । जसले गर्दा अहिलेको नयाँ पिढीले खोजेको विश्व परिवेशको परिवर्तन हुन सकेको थिएन । पटक-पटक सत्तामा पुगेर असफल भएका ठूला राजनीतिक दलका शीर्ष नेतालाई जनताले यथार्थमा स्वीकार गरेको अवस्था थिएन । तर पनि उनीहरु गठबन्धन बनाउँदै सत्ता छोड्न सकिरहेका थिएनन् । हो, यो राजनीतिक परिपाटी अब तोडिएको छ । जनता स्वयं स्वतन्त्र बनेर रास्वपालाई काम गर्न सक्नेगरी मत दिएका छन् । तसर्थ यो सरकारलाई काम नगरी सुखै छैन ।

जनअपेक्षाअनुसार सुशासन आवश्यक
यथार्थमा विगतको नेतृत्व मुलुक र जनताको हितका लागि काम गर्नेभन्दा पनि आफ्नै पालामा भएका विभिन्न विकृति, विसंगति, भ्रष्टाचार, विभिन्न काण्ड ढाकछोप र आरोप प्रत्यारोप गरेर आफ्नै कमीकमजोरी ढाकछोपमा लागेको अवस्था थियो । जसले आममानिसमा झनै दलीय नेतृत्व र जनप्रतिनिधिप्रति विश्वास घटाएको थियो । हो, बालेन्द्र सरकारले यस्तै कार्यलाई चिर्न सक्नु पर्दछ । हामीले अपेक्षा गरेको संघीय लोकतान्त्रिक गणतन्त्रअनुसार हिँड्न सक्नु पर्दछ ।

हालै सम्पन्न निर्वाचनमा रास्वपालाई जनताले ऐतिहासिक मत दिएर विजय गराएका कारण यो विजयले बालेन्द्र र रविलाई अवसर र चुनौती दुवै मिलेको छ । हामीले नयाँ राजनीतिक कोर्शको ३५ वर्षसम्ममा खासै परिवर्तनको अनुभूति गर्न सकेनौं । तर जति गर्न सकिन्थ्यो त्यति गर्न नसकेकोचाहिँ धेरैले अनुभूति गरेका छन् । यद्यपि नेपालका ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी)का शीर्ष भनिएका नेतृत्व राजनीतिक आन्दोलनमा सफल भए पनि सत्ता सञ्चालनका सवालमा चुक्दै गएको अनुभूति आमजनताले गर्दै आए पनि नेतृत्व वर्गले जनताको मनोभाव बुझ्न सकेनन् र सच्चिन चाहेनन् ।

केहीबाहेक राष्ट्रसेवक कर्मचारी पनि इमान्दार, कर्तव्यपरायण बन्न सकेको देखिएन । जसका कारण जनअपेक्षाअनुसार सुशासन कायम हुन सकेन । भ्रष्टाचार र बेथितिले जरा गाड्दै गए । मुलुक वास्तवमै नयाँ परिवेशमा जान नसक्दा जनतामा निराशा बढ्दै गयो । यसै सिलसिलामा मुलुकमा गत भदौ २३ र २४ गते जेन–जी आन्दोलन हुन पुग्यो । नयाँ नेपाल बनाउन त्याग र समर्पण देखाउन नसकेकोले यस्तो अवस्था आएको हो । तर सत्ता सञ्चालकहरु यसबारे अनभिज्ञजस्तै बनिरहे । मुलुकमा व्याप्त भ्रष्टाचार, आर्थिक अनियमितता र कालोबजारी नियन्त्रणका लागि नेतृत्व र कर्मचारीहरुको कार्यशैलीमा आमुल परिवर्तन आउन जरुरी भए पनि त्यो हुन सकेन ।

पछिल्लो समय अर्को डरलाग्दो पाटो भनेको मुलुकको बेथिति भ्रष्टाचार, अनियन्त्रित बजारकाबारे राजनीतिक दलका भ्रातृ संघ, संगठनसमेत मौन देखिए । हिजो सामान्य विषयमा पनि सडक तताउने संघ, संस्था, संगठन जनताले विभिन्न समस्यासँग जुधिरहँदा मौन बसिरहे । तत्कालीन सत्ता सञ्चालकहरूको बोली र व्यवहार एउटै नहुँदासम्म लक्ष्यमा पुग्न सकेनन् । नेपाली जनताले नयाँपनको अनुभूति गर्न पनि पाएनन् । उही नेता, उही कर्मचारी, पुरानै कार्यशैलीले हामीले कल्पना गरेको सिंहदरबारको अधिकार गाउँमा पुग्न सकेन । आम नागरिकमा निराशा बढ्दै गयो । गाउँ–गाउँका ‘छोटे राजा’हरुको चुरीफुरी बढ्दै गयो जुन जनतालाई पटक्कै मन परेको थिएन । पञ्चायतमा भन्दा निकै गुणा बढी भ्रष्टाचार र बेथिति बढे । तर सरकार चलाउनेहरू यस्ता सवालमा गम्भीर हुन सकेनन् । खुसी त मात्र ७५३ पालिकाबाट फाइदा लुटेका तथा प्रदेश र संघीय सांसद, मन्त्री र उनका आसेपासे, ठेकेदार, परिवार, बिचौलियामात्र थिए । हो, यो सरकार यस्ता सवालबाट पाठ सिकेर अगाडि बढ्न जरुरी छ ।

राष्ट्रसेवक कर्मचारीले जुन रुपमा आफ्नो पदीय जिम्मेवारी बहन गरेर अगाडि बढ्नुपर्ने थियो त्यो गर्न नसक्दा मुलुकका अधिकांश सरकारी कार्यालयका काममा ढिलासुस्ती, अनियमितता र आर्थिक लेनदेनको पराकाष्ठा भोगी रहे । पुराना नेतामा नयाँ ऊर्जा, नयाँ सोच देखिएन । इतिहास भजाएर खाने परिपाटी रहिरह्यो । नेतृत्वको असफलताले मुलुकले दुःख पाइरहेका कारण नयाँ पुस्ताबाट नेतृत्वको आवश्यकता महसुस हुन थाल्यो । यद्यपि पुराना तीन दशक राजनीतिको कोर्श सञ्चालन गरेका नेतृत्वले यो भावना बुझ्न सकेनन् । जसका कारण मुलुकमा अस्थिरता, अराजकता र भ्रष्टाचार बढिरह्यो । त्यसैले वर्तमान रास्वपा सरकारले यावत् कुरा बुझेर सरकार चलाउन जरुरी छ ।

मालपोत, नापी, यातायात, कर, भन्सार, राजस्व, स्थानीय तहजस्ता कार्यालयका कर्मचारीहरुले आर्थिक लेनदेनको वातावरण नबन्दासम्म जनताको काममा आलटाल गर्ने, हुने कामलाई पनि अलमलाउने, भोलि-भोलि भन्नेजस्ता गुनासो सेवाग्राहीहरुले भोगिरहेका छन् । अझ राजस्व, कर कार्यालयका कर्मचारीहरु आफूले मागेको रकम नदिए हिसाबकिताब पटक्कै मिल्दैन भनेर जिकिर गरिरहने अवस्था छ । अब बालेन्द्र नेतृत्वको सरकारले यस्ता सवालमा तत्काल ध्यान दिएर जनतालाई सुशासनको अनुभूति गराउँदै आफूले निर्वाचनका बेला जारी गरेको वाचापत्रअनुसार काम गर्न जरुरी छ ।

नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहणसँगै राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज गर्ने पहिलो निर्णय गरेर राम्रो सुरूआत गरेका छन् । कर्मचारीका कारण कर छली, न्यून विजकीकरण, फर्जी भ्याट बिलजस्ता समस्या वर्षौंदेखिका रोग हुन् । यसबारे सरकार गम्भीर भएर अगाडि बढ्ने संकेत गरेको छ ।

कारबाही नगर्दा भ्रष्टाचार बढ्दो
संसद्मा सांसद-मन्त्रीहरुले फाइल खोल्दिम, काण्डहरु सार्वजनिक गर्दिम भनेर तर्साउने अनि फाइल ढाकछोप गरेर पालैपालो भागबण्डा गरेर खाने प्रचलनको अन्त्य हुन आवश्यक छ । सरकारले नेताहरुको घर–घरमा रहेको कालो धन हिम्मतका साथ खोज्न आवश्यक छ । सुरुमा मात्र सात प्रदेशका सात जना नेता र सात जना उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन सुरु गरेर स्रोतविनाको सम्पत्ति छानबिन गर्ने हिम्मत गर्ने हो भने पनि भ्रष्टाचार न्यूनीकरणमा धेरै बल पुग्ने छ ।लोकतन्त्रका नाममा साँच्चै छाडातन्त्र र लुटतन्त्र मौलाएको अनभूति आमनागरिकले गरेका छन् । पुरानो मानसिकता बोकेका कर्मचारीहरुको पुरानै काम गर्ने शैलीबाट नयाँ नेपाल बन्न सक्दै सक्दैन । नयाँ जनप्रतिनिधिहरुले जनताले अपेक्षा गरेअनुसार सहज र सरल तरिकाले काम गर्न गराउन लाग्नैपर्छ । कर्मचारीलाई पनि प्रतिशोध नहुनेगरी हेरफेर गर्न सकेमात्र जनअपेक्षाअनुसार काम हुन सक्दछ ।

उता विश्वपरिवेश हेर्दा इरान र अमेरिका–इजरायलको युद्धले विश्वमै प्रभाव पारेकोे अवस्था छ । यसको प्रभावका नेपालमा पनि परिसकेको छ । तसर्थ नयाँ सरकारले नेपालभित्रै सम्भावनाको खोजी गरी स्पष्ट नीति नियम बनाएर रोजगारी र आम्दानी प्राप्त हुनेगरी अगाडि बढ्न जरुरी छ । सम्भावना नै सम्भावना भएको मुलुक राज्य सञ्चालकले चिन्न नसक्दा युवाहरु विदेसिने क्रम पनि बढ्दो छ । कृषि र पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना र आधार भए पनि स्पष्ट योजनाको अभावमा स्वदेशमा केही गर्ने क्षमता भएका युवाहरुसमेत कामको खोजीमा विदेसिन बाध्य भएका हुन् । त्यसलाई रोक्न पनि यो सरकार यस्ता सवालमा गम्भीर हुन जरुरी छ ।

मुलुकले भारतीय सिने कलाकार अनिल कपुरको फिल्म ‘नायक’ शैलीको परिणाममुखी काम खोजिरहेको अवस्था छ । प्रधानमन्त्री बालेन्द्र र रास्वपाका सभापति रविले सबैसँग विगतमा भएका तीता-पिरा घटनाहरु बिर्सिएर चट्टानी एकतासहित प्रतिशोधको भावना नलिई मुलुकको विकास निर्माणमा लाग्नु आजको आवश्यकता हो ।
 


प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  ११:०८
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP