Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #विश्व क्षयरोग दिवस
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • आठ महिनामा चार हजारभन्दा बढी उजुरी, ८० प्रतिशतभन्दा बढी व्यक्तिगत ठगीका
आठ महिनामा चार हजारभन्दा बढी उजुरी, ८० प्रतिशतभन्दा बढी व्यक्तिगत ठगीका
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत ११, २०८२

काठमाडौं‍- चालु आर्थिक वर्षको आठ महिनामा वैदेशिक रोजगार विभागमा चार हजारभन्दा बढी ठगीसम्बन्धी उजुरी परेका छन् । वैदेशिक रोजगार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत साउनदेखि फागुनसम्मको अवधिमा चार हजार २७ वटा उजुरी परेका छन् । 

विभागमा परेका उजुरीमध्ये ८० प्रतिशतभन्दा बढी व्यक्तिगत ठगीका छन् । विभागको मुद्दा तथा अनुसन्धान शाखामा आठ महिनाको अवधिमा तीन हजार २९७ वटा यस्ता उजुरी परेका छन् । जसमध्ये हालसम्म ३४० वटामा मिलापत्र भएको देखिन्छ । यो आठ महिनामा जम्मा २७३ वटा मुद्दा अदालतमा दायर भएका छन् । पीडित पक्षले तीन करोड ५० लाख १८ हजार ६०० रुपैयाँ क्षतिपूर्ति पाएका छन् । 

गत फागुन महिनामामात्र ३१० वटा व्यक्तिगत ठगीका घटना विभागमा दर्ता भएका छन् । जसमध्ये ४५ वटामा मिलापत्र भएका छन् । वैदेशिक रोजगारीको प्रलोभन देखाएर लाखौं रकम लिएर फरार हुने क्रम बढ्दा ठगी बढेको बढ्यै छ । विभिन्न समयमा श्रमिकहरुसँग गरिएको कुराकानीका आधारमा यस्ता घटनामा एक जानाबाट केही लाखदेखि ५५ लाख रुपैयाँसम्म लिएको पाइएको छ । 

Hardik health

विशेषगरी रोजगारीका लागि युरोपका आकर्षक मुलुकमा पठाइदिने नाममा ठगी बढेको छ । युवाहरु फेसबुक, टिकटक, ह्वाट्सएपलगायतका माध्यमबाट गरिने आकर्षक प्रचारप्रसारमा फस्दै आएका छन् । उनीहरु कन्सल्टेन्सी र चिनजानकै व्यक्तिबाट बढी ठगिएको पाइन्छ । सरकारले आधिकारिक संस्थामार्फत मात्र रोजगारीमा जान आग्रह गर्दै जनचेतानामूलक सामग्रीको प्रचारप्रसार गर्दै आए पनि घटना न्यूनीकरण हुन सकेको छैन । मुलुकमा व्याप्त बेरोजगारी, सरकारप्रतिको अविश्वास र पछिल्लो समय युवाहरुमा राज्यप्रति देखिएको नैराश्यताका कारण सरकारले सुसूचित गर्न प्रसारण गर्ने सामग्रीलाई समेत मानिसहरुले बेवास्ता गर्ने गरेको पाइएको विज्ञले बताएका छन् ।

व्यक्तिगत श्रम स्वीकृतिमा जानेहरु बढेसँगै ठगी पनि बढेको विभागको भनाइ छ । विभागबाट आठ महिनामा पाँच लाख २५ हजार ५१३ जना श्रम स्वीकृति लिएर रोजगारीमा जाँदा व्यक्तिगतरुपमा ८१ हजार ९५८ जना श्रमिक विदेसिएका छन् । जसमा ६२ हजार ४१२ जना पुरुष र १९ हजार ५४६ जना महिला छन् । फागुन महिनामामात्र सात हजार ६४५ जना रोजगारीमा जाँदा पाँच हजार ९८६ जना पुरुष र एक हजार ६५९ जना महिला रहेका छन् ।

फागुनसम्म म्यानपावरविरुद्ध ७३० वटा उजुरी परेको विभागले जनाएको छ । विभागका राहत, उद्धार तथा समन्वय शाखामा आउने गरेका यस्ता उजुरीमध्ये हालसम्म ४११ वटा फस्र्योट भएका छन् । हालसम्म संस्थागत माध्यमबाट चार करोड ४३ लाख ४४ हजारभन्दा बढी क्षतिपूर्ति प्रदान गरिएको तथ्यांकमा देखिन्छ । संस्थाविरुद्ध पर्ने उजुरीमा करारअनुसार काम नभएर या पारिवारिक समस्याले नेपाल फर्किन चाहेको, काम गाह्रो भएर निरन्तरता दिन नसक्ने, विदेशमा गरिने स्वास्थ्य परीक्षणमा असफल भएकाजस्ता उजुरीहरु पर्ने गरेको शाखाको भनाइ छ । संस्थागत उजुरी परेको अवस्थामा विभागले समस्या हेरेर धरौटी रकमबाट क्षतिपूर्ति दिँदै आएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा चार हजार ९०० भन्दा बढी वैदेशिक रोजगारसम्बन्धी उजुरी परेका थिए । जसमा ९० प्रतिशतभन्दा बढी व्यक्तिगत ठगीका उजुरी भएको विभागले जनाएको थियो । यस वर्षको आठ महिनामै चार हजारभन्दा बढी उजुरी पर्दा यस आवका ठगीका घटना अघिल्लो वर्षकोभन्दा बढी हुने देखिन्छ ।
 


प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  १३:०६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार बुधबार, चैत ११, २०८२
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून  मंगलबार, चैत १०, २०८२
साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर
साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर सोमबार, चैत ९, २०८२
द्वन्द्वको मारमा वैदेशिक रोजगार, खाडीमा सुरक्षा चुनौती 
द्वन्द्वको मारमा वैदेशिक रोजगार, खाडीमा सुरक्षा चुनौती  सोमबार, चैत ९, २०८२
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने सोमबार, चैत ९, २०८२
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग  शुक्रबार, चैत ६, २०८२
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP